• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुलुकी देवानी तथा फौजदारी संहितामा सम्बन्ध विच्छेद र बहुविवाहसम्बन्धी व्यवस्था

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०७५  १३:३०
1140x725

२०७४ असोजमा तत्कालीन रुपान्तरित व्यवस्थापिका संसदबाट पारित भई २०७५ भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी देवानी तथा मुलुकी फौजदारी संहिता (ऐन) ले विगतमा भएको सम्बन्ध विच्छेद र बहुविवाह सम्बन्धी पारिवारिक कानुनका सम्बन्धमा पुराना कतिपय व्यवस्थालाई यथावत राख्दै थप नयाँ प्रावधानहरुलार्ई स्थापित गरेको छ।

हाम्रो समाजमा विगत लामो समय देखि नै पति र पत्नीबीच सम्बन्ध विच्छेदहुने र हुनसक्ने सामाजिक परिघटनाहरुमा अहिले निकै वृद्धि हुँदै गएको छ। बहुविवाह त हाम्रो समाजको एउटा नकारात्मक तर वास्तविक यथार्थ रहँदै आएको छ। यी दुवै घटनाहरुका सम्बन्धमा नेपाली समाजका विभिन्न आयामहरुमा आएको परिवर्तन, विज्ञान प्रविधिको क्षेत्रमा भएको गुणात्मक परिवर्तनको सापेक्षतामा सम्बन्ध विच्छेदर बहुविवाहको सम्बन्धमा नयाँ कानुनी व्यवस्थाको प्रबन्ध गर्नु अनिवार्य र आवश्यक भइसकेको थियो।

नयाँ देवानी र फौजदारी संहिताले सम्बन्ध विच्छेदके कस्तोे अवस्थामा हुनसक्ने र सम्बन्ध विच्छेदपछिको अवस्थामा पति पत्नीबीच अंशबण्डा हुने नहुने मानो चामल भरिभराउ हुने नहुने र सम्बन्ध विच्छेदपछि प्राप्त अंश बापतको सम्पत्तिको अवस्था र त्यसको हकवाला लगायतका विषयमा आवश्यक कानुनी प्रावधानहरुलाई सूत्रबद्ध गरेको छ। त्यस्तै, फौजदारी संहिताले अब बहुविवाह मान्य नहुने मात्र नभई बदर हुने र बहुविवाह  गरे दण्डित समेत हुने व्यवस्था गरेको छ।

दुवैको मन्जुरीले सम्बन्ध विच्छेद हुने
मुलुकी देवानी संहिता ऐनको परिच्छेद ३ मा विवाहित पति र पत्नी सम्बन्ध विच्छेदगर्न एकआपसमा सहमत  भएमा जहिलेसुकै पनि सम्बन्ध विच्छेदहुने व्यवस्था गरेर दुवैको सहमतिको सम्बन्धविच्छेदमा कुनै पनि प्रकारको सर्त नराखी सरल र सहज व्यवस्था गरेको छ।

तर त्यस्तो सम्बन्ध विच्छेदसम्बन्धी उजुरी वा निवेदन अब स्थानीय तहमा नभई सिधै जिल्ला अदालतमा निवेदन दिन जानुपर्ने व्यवस्था रहेको छ। सम्पत्ति सम्बन्धी व्यवस्था पनि आपसी सहमति बमोजिम नै हुने व्यवस्था रहेको छ।

पतिले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था
विवाहित पत्नीले पतिको मन्जुरी वा सहमति नभए पनि यदि पत्नी अंश लिई वा मानो छुट्टिई संगोलमा नबसी पतिबाट भिन्न भई बसेको अवस्थामा बाहेक, पत्नी लगातार तीन वर्ष वा सो भन्दा बढी अवधिसम्म अलग बसेमा पत्नीले पतिलाई खान लगाउन नदिएको वा घरवाट निकाला गरेमा सम्बन्ध विच्छेद गर्न सक्ने छ। त्यस्तै, पत्नीले पतिलाई अंगभंग हुने वा अन्य कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने काम गरेमा, जाल प्रजञ्च रचेमा वा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहर भएमा पनि पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था रहेको छ।

