• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एमसीएको आयोजना : विद्युत प्रसारणमा ३ अर्ब खर्च हुँदा सडक मर्मतमा २७ करोड मात्रै

64x64
नेपाल लाइभ सोमबार, चैत ६, २०७९  १६:०७
1140x725

काठमाडौं– अर्थ मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवको आयोजना मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल– (एमसीए–नेपाल)ले हालसम्मको कार्यप्रगति र भावी कार्ययोजना सार्वजनिक गरेको छ। 

एमसीसीबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग र नेपाल सरकारबाट १३ करोड अमेरिकी डलर लगानी गरेर एमसीए नेपालले विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजनामा काम गरिरहेको छ। 

एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बिष्टले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा आयोजनाको कुल बजेट ७४ अर्ब ३४ करोड रुपैयाँको ६.९७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए। कुल बजेटको ५ अर्ब १७ करोड ९९ लाख अर्थात् ६.९७ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए। जस अनुसार विद्युत प्रसारणमा ३ अर्ब ८ करोड ८३ लाख खर्च हुँदा सडक मर्मतमा २७ करोड ७४ लाख मात्रै खर्च भएको छ।

यस्तै, विद्युत प्रसारण आयोजना अन्तर्गत ४०० केभि ३१५ किलोमिटरसम्म विद्युत प्रसारण लाइन रहेको छ। जुन लप्सिफेदीदेखि रातामाटे र हेटौंडा, रातामाटेदेखि दमौली, बुटवल नेपाल–भारत सिमासम्म पुर्‍याउने योजना रहेको छ। रातामाटे, नयाँ दमौली, नयाँ बुटवलमा गरेर ३ वटा सबस्टेशन निर्माण गर्ने र नेपाल विद्युत नियमन आयोगलाई प्राविधिक सहयोग गर्ने योजना रहेको छ। 

सडक मर्मत आयोजनामा पूर्वपश्चिम राजमार्गको ७७ किलो मिटरसम्म सडक खण्डको आधुनिक तवरले मर्मत गर्ने उल्लेख छ। जुन दाङको धानखोलादेखि शिव खोलासम्म रहेको छ। यस्तै, रडक विभाग र सडक बोर्ड नेपाललाई प्राविधिक सहयोग गर्ने भन्ने योजना रहेको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा उक्त आयोजनाको कुल बजेट ७४ अर्ब ३४ करोड रुपैयाँ अर्थत् ६.९७ प्रतिशत भौतिक प्रगति भएको छ। जस अनुसार एमसीसीबाट २ करोड २ हजार ९०० डलर अर्थात् २ अर्ब ३८ करोड ८८ लाख रुपैयाँ रहेको छ। नेपाल सरकारबाट २ लाख ३७ हजार डलर अर्थात् नेपाली २ अर्ब ७९ करोड ११ लाख रहेको छ।

यस अनुसार विद्युत प्रसारणको कार्यक्रममा ६१ अर्ब २५ करोड ७७ लाख अर्थात् ५.०४ प्रतिशत  भएको छ। सडक मर्मत कार्यक्रम अन्तर्गत ६ अर्ब ४१ करोड ७४ लाख अर्थात् ४.२८ प्रतिशत भएको छ। र, अन्यमा ६ अर्ब ६६ करोड ४९ लाख अर्थात् २७.२६ प्रतिशत भएको छ।

चालु आर्थिक वर्षको माघ मसन्तासम्म समग्रमा ५ अर्ब १७ करोड ९९ लाख अर्थात् ६.९७ प्रतिशत वित्तीय प्रगति भएको छ। जस अनुसार विद्युत प्रसारण अयोजनामा ३ अर्ब ८ करोड ८३ लाख अर्थात् ५.०४ प्रतिशत भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त प्रगति अनुसार एमसीसी बाट ९५ हजार १०० अमेरिकी डलर र नेपाल सरकारको १ लाख ७१ हजार २०० अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ एमसीसीबाट १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ र नेपाल सरकारको २ अर्ब  १ करोड ३८ लाख रुपैयाँ भएको छ।यस्तै, सडक

