• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुलुकी देवानी तथा फौजदारी संहितामा सम्बन्ध विच्छेद र बहुविवाहसम्बन्धी व्यवस्था

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०७५  १३:३०
1140x725

२०७४ असोजमा तत्कालीन रुपान्तरित व्यवस्थापिका संसदबाट पारित भई २०७५ भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी देवानी तथा मुलुकी फौजदारी संहिता (ऐन) ले विगतमा भएको सम्बन्ध विच्छेद र बहुविवाह सम्बन्धी पारिवारिक कानुनका सम्बन्धमा पुराना कतिपय व्यवस्थालाई यथावत राख्दै थप नयाँ प्रावधानहरुलार्ई स्थापित गरेको छ।

हाम्रो समाजमा विगत लामो समय देखि नै पति र पत्नीबीच सम्बन्ध विच्छेदहुने र हुनसक्ने सामाजिक परिघटनाहरुमा अहिले निकै वृद्धि हुँदै गएको छ। बहुविवाह त हाम्रो समाजको एउटा नकारात्मक तर वास्तविक यथार्थ रहँदै आएको छ। यी दुवै घटनाहरुका सम्बन्धमा नेपाली समाजका विभिन्न आयामहरुमा आएको परिवर्तन, विज्ञान प्रविधिको क्षेत्रमा भएको गुणात्मक परिवर्तनको सापेक्षतामा सम्बन्ध विच्छेदर बहुविवाहको सम्बन्धमा नयाँ कानुनी व्यवस्थाको प्रबन्ध गर्नु अनिवार्य र आवश्यक भइसकेको थियो।

नयाँ देवानी र फौजदारी संहिताले सम्बन्ध विच्छेदके कस्तोे अवस्थामा हुनसक्ने र सम्बन्ध विच्छेदपछिको अवस्थामा पति पत्नीबीच अंशबण्डा हुने नहुने मानो चामल भरिभराउ हुने नहुने र सम्बन्ध विच्छेदपछि प्राप्त अंश बापतको सम्पत्तिको अवस्था र त्यसको हकवाला लगायतका विषयमा आवश्यक कानुनी प्रावधानहरुलाई सूत्रबद्ध गरेको छ। त्यस्तै, फौजदारी संहिताले अब बहुविवाह मान्य नहुने मात्र नभई बदर हुने र बहुविवाह  गरे दण्डित समेत हुने व्यवस्था गरेको छ।

दुवैको मन्जुरीले सम्बन्ध विच्छेद हुने
मुलुकी देवानी संहिता ऐनको परिच्छेद ३ मा विवाहित पति र पत्नी सम्बन्ध विच्छेदगर्न एकआपसमा सहमत  भएमा जहिलेसुकै पनि सम्बन्ध विच्छेदहुने व्यवस्था गरेर दुवैको सहमतिको सम्बन्धविच्छेदमा कुनै पनि प्रकारको सर्त नराखी सरल र सहज व्यवस्था गरेको छ।

तर त्यस्तो सम्बन्ध विच्छेदसम्बन्धी उजुरी वा निवेदन अब स्थानीय तहमा नभई सिधै जिल्ला अदालतमा निवेदन दिन जानुपर्ने व्यवस्था रहेको छ। सम्पत्ति सम्बन्धी व्यवस्था पनि आपसी सहमति बमोजिम नै हुने व्यवस्था रहेको छ।

पतिले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था
विवाहित पत्नीले पतिको मन्जुरी वा सहमति नभए पनि यदि पत्नी अंश लिई वा मानो छुट्टिई संगोलमा नबसी पतिबाट भिन्न भई बसेको अवस्थामा बाहेक, पत्नी लगातार तीन वर्ष वा सो भन्दा बढी अवधिसम्म अलग बसेमा पत्नीले पतिलाई खान लगाउन नदिएको वा घरवाट निकाला गरेमा सम्बन्ध विच्छेद गर्न सक्ने छ। त्यस्तै, पत्नीले पतिलाई अंगभंग हुने वा अन्य कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने काम गरेमा, जाल प्रजञ्च रचेमा वा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहर भएमा पनि पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था रहेको छ।

यस्तो सम्बन्ध विच्छेद पत्नीले पतिलाई दिएको दुख वा पीडाको कारणबाट हुने सम्बन्ध विच्छद भनिएको छ।

पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था
अंश लिई वा मानो छुट्याई भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी बेगर लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएको वा घरबाट निकाला गरेमा, पतिले पत्नीलाई अंगभंग हुने गरी कुटपिट गरेमा वा अन्य ठूलो शारीरिक वा मानसिक कष्ट दिएमा वा जाल प्रपञ्च रचेमा, पतिले अर्को विवाह गरेमा, पतिले अर्को महिलासंग यौन सम्पर्क राखेको ठहर भएमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पत्नीले पतिको मञ्जुरी बेगर पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्थालाई नयाँ कानुनले आत्मसात गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

तर यो व्यवस्था पुरानो मुलुकी ऐनमा रहेको व्यवस्थाको निरन्तरताको रुपमा रहेको छ। यस्तो किसिमको सम्बन्ध विच्छेद पतिले पतिले पत्नीलाई दुख कष्ट दिई एकाआपसमा मिलेर सँगै बस्ने नसक्ने कारणले हुने सम्बन्ध विच्छेद भनिएको छ।

सम्बन्ध विच्छेद सम्बन्धी अन्य व्यवस्था 
यो ऐन लागु हुनु पूर्व पतिले पत्नीसँग वा दुवैको मन्जुरीले सम्बन्ध विच्छेदका लागि सर्वप्रथम स्थानीय तहमा निवेदन दिनुपर्ने र त्यस्तो निवदेन परेको १ वर्षसम्म सम्बन्धित स्थानीय तहले मेलमिलाप गराउन सकेसम्म पर्यत्न गर्नुपर्ने र मेलमिलाप नभएमा मात्र सम्बन्धित जिल्ला अदालतमा त्यस्तो व्यहोरा उल्लखे गरी पठाउनुपर्ने व्यवस्थाको सट्टा नयाँ कानुनले सोझै जिल्ला अदालतमा पति वा पत्नी वा दुवैले सबैखाले सम्बन्ध विच्छेदसम्बन्धी विषयमा निवेदन दिन सक्ने व्यवस्था गरेर अब मेलपिमलाप र फैसला समेत अदालतबाट हुने व्यवस्था गरेको छ।  

पति पत्नीको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न चाहेको बाहेक अन्य अवस्थाको सम्बन्ध विच्छेदका निम्ति परेको निवेदनमा सम्बन्धित अदालतले दुवै पक्षलाई सम्झाई बुझाई मेलमिलाप गराउनुपर्ने छ। तर सम्झाई बुझाई गर्दा पनि पति पत्नीबीच मेलमिलाप हुन नसके निवेदन परेको एक वर्षको अवधि समाप्त भएपछि अदालतले सम्बन्ध विच्छेद गरिदिनुपर्ने छ।

दुवैको मन्जुरीमा हुने सम्बन्ध विच्छेद बाहेक अन्य अवस्थाको सम्बन्ध विच्छेदमा निवेदन परेको मितिले एक वर्ष सम्म सम्बन्ध विच्छेदको फैसला नगरी सकेसम्म दुवैको दाम्पत्य जिवन यथावत कायम रहोस भन्ने उद्देश्यले मेलमिलाप गराउन अधिकत प्रयत्न गर्नुपर्ने व्यवस्था गरेको छ ।

सम्बन्ध विच्छेद र अंश बण्डा
मुलुकी देवानी सहिंता (ऐन) को व्यवस्था अनुसार पति र पत्नीविच सम्बन्ध विच्छेद हुंदा पत्नीको कारणबाट पतिले निवेदन दिई सम्बन्ध विच्छेद भएमा पत्नीेले पतिबाट कुनै अंश नपाउने व्यवस्था रहेको छ । तर पतिको कारणबाट पत्नीले सम्बन्ध विच्छेद गर्नु परेमा पतिको वा  पतिले पाउने अंशबाट सम्बन्ध विच्छेदको फैसला हुनुपुर्व नै पति पत्नीबीच अंशबण्डागरी दिनुपर्ने व्यवस्था रहेको छ।

सम्बन्ध विच्छेदको फैसला हुनुपुर्व नै अंशवण्डा गर्दा लामो समय लाग्ने भए पतिको आम्दानीको आधारमा अदालतले पत्नीलाई मासिक खर्च भराइदिनुपर्ने दिनुपर्ने छ। 

