• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुन मन्त्रालय आफैंसँग राख्न किन चाहन्छ माओवादी केन्द्र?

64x64
नेपाल लाइभ सोमबार, चैत १३, २०७९  २०:४३
1140x725

काठमाडौं- सरकार विस्तारको रस्साकस्सी चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ भनेको पनि धेरै दिन भइसकेको छ। 

सत्ता-गठबन्धनभित्र रहेका दलहरुले सरकारको हिस्सा मिलाउन अनौपचारिक गृहकार्य गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो पटक विश्वासको मत दिएका ११ दलका बीचमा मन्त्रालयको भागबन्डा मिलाउनुपर्ने भएकाले सहमति हुन नसकेको दाबी सत्तापक्षले गरिरहेको छ। तर मुख्य कुरा दलहरुबीच आकर्षक मन्त्रालय कसले लिने भन्ने होडबाजी र दाबी-विरोधका कारण समस्या भएको देखिन्छ। 

खासगरी अर्थ, गृह, भौतिक पूर्वाधार र शहरी विकास जस्ता मन्त्रालयको दाबीले सत्ता-गठबन्धनभित्र भागबन्डाका लागि समय लागेको देखिन्छ। 

हालसम्म सत्ता-गठबन्धनको भागबन्डा अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यमन्त्रीसहित ३, एकीकृत समाजवादीले राज्यमन्त्रीसहित ३, जसपा २, लोसपा, स्वतन्त्र, जनमत र जनमुक्तिले १/१ मन्त्रालय पाउने दिने तयारी छ। यो संख्या घटबढ पनि हुन सक्छ। 

कानुन मन्त्रालय आफैंसँग राख्ने पक्षमा माओवादी 
माओवादी केन्द्रले केही समयदेखि कानुन मन्त्रालयमा चासो राख्दै आएको छ। अघिल्लो पटक नेकपा सरकार विघटन भएर नयाँ सरकार बने लगत्तै माओवादी केन्द्रकै चाहना अनुसार गैरसांसदलाई ६ महिने कानुन मन्त्री बनाइएको थियो। वरिष्ठ अधिवक्ता गोविन्द बन्दी एकीकृत समाजवादी निकट भए पनि माओवादीको समेत समर्थनमा कानुन मन्त्री बनेका थिए। उनलाई मन्त्री बनाउन नेपाली कांग्रेससहित सत्ता-गठबन्धनका सबै दलभित्र सहमति भएको थियो । बन्दीलाई मन्त्री बनाउनुको एउटै उद्देश्य थियो, संक्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने।

२०७९ मंसिर ४ मा नयाँ निर्वाचन भएपछि प्रधानमन्त्रीको रुपमा प्रचण्ड सत्ताको नेतृत्व गरिरहेका छन्। उनी सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। तर अहिले नेपाली कांग्रेससहित ११ दलको समर्थनमा दोस्रो पटक विश्वासको मत पाएका छन्।  

यस पटकको छलफलमा माओवादी केन्द्रले कानुन मन्त्रालयलाई केन्द्रमा राखेको छ। मन्त्रालय बाँडफाँटका लागि सत्ता-गठबन्धनको छलफलमा रहेका कांग्रेसका एक नेताका अनुसार माओवादीले अर्थ र गृहमध्ये एक र कानुन मन्त्रालय पनि आफैंले राख्ने भन्दै आएको छ। सत्ता-गठबन्धनका नेताको उक्त भनाइलाई माओवादी केन्द्रकी मन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले पनि पुष्टि गरिन्। त्यस्तै, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि कानुन मन्त्रालयमा आफूहरुको दाबी रहने बताए। 

