हातमा चुरोट,
घेरा हालिरहेको थियो
चुरोटको धुँवा हावामा उडेर हराउँदै थियो।
उनी बर्बाउँदै थिइन्,
प्रेम बिक्री हुने यो बजारमा,
कोही एक रात खरिद गर्न आए,
त्यही एकरातका लागि
यौनका रंग खरिद गरेर
प्यासको रंगोली बनाए।
अनि,
रंगहीन अलपत्र परेका भावनाहरू
पोखिएको मसिझैं छताछुल्ल पारिदिए।
हावामा उसैगरी तैरिएर
हराइरहेको थियो चुरोटको धुँवा
उनी एकनास बर्बराउँदै थिइन्
उनी स्वयं बिस्तारै धुँवा बनिरहेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।