खर्च भराउने व्यवस्था 
सम्बन्ध विच्छेद गर्दा पतिबाट पत्नीलाई एकमुष्ठ खर्च भराउनुपर्ने अवस्था रहेकोमा पतिबाट पत्नीलाई एकमुण्ठ खर्च भराइदिनुपर्ने छ। तर त्यस्तो पतिको भन्दा पत्नीको आम्दानी बढी भएको देखिएमा भने पतिबाट पत्नीलाई मासिक खर्च भराउनु नपर्ने नयाँ प्रावधान ऐनमा राखिएको छ।

तर ऐनको अन्य दफामा जे सुकै लेखिएता पनि सम्बन्ध विच्छेद हुँदा अंश वा खर्च भराउने सम्बन्धमा पति पत्नीबीच कुनै लिखित सहमति भए अंशबण्डा र खर्च भराउने विषय त्यस्तो सहमति वमोजिम नै हुनेछ। 

सम्पत्तिको हकवाला 
पति पत्नीबीच सम्बन्ध विच्छेद भई पत्नीले प्राप्त गरेको अंश त्यस्तो पत्नीले अर्को विवाह गरेमा समेत पतिबाट पाएको सम्पत्तिमा महिलाको नै हक निरन्तर कायम रहने छ। तर महिलाको मृत्यु भएमा निजको सम्पत्ति छोराछोरी भए छोराछोरीले र  नभएमा पूर्व पतिबाट पाएको सम्पत्ति पूर्वपतिले नै फिर्ता पाउने र अन्य सम्पत्ति माइतीतिरका हकवालाले प्राप्त गर्ने नयाँ व्यवस्था रहेको छ।

बहुविवाह गर्न नहुने 
मुलुकी फौजदारी (संहिता) ऐनको परिच्छेद ११ मा विवाहसम्बन्धी कसुरमा बहुविवाहलाई पूर्णरुपमा अमान्य घोषित गर्दै यदि कसैले बहुविवाह गरेमा त्यस्तो विवाह बदर भई विवाह गर्ने पक्ष र गराउने समेतले फौजदारी दायित्व व्यहोर्नुपर्ने र दण्डनिय हुने व्यवस्था समेत रहेको छ।

यो ऐन लागू हुनु पूर्व भइसकेको बहुविवाहलार्ई दण्डनीय मानिएता पनि भइसकेको विवाह भने वैधानिक नै मानिने व्यवस्था रहेको थियो र नयाँ कानुनमा समेत २०७५ भदौ १ भन्दा पहिल्यै गरिएको बहुविवाह बदर नहुने व्यवस्था गरेको छ।

ऐनको दफा १७५ वमोजिम विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्थात विवाहित पत्नी हुँदाहुँदै अर्को विवाह गर्न हुंदैन र महिलाले पनि कुनै पुरुष विवाहित हो भन्ने जानीजानी विवाह गर्नु हुँदैन भन्ने व्यवस्था गरेको छ। यो व्यवस्थाले पुरुषलाई वहुविवाह प्रतिबन्ध लगाएको छ तर विवाहित महिलाले अविवाहित पुरुषसँग विवाह गरेमा भने उक्त विवाहलाई दण्डनीय मानिएको छैन। 

यो ऐनले बहुविवाह गर्ने पुरुष र बहुविवाह हो भन्ने जान्दाजान्दै पनि बहुविवाह गर्ने महिला र त्यस्तो विवाह गराउनेलाई समेत पाँच वर्षसम्म कैदको व्यवस्था गरेको छ। यस व्यवस्थाले वहुविवाह पुरुषले नै गर्ने हो भन्ने पुरानो सामाजिक मान्यतामा पूर्णरुपले प्रतिबन्ध लगाएर अब उप्रान्त नेपाली समाजमा कानुन बमोजिम बाहेकको कुनै पनि सर्तको बहुविवाहलाई पूर्णरुपमा निषेध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
कांग्रेसका पुराना नेता ‘गतिछाडा’ बनेको चन्द्र भण्डारीको टिप्पणी
एमाले संसदीय दलको बैठक जारी
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी बुधबार, चैत १८, २०८२
कांग्रेसका पुराना नेता ‘गतिछाडा’ बनेको चन्द्र भण्डारीको टिप्पणी बुधबार, चैत १८, २०८२
एमाले संसदीय दलको बैठक जारी बुधबार, चैत १८, २०८२
कम्बोडियाबाट ८ नेपालीको उद्धार बुधबार, चैत १८, २०८२
कम बजेट सिलिङसहित आगामी वर्षको बजेट लेखन सुरू बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्