यस्तो सम्बन्ध विच्छेद पत्नीले पतिलाई दिएको दुख वा पीडाको कारणबाट हुने सम्बन्ध विच्छद भनिएको छ।

पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था
अंश लिई वा मानो छुट्याई भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी बेगर लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएको वा घरबाट निकाला गरेमा, पतिले पत्नीलाई अंगभंग हुने गरी कुटपिट गरेमा वा अन्य ठूलो शारीरिक वा मानसिक कष्ट दिएमा वा जाल प्रपञ्च रचेमा, पतिले अर्को विवाह गरेमा, पतिले अर्को महिलासंग यौन सम्पर्क राखेको ठहर भएमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पत्नीले पतिको मञ्जुरी बेगर पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्थालाई नयाँ कानुनले आत्मसात गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर यो व्यवस्था पुरानो मुलुकी ऐनमा रहेको व्यवस्थाको निरन्तरताको रुपमा रहेको छ। यस्तो किसिमको सम्बन्ध विच्छेद पतिले पतिले पत्नीलाई दुख कष्ट दिई एकाआपसमा मिलेर सँगै बस्ने नसक्ने कारणले हुने सम्बन्ध विच्छेद भनिएको छ।

सम्बन्ध विच्छेद सम्बन्धी अन्य व्यवस्था 
यो ऐन लागु हुनु पूर्व पतिले पत्नीसँग वा दुवैको मन्जुरीले सम्बन्ध विच्छेदका लागि सर्वप्रथम स्थानीय तहमा निवेदन दिनुपर्ने र त्यस्तो निवदेन परेको १ वर्षसम्म सम्बन्धित स्थानीय तहले मेलमिलाप गराउन सकेसम्म पर्यत्न गर्नुपर्ने र मेलमिलाप नभएमा मात्र सम्बन्धित जिल्ला अदालतमा त्यस्तो व्यहोरा उल्लखे गरी पठाउनुपर्ने व्यवस्थाको सट्टा नयाँ कानुनले सोझै जिल्ला अदालतमा पति वा पत्नी वा दुवैले सबैखाले सम्बन्ध विच्छेदसम्बन्धी विषयमा निवेदन दिन सक्ने व्यवस्था गरेर अब मेलपिमलाप र फैसला समेत अदालतबाट हुने व्यवस्था गरेको छ।  

पति पत्नीको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न चाहेको बाहेक अन्य अवस्थाको सम्बन्ध विच्छेदका निम्ति परेको निवेदनमा सम्बन्धित अदालतले दुवै पक्षलाई सम्झाई बुझाई मेलमिलाप गराउनुपर्ने छ। तर सम्झाई बुझाई गर्दा पनि पति पत्नीबीच मेलमिलाप हुन नसके निवेदन परेको एक वर्षको अवधि समाप्त भएपछि अदालतले सम्बन्ध विच्छेद गरिदिनुपर्ने छ।

दुवैको मन्जुरीमा हुने सम्बन्ध विच्छेद बाहेक अन्य अवस्थाको सम्बन्ध विच्छेदमा निवेदन परेको मितिले एक वर्ष सम्म सम्बन्ध विच्छेदको फैसला नगरी सकेसम्म दुवैको दाम्पत्य जिवन यथावत कायम रहोस भन्ने उद्देश्यले मेलमिलाप गराउन अधिकत प्रयत्न गर्नुपर्ने व्यवस्था गरेको छ ।

Xtrem

Xtrem

सम्बन्ध विच्छेद र अंश बण्डा
मुलुकी देवानी सहिंता (ऐन) को व्यवस्था अनुसार पति र पत्नीविच सम्बन्ध विच्छेद हुंदा पत्नीको कारणबाट पतिले निवेदन दिई सम्बन्ध विच्छेद भएमा पत्नीेले पतिबाट कुनै अंश नपाउने व्यवस्था रहेको छ । तर पतिको कारणबाट पत्नीले सम्बन्ध विच्छेद गर्नु परेमा पतिको वा  पतिले पाउने अंशबाट सम्बन्ध विच्छेदको फैसला हुनुपुर्व नै पति पत्नीबीच अंशबण्डागरी दिनुपर्ने व्यवस्था रहेको छ।

