• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री रावल उन्मुक्ति पार्टीको साथ पाउनेमा विश्वस्त, पुरानै गठबन्धनको खोजी गर्दै कांग्रेस

64x64
शेरबहादुर ऐर मंगलबार, माघ २४, २०७९  २१:१५
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल विश्वासको मतका लागि नागरिक उन्मुक्ति पार्टीको सहयोगको भरोसामा छन्। सोमबारसम्म सहयोग पाउनेमा विश्वस्त रहेका मुख्यमन्त्री रावल उन्मुक्ति पार्टीका नेताहरू काठमाडौं पुगेर फर्किएपछि फेरि सशंकित देखिएका छन्। 

उन्मुक्ति पार्टीको सहयोग पाउनेमा विश्वासयोग्य आधार नदेखे पनि मुख्यमन्त्री रावलले बुधबारको बैठक केही समय पर धकेल्न सभामुखसँग अनुरोधसमेत गरेका थिए।

मंगलबार बिहानैदेखि उन्मुक्तिका प्रदेश सभा सदस्यहरु काठमाडौं गएपछि उनी त्रसित भएका थिए। आइतबार मुख्यमन्त्री रावलले सभामुख भीमबहादुर भण्डारीसँग भेट्दै बुधबार बिहान ११ बजे बैठक आह्वान गर्नेगरी कार्यसूचि बनाउन सहमति जनाएका थिए। सोहीअनुसार सोमबार प्रदेश सभा सचिवालयले बुधबार बिहान ११ बजे बैठक बस्नगरी प्रदेश सभामा सूचना टाँस गर्नुका साथै प्रदेश सभा सदस्यहरुको मोबाइलमा उपस्थितिका लागि अनुरोध गर्दै सन्देश पठाएको थियो। 

मंगलबार उन्मुक्तिका सातजना प्रदेश सभा सदस्यहरु बिहानै काठमाडौंको डिल्लीबजार (कारागार)मा पुग्न धनगढीबाट हिँडेका थिए। नेता रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा प्रदेश सभा सदस्यहरुसँग बैठक बस्यो। बैठकले एमालेबाट नियुक्त भएका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने संकेत देखायो।

उन्मुक्ति आफ्नो पक्षमा नरहने जानकारी पाएका मुख्यमन्त्री रावलले बुधबार ११ बजे बस्ने भनिएको बैठक केही घण्टाका लागि सार्न अनुरोध गरे। सोहीअनुसार सभामुख भण्डारीले बुधबार १ बजे बैठक बस्नेगरी सबै प्रदेश सभा सदस्यहरुलाई जानकारी गराएको बताए। 

पुस २७ गते ५ बजे मुख्यमन्त्री नियुक्तिको समय सकिन १५ मिनेट अगाडि उन्मुक्तिका संसदीय दलका नेता रामेश्वर चौधरीसहित अन्य प्रदेश सभा सदस्यको बहुमतसहितको हस्ताक्षर कागजपत्र रावलले प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएका थिए। एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त रावललाई विश्वासको मत दिनबाट सत्तापक्षकै दल पछि हटेको छ। 

माग र मुद्दा पूरा नभएसम्म प्रदेशमा कुनै पनि दलको मुख्यमन्त्रीलाई विश्वासको मत नदिने उन्मुक्तिले निर्णय गरेको छ। ‘पहिले जेलको ढोका खुला गरिनुपर्छ अनिमात्र सरकारको ढोका खुल्ला हुन्छ,’ रेशम चौधरीले आफ्ना सांसदलाई भने।

मुख्यमन्त्री रावलले २६ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ। सुदूरपश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तिममा पाउलान् त उन्मुक्तिको साथ?

मुख्यमन्त्री नियुक्ति प्रक्रियामा पनि ढिला गरी समर्थन गरेको उन्मुक्तिले सभामुख चयन प्रक्रिया लम्ब्याएको थियो। मुख्यमन्त्रीमा नियुक्त हुनका लागि रावलले समय जानुभन्दा १५ देखि २० मिनेट अगाडि उन्मुक्तिको समर्थन पाएका थिए।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त रावलले २८ गते पद तथा गोपनीयताको सपथ लिएका थिए। सोही दिन प्रदेश सभामा सभामुख चयन प्रक्रिया रहेका थियो। तर, कसैले पनि बहुमत प्राप्त गर्न सकेनन्। सभामुखका उम्मेदवार माओवादी केन्द्रका भीमबहादुर भण्डारीले पक्षमा २६ र कांग्रेसका उम्मेदवार मानबहादुर रावलले पक्षमा २३ मत प्राप्त गरे। ३० गते आह्वान गरिएको तेस्रो बैठकमा दुवैले पक्षमा २२–२२ मत प्राप्त गरे। सो बेला उन्मुक्ति पार्टी तटस्थ बसेको थियो। माघ २ गते बसेको चौथो बैठकमा भण्डारीले २९ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भए। त्यो बेला सभामुख भण्डारीले नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र एमालेको मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका थिए।

माघ ३ मा नै भएको उपसभामुखको निर्वाचनमा एमालेकी उम्मेदवार कोइलीदेवी चौधरीले २८ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन्। पटक–पटक माग र मुद्दा पूरा हुनुपर्ने अडान राख्दै आए पनि उन्मुक्तिले अन्तिममा सत्तारुढ दललाई साथ दिइरहेकाले मुख्यमन्त्री रावल अझै पनि उन्मुक्तिको साथ पाउनेमा विश्वस्त छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विश्वासको मत नपाए के हुन्छ?

मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत कायम नगरेमा सम्भवत प्रदेशमा ठूलो दल रहेको दलका नेताले मुख्यमन्त्रीमा दाबी गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशको मुख्यमन्त्रीमा दाउ पर्खिरहेका छन्। संविधानको धारा १६८ उपधारा ३ मा भनिएको छ प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ।

मुख्यमन्त्रीमा दाउ हेरिरहेका कांग्रेस पुरानै गठबन्धनलाई ब्युँताउने प्रयासमा रहेको छ। उसले माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री आफनो पोल्टोमा हाल्ने दाउमा रहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्