माओवादीले आकर्षणको केन्द्र नभएको कानुन मन्त्रालय लिन खोज्नुका तीन कारण देखिन्छन्। पहिलो, संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गोमा पुर्‍याउने हतारो। दोस्रो कारण, सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीश र भावी प्रधानन्यायाधीशको रोलक्रममा नियुक्ति। विगतमा एमाले र नेपाली कांग्रेसले सर्वोच्च अदालतको प्रधानन्यायाधीश आफू निकट व्यक्तिहरुलाई बनाउने गरी सिफारिस गरेको तर सधैं सत्तामा भए पनि माओवादी केन्द्र यसमा चुकेको भन्दै कानुन क्षेत्रका व्यक्तिहरुले पार्टी नेतृत्वमा पटकपटक गुनासो गर्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यस पटक पनि प्रधानमन्त्री प्रचण्डलाई उक्त कुरा ब्रिफिङ गरेका थिए। सर्वोच्चमा आफू निकट प्रधानन्यायाधीश वा न्यायाधीश नहुँदा समस्या हुने रहेछ भन्ने बुझाइ नेकपा विवादको समयमा ऋषि कट्टेलको मुद्दामा भएको फैसलाले प्रचण्डमा परेको माओवादी निकट एक वरिष्ठ अधिवक्ताले बताए। 

विगतमा माओवादीले प्रधानमन्त्रीको रोलक्रममा हुने गरी आफू निकट व्यक्तिहरुलाई नियुक्त नै गर्न नसकेको र त्यसको असर अहिले भोग्नु परेको बुझाइ नेतृत्वमा रहेको ती वरिष्ठ अधिवक्ताले बताए। पूर्वमहान्यायाधिवक्ता समेत रहेका उनले यस पटक भने माओवादीले त्यसलाई कमी हुन नदिन कानुन मन्त्रालय आफ्नो भागमा राख्न खोजेको हुन सक्ने बताए।

त्यस्तै, सर्वोच्चमा प्रधानमन्त्री दाहालले दायर गरेको पुनरावलोकन निवेदन अघि नबढ्नु, तत्कालीन समयमा अग्नि सापकोटाले दायर गरेको ५२ संवैधानिक पदाधिकारीको निवेदनमा समयमै सुनुवाइ नहुनु, प्रधानमन्त्री प्रचण्ड विरुद्ध नै आदेश र अन्य माओवादी तथा शान्ति प्रक्रियासँग जोडिएका र भविष्यमा जोडिने मुद्दालाई समेत ख्याल गर्दै यस पटक कानुन मन्त्रालय आफैंसँग राख्ने माओवादी दाउ रहेको छ।

कानुन मन्त्री न्यायाधीश नियुक्ति गर्ने निकाय न्याय परिषदको सदस्य समेत रहने र न्यायाधीश नियुक्तिका क्रममा प्रमुख निर्णयकर्ता हुने गर्छन्। त्यस्तै, संसदमा कानुन पेस गर्ने जिम्मेवारी पनि कानुन मन्त्रीको हुन्छ। संक्रमणकालीन न्यायसम्बन्धी विषय पनि सोही मन्त्रालयको क्षेत्राधिकारमा पर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगको क्षेत्राधिकार पर्ने भएकाले उक्त प्रक्रिया टुङ्गोमा पुर्‍याउन आफैंले कानुन मन्त्रालय लिनुपर्ने माओवादी केन्द्रको बुझाइ छ।

माओवादी केन्द्रका नेता पौडेलका अनुसार हालसम्मको छलफलमा आफूहरुको तर्फबाट दाबी मात्र पेस भएको र अहिले नै अन्तिम टुङ्गो नलागेको बताए। उनले सत्ता-गठबन्धनभित्र सहमति हुँदा कानुन मन्त्रालयमा दाबी रहने बताए। उनले भोलिसम्म सरकार विस्तार हुने पनि बताए।

एकीकृत समाजवादीलाई विकासका कुनै मन्त्रालय दिने गरी सहमतिको प्रयास भइरहेको पनि पौडेलले बताए। हाल एकीकृत समाजवादीले गृहसहित तीन वटा मन्त्रालयको दावी गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २०:४३
  • ##प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्