• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पासपोर्टको दस्तुर घट्यो, पृष्ठ बढ्यो

64x64
नेपाल लाइभ शुक्रबार, असार १, २०८०  १८:५१
1140x725

काठमाडौं- सरकारले राहदानी (पासपोर्ट) को दस्तुर घटाएको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधन गरेको छ।

संशोधित व्यवस्था अनुसार सरकारले साधारण राहदानीको लागि विभाग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा नियम ६ को उपनियम (४) बमोजिम निवेदन दिएकोमा ५ हजार रुपैयाँ शुल्क तोकेको छ। सरकारले यसअघि जिल्ला प्रशासनमा निवेदन दिँदा ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा १० हजार शुल्क लिने गरेको थियो। तर, अब ६६ पृष्ठको पासपोर्ट ५ हजार रुपैयाँमा लिन सकिने व्यवस्था गरेको छ। 

सरकारले सेवाग्राहीका लागि ३४ र ६६ पृष्ठका दुई पासपोर्ट वितरण गर्ने गरेको थियो। जसको शुल्क पृष्ठ अनुसार फरक तोकिएको थियो। तर, नयाँ व्यवस्थाअनुसार अब सबैलाई ६६ पृष्ठको पासपोर्ट वितरण गरिने राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताए। ‘दुई प्रकारका पासपोर्ट वितरण गर्दै आएको थियो। अहिले शुल्क घटाएर ३४ पृष्ठको मूल्यमा नै ६६ पृष्ठको पासपोर्ट पाउने व्यवस्था गरिएको हो’ उनले भने।  

सरकारले राहदानी विभागमा पासपोर्ट निकाल्दा लाग्ने शुल्क पनि घटाएको छ। यसअघि ३४ पृष्ठको हकमा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ शुल्क लिने गरिएको थियो। अहिले ६६ पृष्ठको पासपोर्टको शुल्क पुरानो शुल्क अनुसार ६ हजार रुपैयाँ घटाएर १२ हजार मात्रै तोकेको छ।

नियम ६ को उपनियम(६) मा भनिएको छ, ‘उपनियम ५ मा जुनसुकै कुरा लेखिएको भएता पनि कसैले विभागबाटै द्रुतरुपमा राहदानी जारी गरि पाउन निवेदन दिएमा विभागले अनुसूची ४ बमोजिमका शुल्क लिइ २ कार्यदिनभित्र साधारण राहदानी जारी गर्न सक्नेछ।’ यस्तो खालको पासपोर्ट यस अघि २० हजार रुपैयाँ शुल्क लाग्ने  गरेको थियो। तर संशोधित व्यवस्था अनुसार यसका लागि अब १२ हजार रुपैयाँमा ६६ पृष्ठको पासपोर्ट बन्ने भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राहदानी हराय दोब्बर शुल्क
यस्तै राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा नियोगबाट नयाँ राहदानी लिनु पर्दा लाग्ने शुल्कको दोब्बर बनाइएको छ। राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएको खण्डमा लाग्ने दस्तुरमा थप ५ हजार रुपैयाँ शुल्क तोकिएको छ। 

उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा राहदानी एक सय ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकिएको छ। यसअघि ३४ पृष्ठको लागि सोही मूल्य तोकेको थियो भने ६६ पृष्ठको हकमा २५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको थियो।

रुसी महासंघ र र नेपाली राजदूताबास मस्कोको सहप्रमाणीकृत मुलुक र साइप्रसको लागि नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको ८० युरो वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ। अबदेखि सेवाग्राहीले ८० युरोमा पासपोर्ट पाउनेछन्। जसमा सरकारले ५० युरो घटाएको छ। युरोपेली देशस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रतिराहदानी १२० युरो वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ। यसअघि सरकारले १७० युरो वा सो बराबरको स्थानीय मुद्रा तोकेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, लेबनान, इराक, इरान, कुबेत, इजरायल, सिरिया, जोर्डन, ओमान र यमनस्थित नियोग र सो नियोगको सहप्रमाणीकृत मुलुकको लागि नियोगमा निवेदन दिँदा प्रति राहदानी ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ। यसअघि सोही पासपार्ट पाउनका लागि सरकारले एक सय डलर तोकेको थियो।

अन्य एसियाली, अफ्रिकी र बाँकी सबै देशस्थित नियोगमा निवेदन दिँदा प्रति राहदानी ८० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ। सरकारले यसअघि १३० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको थियो।

१० वर्षभन्दा कम उमेरको आधा शुल्क 
१० वर्षभन्दा कम उमेरका नाबालकको राहदानीको लागि जिल्ला प्रशासनमा निवेदन दिँदा आधा शुल्क लाग्नेछ। सोहि उमेरका नाबालकले राहदानीको लागि विभागमा निवेदन दिँदा ९ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने भएको छ। सरकारले यसअघि ६६ पृष्ठको पासपोर्टका लागि १४ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। विभागबाट जारी गरिने प्रतियात्रा अनुमतिपत्रको ४ हजार रुपैयाँ, नियोगबाट जारी गरिने प्रतियात्रा अनुमतिपत्रको ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ।

विभागबाट जारी गरिने सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को लागि १२ हजार रुपैयाँ र नियोगबाट जारी गरिने सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को लागि १२० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ। अस्थायी राहदानीको लागि ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने
सम्बन्धित सामग्री
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी शिविर सुरु गरिएको थियो । शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको बताइएको छ । बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईईमा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन फारम भर... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्