मर्मतमा २७ करोड ७४ लाख वित्तीय प्रगति भएको छ। जसअनुसार १६ हजार ८०० अमेरिकी डलर अर्थात् नेपाली २० करोड ८४ लाख  रुपैयाँ एमसीसीबाट र नेपाल सरकारबाट ५ हजार ७०० अमेरिकी डलर अर्थात् नेपाली ६ करोड ६३ लाख रुपैयाँ भएको छ। 

अन्यतर्फ जम्मा १ अर्ब ८१ करोड ६९ लाख वित्तीय प्रगति भएको छ। एमसीसीमा ९ लाख ९०० डलर अर्थात् नेपाली २ अर्ब ३८ करोड ८८ लाख रुपैयाँ रहेको छ भने नेपाल सरकारबाट २ लाख ३७ हजार डलर अर्थात् २ अर्ब ७९ करोड ११ लाख रुपैयाँ रहेको छ। 

आर्थिक वर्ष २०७८–७९ मा भएका काम
चालु आर्थिक वर्षमा ट्रान्समिसन लाइन पुनर्वास कार्ययोजना र जीविकोपार्जन पुनस्र्थापना कार्यक्रम पहिलो नम्बरमा रहेको निर्देशक विष्टले बताए। साथै उक्त कार्यक्रमका लागि विभिन्न टोलीहरु परिचालन भई काम अगाडि बढिरहेको जानकारी दिए। प्रसारण लाइनको टावर फुटिङको जग्गा अधिग्रहणका लागि जग्गा प्राप्ती ऐन २०३४ को दफा ६ (१) बमोजिम सूचना ६ जिल्लामा प्रकाशन भइसकेर प्रारम्भिक प्रतिवेदन बनाउने तयारी भइरहेको तथा एउटा जिल्लामा सूचना जारी हुने चरणमा रहेको छ।

Xtrem

Xtrem

निर्देशक बिष्टका अनुसार दोस्रो नम्बरमा लप्सीफेदीदेखि रातामाटे र हेटौंडा सबस्टेशन र रातामाटे दमौली तथा दमौली बुटवल (भारतको सीमासम्म) सबस्टेशन प्रसारण लाइन निर्माणसम्बन्धी कार्य रहेको छ। उक्त तीन वटा सबस्टेशन निर्माण ठेक्काका लागि बोलपत्रको सूचना प्रकाशन भइसकेको र रुख गणना, लगत संकलनको कामका लागि ठेक्का लागेको छ।

तेस्रो नम्बरमा सबस्टेशन सम्बन्धी कार्य रहेको छ। उक्त कार्य अनुसार रातामाटे सबस्टेशनको सीमामा पर्खाल निर्माण गर्ने काम अगाडि बढिरहेको छ। रातामाटे सबस्टेशन जीविकोपार्जन पुनस्र्थापना कार्यक्रमको काम भइरहेको छ।

चौथो नम्बरमा रातामाटे बुटवल र दमौली सबस्टेसन निर्माणका लागि बोलपत्र सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ। जस अनुसार उक्त सबस्टेसनहरुको निर्माणका  लागि बोलपत्र १० दिनभित्र प्रकाशन गर्ने बताइएको छ।

पाँचौ नम्बरमा प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्यका लागि परामर्श सेवाको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ। जस अन्र्तगत प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्य सुपरीवेक्षणका लागि सुपरीवेक्षण इन्जिनियर, परामर्श सेवाको बोलपत्रको सूचना प्रकाशन भइसकेको छ।

छैटौं नम्बरमा इन्टरनेसनल रफनेस इन्डेक्स (आईआरआई) उपकरण खरिद गर्ने कार्यक्रम रहेको र उक्त उपकरण खरिद लागि करार सम्झौता भई आपूर्तीको चरणमा रहेको छ। 

