• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुन मन्त्रालय आफैंसँग राख्न किन चाहन्छ माओवादी केन्द्र?

64x64
नेपाल लाइभ सोमबार, चैत १३, २०७९  २०:४३
1140x725

काठमाडौं- सरकार विस्तारको रस्साकस्सी चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ भनेको पनि धेरै दिन भइसकेको छ। 

सत्ता-गठबन्धनभित्र रहेका दलहरुले सरकारको हिस्सा मिलाउन अनौपचारिक गृहकार्य गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो पटक विश्वासको मत दिएका ११ दलका बीचमा मन्त्रालयको भागबन्डा मिलाउनुपर्ने भएकाले सहमति हुन नसकेको दाबी सत्तापक्षले गरिरहेको छ। तर मुख्य कुरा दलहरुबीच आकर्षक मन्त्रालय कसले लिने भन्ने होडबाजी र दाबी-विरोधका कारण समस्या भएको देखिन्छ। 

खासगरी अर्थ, गृह, भौतिक पूर्वाधार र शहरी विकास जस्ता मन्त्रालयको दाबीले सत्ता-गठबन्धनभित्र भागबन्डाका लागि समय लागेको देखिन्छ। 

हालसम्म सत्ता-गठबन्धनको भागबन्डा अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यमन्त्रीसहित ३, एकीकृत समाजवादीले राज्यमन्त्रीसहित ३, जसपा २, लोसपा, स्वतन्त्र, जनमत र जनमुक्तिले १/१ मन्त्रालय पाउने दिने तयारी छ। यो संख्या घटबढ पनि हुन सक्छ। 

कानुन मन्त्रालय आफैंसँग राख्ने पक्षमा माओवादी 
माओवादी केन्द्रले केही समयदेखि कानुन मन्त्रालयमा चासो राख्दै आएको छ। अघिल्लो पटक नेकपा सरकार विघटन भएर नयाँ सरकार बने लगत्तै माओवादी केन्द्रकै चाहना अनुसार गैरसांसदलाई ६ महिने कानुन मन्त्री बनाइएको थियो। वरिष्ठ अधिवक्ता गोविन्द बन्दी एकीकृत समाजवादी निकट भए पनि माओवादीको समेत समर्थनमा कानुन मन्त्री बनेका थिए। उनलाई मन्त्री बनाउन नेपाली कांग्रेससहित सत्ता-गठबन्धनका सबै दलभित्र सहमति भएको थियो । बन्दीलाई मन्त्री बनाउनुको एउटै उद्देश्य थियो, संक्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने।

२०७९ मंसिर ४ मा नयाँ निर्वाचन भएपछि प्रधानमन्त्रीको रुपमा प्रचण्ड सत्ताको नेतृत्व गरिरहेका छन्। उनी सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। तर अहिले नेपाली कांग्रेससहित ११ दलको समर्थनमा दोस्रो पटक विश्वासको मत पाएका छन्।  

यस पटकको छलफलमा माओवादी केन्द्रले कानुन मन्त्रालयलाई केन्द्रमा राखेको छ। मन्त्रालय बाँडफाँटका लागि सत्ता-गठबन्धनको छलफलमा रहेका कांग्रेसका एक नेताका अनुसार माओवादीले अर्थ र गृहमध्ये एक र कानुन मन्त्रालय पनि आफैंले राख्ने भन्दै आएको छ। सत्ता-गठबन्धनका नेताको उक्त भनाइलाई माओवादी केन्द्रकी मन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले पनि पुष्टि गरिन्। त्यस्तै, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि कानुन मन्त्रालयमा आफूहरुको दाबी रहने बताए। 

