• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ललिता निवास प्रकरण : विशेष अदालतले खोज्यो पुराना फाइल, हरायो गृहको जवाफ

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०८०  २०:०६
1140x725

काठमाडौं- ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा सरकारले आफूसँग कुनै पनि फाइल र रेकर्ड नभएको जवाफ दिएको छ। विशेष अदालतले मगाएको फाइलको जवाफमा गृह मन्त्रालयले अदालतबाट माग भएको कुनै पनि विवरण नै नभएको भन्दै प्रतिवेदन नै पेस गरेको छ। 

विशेष अदालतले अन्तिम सुनुवाइअघि आवश्यक प्रमाणका रुपमा २०१८, २०१९ र २०२२ सालमा भएका केही निर्णयहरु माग गरेको थियो।  

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहितको इजलासले फागुन ३ गते आवश्यक फाइल मगाउने निर्णय गरेको थियो। प्रमाणको खोजीका क्रममा विशेषले २०२१ मंसिर १७ गते राजपत्रमा प्रकाशित भएको जग्गा अधिग्रहणसम्बन्धी फाइल, २०१८ चैत १९ गते सम्पत्ति जफत गर्नु भन्ने वडा हाकिम र मजिष्ट्रेडको नाममा जारी भएको पत्र पेस गर्न विशेषले आदेश गरेको थियो। 

त्यस्तै, सुवर्ण शमशेरको सम्पत्ति तत्कालीन समयमा जफत गरिएको हो कि हैन त्यसको सक्कल फाइल समेत पठाइदिन विशेषले आदेश गरेको थियो। 
तर गृह मन्त्रालयले कुनै पनि फाइल नभेटिएको भन्दै अदालतलाई जवाफ पठाउँदा प्रतिवेदन बनाएर जवाफ दिँदै पन्छिएको छ। गृहले राजपत्रदेखि जग्गा जफत गर्नेसम्मका निर्णयहरुका बारेमा कुनै पनि सक्कल फाइल नभेटिएको हुँदा उक्त विषयमा थप जवाफ दिन नसक्ने दाबी गरेको छ। 

विशेषले गृह मन्त्रालयसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि उक्त विवरणहरु पठाइदिन आदेश गरेको थियो। तर जिल्ला प्रशासनले आदेश भएको ४ महिना बितिसक्दा पनि कुनै जवाफ पठाएको छैन।  

विशेषले मागेको विवरणबारे गृह मन्त्रालयले मात्र जवाफ दिएको र जिल्ला प्रशासनको जवाफको पर्खाइमा अदालत रहेको छ। अदालतले जिल्ला प्रशासनले जवाफ दिएपछि फैसलाको सुनुवाइ गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले कुनै विवरण नभएको जवाफ दिएको र जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिने जवाफ जे आउँछ पेसी राखेर सुनुवाइ गर्ने विशेषको तयारी छ। 

अदालतले मगाएका यी विवरणहरुबाट उक्त जग्गा कसरी सरकारीबाट व्यक्तिको बनाइयो भन्ने कुरा खुल्ने र त्यसमा कोको संलग्न थिए भन्ने प्रष्ट हुने देखेपछि विशेषले उक्त विवरण माग गरेको थियो। विशेषले तत्कालीन समयमा भएका निर्णय हेरेपछि उक्त जग्गा सरकारले मुआब्जा दिएर सरकारी बनाएको थियो कि सुर्वण शमशेरकै जग्गा हदबन्दी बाहेक पनि कब्जा गरियो भन्नेमा अदालत स्पष्ट हुन चाहेको थियो।  

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ जना पूर्वमन्त्री र ३ जना पूर्व सचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

विशेषले उनीहरुको मुद्दामा थुनछेक बहस गर्दै फरारहरुको हकमा म्याद पनि जारी गर्‍यो। अदालतको म्याद तामेल हुन नसकी फरार रहेका अभियुक्तहरुको हकमा विशेषले सार्वजनिक सूचना समेत प्रकाशित गर्‍यो। यी प्रक्रिया पूरा गरेपछि विशेषले साक्षीहरुको वकपत्र गर्दै मुद्दासँग सम्बन्धित प्रमाणहरुको खोजी थालेको  थियो।  

प्रमाण नआइपुग्दा सुनुवाइमा ढिलाइ 
विशेष अदालत काठमाडौंमा विचाराधीन मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पठाउनुपर्ने फाइलसम्बन्धी कागजात उपलब्ध गराउन ढिलाइ गर्दा मुद्दाको फैसला ढिलो हुने देखिएको छ। २०७९ फागुन ३ गते विशेष अदालतले अन्तिम सुनुवाइका लागि केही फाइल मगाएको थियो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल सहितको इजलासले २०१८, २०१९ र २०२१ सालका केही विवरणहरु मगाएको थियो। जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट उक्त फाइलहरु पेस गर्नु भनी विशेषले आदेश गरेको थियो। गृह मन्त्रालयले असार १० गते फाइल नभेटिएको जवाफ पठायो भने जिल्ला प्रशासनले कुनै पनि जवाफ दिएको छैन। 

जिल्ला प्रशासनले जवाफ नदिएसम्म मुद्दा पेसीमा चढाउन नमिल्ने भएपछि विशेषले असार २६ गते साधारण तारेख तोकेको छ। उक्त मितिसम्म फाइल र विवरण कुर्ने र नआएमा पुन: आदेश गर्ने विशेषको तयारी छ। 

Xtrem

Xtrem

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले अन्तिम (फैसला केन्द्रित) सुनुवाइको थालनी गर्न करिब  प्रक्रिया सुरु गरेको छ। फरार अभियुक्तको हकमा सार्वजनिक सूचना जारी गर्दै अदालतले अन्तिम सुनुवाइमा निरन्तर राख्नुपर्ने माग उठेको थियो। तर विशेषले प्रक्रिया सुरु भएको र आवश्यक विवरण प्राप्त भएपछि अन्तिम सुनुवाइ गर्ने तयारी गरेको थियो। 

अख्तियारले १७५ जनालाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो। ती प्रतिवादीमध्ये ३७ जना फरार देखिएका थिए। ती फरारहरुको हकमा सार्वजनिक सूचना जारी गर्दै मुद्दा अगाडि बढाइएको थियो।

यो प्रकरणमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। सीआईबीले लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। यसका लागि सीआईबीले निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, बहालवाला सचिव कृष्णबहादुर राउत, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहितका प्रतिवादीहरुलाई पक्राउ गरेको छ। उनीहरु थुनामा रहेका छन्।

सीआईबीले ४०६ जना विरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ। उक्त पक्राउ पुर्जीअनुसार उक्त प्रकरणमा संलग्न देखिएकाहरुलाई अनुसन्धानका लागि सीआईबीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १३ गते सिरहाको मिर्चैया नगरपालिका–५ बाट २५... बुधबार, असोज १४, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको यसअघिको आदेश बदर गर्दै म... मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्