काठमाडौं– नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ। बुधबार नै नायिका रेजिना उप्रेतीले पनि आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेकी थिइन्।
निरौलाको समूहले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेको हो। निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल हुनुहुन्छ भने महासचिवमा सविन श्रेष्ठ छन्।
सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन् भने कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन्। यस्तै सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन्।
सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन्।
अध्यक्ष पदका उम्मेदवार निरौलाले कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई आफ्नो एजेण्डा बनाएका छन्। निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्तासमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।