सम्बन्ध विच्छेदको फैसला हुनुपुर्व नै अंशवण्डा गर्दा लामो समय लाग्ने भए पतिको आम्दानीको आधारमा अदालतले पत्नीलाई मासिक खर्च भराइदिनुपर्ने दिनुपर्ने छ। 

खर्च भराउने व्यवस्था 
सम्बन्ध विच्छेद गर्दा पतिबाट पत्नीलाई एकमुष्ठ खर्च भराउनुपर्ने अवस्था रहेकोमा पतिबाट पत्नीलाई एकमुण्ठ खर्च भराइदिनुपर्ने छ। तर त्यस्तो पतिको भन्दा पत्नीको आम्दानी बढी भएको देखिएमा भने पतिबाट पत्नीलाई मासिक खर्च भराउनु नपर्ने नयाँ प्रावधान ऐनमा राखिएको छ।

तर ऐनको अन्य दफामा जे सुकै लेखिएता पनि सम्बन्ध विच्छेद हुँदा अंश वा खर्च भराउने सम्बन्धमा पति पत्नीबीच कुनै लिखित सहमति भए अंशबण्डा र खर्च भराउने विषय त्यस्तो सहमति वमोजिम नै हुनेछ। 

सम्पत्तिको हकवाला 
पति पत्नीबीच सम्बन्ध विच्छेद भई पत्नीले प्राप्त गरेको अंश त्यस्तो पत्नीले अर्को विवाह गरेमा समेत पतिबाट पाएको सम्पत्तिमा महिलाको नै हक निरन्तर कायम रहने छ। तर महिलाको मृत्यु भएमा निजको सम्पत्ति छोराछोरी भए छोराछोरीले र  नभएमा पूर्व पतिबाट पाएको सम्पत्ति पूर्वपतिले नै फिर्ता पाउने र अन्य सम्पत्ति माइतीतिरका हकवालाले प्राप्त गर्ने नयाँ व्यवस्था रहेको छ।

बहुविवाह गर्न नहुने 
मुलुकी फौजदारी (संहिता) ऐनको परिच्छेद ११ मा विवाहसम्बन्धी कसुरमा बहुविवाहलाई पूर्णरुपमा अमान्य घोषित गर्दै यदि कसैले बहुविवाह गरेमा त्यस्तो विवाह बदर भई विवाह गर्ने पक्ष र गराउने समेतले फौजदारी दायित्व व्यहोर्नुपर्ने र दण्डनिय हुने व्यवस्था समेत रहेको छ।

यो ऐन लागू हुनु पूर्व भइसकेको बहुविवाहलार्ई दण्डनीय मानिएता पनि भइसकेको विवाह भने वैधानिक नै मानिने व्यवस्था रहेको थियो र नयाँ कानुनमा समेत २०७५ भदौ १ भन्दा पहिल्यै गरिएको बहुविवाह बदर नहुने व्यवस्था गरेको छ।

ऐनको दफा १७५ वमोजिम विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्थात विवाहित पत्नी हुँदाहुँदै अर्को विवाह गर्न हुंदैन र महिलाले पनि कुनै पुरुष विवाहित हो भन्ने जानीजानी विवाह गर्नु हुँदैन भन्ने व्यवस्था गरेको छ। यो व्यवस्थाले पुरुषलाई वहुविवाह प्रतिबन्ध लगाएको छ तर विवाहित महिलाले अविवाहित पुरुषसँग विवाह गरेमा भने उक्त विवाहलाई दण्डनीय मानिएको छैन। 

यो ऐनले बहुविवाह गर्ने पुरुष र बहुविवाह हो भन्ने जान्दाजान्दै पनि बहुविवाह गर्ने महिला र त्यस्तो विवाह गराउनेलाई समेत पाँच वर्षसम्म कैदको व्यवस्था गरेको छ। यस व्यवस्थाले वहुविवाह पुरुषले नै गर्ने हो भन्ने पुरानो सामाजिक मान्यतामा पूर्णरुपले प्रतिबन्ध लगाएर अब उप्रान्त नेपाली समाजमा कानुन बमोजिम बाहेकको कुनै पनि सर्तको बहुविवाहलाई पूर्णरुपमा निषेध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा बुधबार, असोज ७, २०८३
लोकसेवा आयोगको नजिता प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्चको आदेश बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्