माओवादीले आकर्षणको केन्द्र नभएको कानुन मन्त्रालय लिन खोज्नुका तीन कारण देखिन्छन्। पहिलो, संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गोमा पुर्‍याउने हतारो। दोस्रो कारण, सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीश र भावी प्रधानन्यायाधीशको रोलक्रममा नियुक्ति। विगतमा एमाले र नेपाली कांग्रेसले सर्वोच्च अदालतको प्रधानन्यायाधीश आफू निकट व्यक्तिहरुलाई बनाउने गरी सिफारिस गरेको तर सधैं सत्तामा भए पनि माओवादी केन्द्र यसमा चुकेको भन्दै कानुन क्षेत्रका व्यक्तिहरुले पार्टी नेतृत्वमा पटकपटक गुनासो गर्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यस पटक पनि प्रधानमन्त्री प्रचण्डलाई उक्त कुरा ब्रिफिङ गरेका थिए। सर्वोच्चमा आफू निकट प्रधानन्यायाधीश वा न्यायाधीश नहुँदा समस्या हुने रहेछ भन्ने बुझाइ नेकपा विवादको समयमा ऋषि कट्टेलको मुद्दामा भएको फैसलाले प्रचण्डमा परेको माओवादी निकट एक वरिष्ठ अधिवक्ताले बताए। 

विगतमा माओवादीले प्रधानमन्त्रीको रोलक्रममा हुने गरी आफू निकट व्यक्तिहरुलाई नियुक्त नै गर्न नसकेको र त्यसको असर अहिले भोग्नु परेको बुझाइ नेतृत्वमा रहेको ती वरिष्ठ अधिवक्ताले बताए। पूर्वमहान्यायाधिवक्ता समेत रहेका उनले यस पटक भने माओवादीले त्यसलाई कमी हुन नदिन कानुन मन्त्रालय आफ्नो भागमा राख्न खोजेको हुन सक्ने बताए।

त्यस्तै, सर्वोच्चमा प्रधानमन्त्री दाहालले दायर गरेको पुनरावलोकन निवेदन अघि नबढ्नु, तत्कालीन समयमा अग्नि सापकोटाले दायर गरेको ५२ संवैधानिक पदाधिकारीको निवेदनमा समयमै सुनुवाइ नहुनु, प्रधानमन्त्री प्रचण्ड विरुद्ध नै आदेश र अन्य माओवादी तथा शान्ति प्रक्रियासँग जोडिएका र भविष्यमा जोडिने मुद्दालाई समेत ख्याल गर्दै यस पटक कानुन मन्त्रालय आफैंसँग राख्ने माओवादी दाउ रहेको छ।

कानुन मन्त्री न्यायाधीश नियुक्ति गर्ने निकाय न्याय परिषदको सदस्य समेत रहने र न्यायाधीश नियुक्तिका क्रममा प्रमुख निर्णयकर्ता हुने गर्छन्। त्यस्तै, संसदमा कानुन पेस गर्ने जिम्मेवारी पनि कानुन मन्त्रीको हुन्छ। संक्रमणकालीन न्यायसम्बन्धी विषय पनि सोही मन्त्रालयको क्षेत्राधिकारमा पर्छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगको क्षेत्राधिकार पर्ने भएकाले उक्त प्रक्रिया टुङ्गोमा पुर्‍याउन आफैंले कानुन मन्त्रालय लिनुपर्ने माओवादी केन्द्रको बुझाइ छ।

माओवादी केन्द्रका नेता पौडेलका अनुसार हालसम्मको छलफलमा आफूहरुको तर्फबाट दाबी मात्र पेस भएको र अहिले नै अन्तिम टुङ्गो नलागेको बताए। उनले सत्ता-गठबन्धनभित्र सहमति हुँदा कानुन मन्त्रालयमा दाबी रहने बताए। उनले भोलिसम्म सरकार विस्तार हुने पनि बताए।

एकीकृत समाजवादीलाई विकासका कुनै मन्त्रालय दिने गरी सहमतिको प्रयास भइरहेको पनि पौडेलले बताए। हाल एकीकृत समाजवादीले गृहसहित तीन वटा मन्त्रालयको दावी गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २०:४३
  • ##प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा साे भेट भएको हो । बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन्। बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन्। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्