सातौ नम्बरमा सडक इन्जिनियरिङ डिजाइन र सुपरीवेक्षण, वारतावरणीय प्रभाव मूल्यांकन पुनर्वास कार्य योजनाका लागि अन्तिम डिजाइन प्रतिवेदन प्राप्ती र पुनर्वास कार्ययोजना  कार्यान्वायन तथा सुपरीवक्षण गर्ने  कार्यक्रम रहेको छ। जस अनुसार फाइनल इन्जिनियरिङ डिजाइन तथा वातावरणीय प्रभाव मूल्यांकल प्रतिवेदन प्राप्त भई स्वीकृतिको चरणमा रहेको छ।

अबका दिनमा १० जिल्लामा जग्गाको मुआब्जा निर्धारण समिति गठन गरी दर घोषणा, जग्गा आयोजनाको नाममा दर्ता, प्रसारण लाइनको भोगाधिकार क्षेत्र निर्धारण र मुआब्जा वितरण, वन क्षेत्रमा हटाउनुपर्ने रूख गणना लगायतका कार्यलाई मुख्य क्रियाकलापका रुपमा राखिएको कार्यकारी निर्देशक बिष्टले बताए। 

आयोजनालाई समयसीमाभित्रै सम्पन्न हुने छ वटा पूर्वसर्तका आधारमध्ये राष्ट्रिय गौरवको आयोजना घोषणा, विद्युत नियमन आयोगको ऐन तर्जुमा र गठन, योजना कार्यान्वयन सम्झौता, बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणबारे नेपाल–भारतबीच सहमति र संसद्‌द्वारा सम्झौता अनुमोदन सम्पन्न भइसकेको छ।

आयोजनाका लागि जग्गा प्राप्ति, रूख कटान र निर्माण क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्ने कार्य भने अझै बाँकी छ। आयोजना अघि बढाउने सन्दर्भमा पूर्वतयारी सम्पन्न गरी कार्यान्वयन चरणमा प्रवेश गर्ने समयका रुपमा आगामी भदौ महिना तय गरिएको छ। सोही मितिदेखि एमसीसी नेपाल कम्प्याक्टको पाँचवर्षे कार्यविधिको दिन गणना सुरु गर्ने योजना रहेको छ।

यसअघि उक्त आयोजनाको सुरुदेखि आर्थिक वर्ष २०७८–७९ सम्ममा एमसीएले विद्युत प्रसारण आयोजना अन्तर्गत  ट्रान्समिसन लाइनको ३० किलोमिटर खण्डको पुनः सर्भे सम्झौता सम्पन्न गरी काम अगाडि बढाइएको थियो। रातामाटे सबस्टेशनका लागि जीविकोपार्जन पुनस्र्थापना कार्यक्रमको सम्झौता सम्पन्न भइसकेको छ। सामुदायिक वन उपभोक्ता समूहको अन्तरक्रिया कार्यक्रम पूरा भएको र रातामाटे सबस्टेशनका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरण कार्य भइसकेको छ।

सडक मर्मत आयोजना अन्तर्गत सडक विभागलाई फलिङवएड डिफ्लेक्टोमिटर (एफडब्लुडी) तथा विभिन्न प्रयोगशाला सम्बन्धी उपकरण उपलब्ध गराइएको र प्रयोगशाला तथा एफडब्लुडी भण्डारण गृह तयार गरिएको थियो। यसका साथै सडक मर्मत आयोजनाको डिजाइन प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन तथा पुनर्वास कार्ययोजना अध्ययन कार्य अन्तिम तहमा पुगेको थियो।

आउँदो असारसम्म थप ८० करोड खर्च भई संशोधित बजेटको ८० प्रतिशतभन्दा बढी प्रगति हासिल हुने आयोजनाको अनुमान छ। 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्