• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री रावल उन्मुक्ति पार्टीको साथ पाउनेमा विश्वस्त, पुरानै गठबन्धनको खोजी गर्दै कांग्रेस

64x64
शेरबहादुर ऐर मंगलबार, माघ २४, २०७९  २१:१५
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल विश्वासको मतका लागि नागरिक उन्मुक्ति पार्टीको सहयोगको भरोसामा छन्। सोमबारसम्म सहयोग पाउनेमा विश्वस्त रहेका मुख्यमन्त्री रावल उन्मुक्ति पार्टीका नेताहरू काठमाडौं पुगेर फर्किएपछि फेरि सशंकित देखिएका छन्। 

उन्मुक्ति पार्टीको सहयोग पाउनेमा विश्वासयोग्य आधार नदेखे पनि मुख्यमन्त्री रावलले बुधबारको बैठक केही समय पर धकेल्न सभामुखसँग अनुरोधसमेत गरेका थिए।

मंगलबार बिहानैदेखि उन्मुक्तिका प्रदेश सभा सदस्यहरु काठमाडौं गएपछि उनी त्रसित भएका थिए। आइतबार मुख्यमन्त्री रावलले सभामुख भीमबहादुर भण्डारीसँग भेट्दै बुधबार बिहान ११ बजे बैठक आह्वान गर्नेगरी कार्यसूचि बनाउन सहमति जनाएका थिए। सोहीअनुसार सोमबार प्रदेश सभा सचिवालयले बुधबार बिहान ११ बजे बैठक बस्नगरी प्रदेश सभामा सूचना टाँस गर्नुका साथै प्रदेश सभा सदस्यहरुको मोबाइलमा उपस्थितिका लागि अनुरोध गर्दै सन्देश पठाएको थियो। 

मंगलबार उन्मुक्तिका सातजना प्रदेश सभा सदस्यहरु बिहानै काठमाडौंको डिल्लीबजार (कारागार)मा पुग्न धनगढीबाट हिँडेका थिए। नेता रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा प्रदेश सभा सदस्यहरुसँग बैठक बस्यो। बैठकले एमालेबाट नियुक्त भएका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने संकेत देखायो।

उन्मुक्ति आफ्नो पक्षमा नरहने जानकारी पाएका मुख्यमन्त्री रावलले बुधबार ११ बजे बस्ने भनिएको बैठक केही घण्टाका लागि सार्न अनुरोध गरे। सोहीअनुसार सभामुख भण्डारीले बुधबार १ बजे बैठक बस्नेगरी सबै प्रदेश सभा सदस्यहरुलाई जानकारी गराएको बताए। 

पुस २७ गते ५ बजे मुख्यमन्त्री नियुक्तिको समय सकिन १५ मिनेट अगाडि उन्मुक्तिका संसदीय दलका नेता रामेश्वर चौधरीसहित अन्य प्रदेश सभा सदस्यको बहुमतसहितको हस्ताक्षर कागजपत्र रावलले प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएका थिए। एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त रावललाई विश्वासको मत दिनबाट सत्तापक्षकै दल पछि हटेको छ। 

माग र मुद्दा पूरा नभएसम्म प्रदेशमा कुनै पनि दलको मुख्यमन्त्रीलाई विश्वासको मत नदिने उन्मुक्तिले निर्णय गरेको छ। ‘पहिले जेलको ढोका खुला गरिनुपर्छ अनिमात्र सरकारको ढोका खुल्ला हुन्छ,’ रेशम चौधरीले आफ्ना सांसदलाई भने।

मुख्यमन्त्री रावलले २६ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ। सुदूरपश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ।

Ncell 2
Ncell 2

अन्तिममा पाउलान् त उन्मुक्तिको साथ?

मुख्यमन्त्री नियुक्ति प्रक्रियामा पनि ढिला गरी समर्थन गरेको उन्मुक्तिले सभामुख चयन प्रक्रिया लम्ब्याएको थियो। मुख्यमन्त्रीमा नियुक्त हुनका लागि रावलले समय जानुभन्दा १५ देखि २० मिनेट अगाडि उन्मुक्तिको समर्थन पाएका थिए।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त रावलले २८ गते पद तथा गोपनीयताको सपथ लिएका थिए। सोही दिन प्रदेश सभामा सभामुख चयन प्रक्रिया रहेका थियो। तर, कसैले पनि बहुमत प्राप्त गर्न सकेनन्। सभामुखका उम्मेदवार माओवादी केन्द्रका भीमबहादुर भण्डारीले पक्षमा २६ र कांग्रेसका उम्मेदवार मानबहादुर रावलले पक्षमा २३ मत प्राप्त गरे। ३० गते आह्वान गरिएको तेस्रो बैठकमा दुवैले पक्षमा २२–२२ मत प्राप्त गरे। सो बेला उन्मुक्ति पार्टी तटस्थ बसेको थियो। माघ २ गते बसेको चौथो बैठकमा भण्डारीले २९ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भए। त्यो बेला सभामुख भण्डारीले नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र एमालेको मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका थिए।

माघ ३ मा नै भएको उपसभामुखको निर्वाचनमा एमालेकी उम्मेदवार कोइलीदेवी चौधरीले २८ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन्। पटक–पटक माग र मुद्दा पूरा हुनुपर्ने अडान राख्दै आए पनि उन्मुक्तिले अन्तिममा सत्तारुढ दललाई साथ दिइरहेकाले मुख्यमन्त्री रावल अझै पनि उन्मुक्तिको साथ पाउनेमा विश्वस्त छन्।

विश्वासको मत नपाए के हुन्छ?

मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत कायम नगरेमा सम्भवत प्रदेशमा ठूलो दल रहेको दलका नेताले मुख्यमन्त्रीमा दाबी गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशको मुख्यमन्त्रीमा दाउ पर्खिरहेका छन्। संविधानको धारा १६८ उपधारा ३ मा भनिएको छ प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ।

मुख्यमन्त्रीमा दाउ हेरिरहेका कांग्रेस पुरानै गठबन्धनलाई ब्युँताउने प्रयासमा रहेको छ। उसले माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री आफनो पोल्टोमा हाल्ने दाउमा रहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
सुरु भयो कांग्रेस केन्द्रीय कार्य समिति बैठक आजको बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गर्ने बताइएको छ । शुक्रबार, माघ ९, २०८२
कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका कालिकोटका शाही र बैतडीका चन्दले लिए उम्मेदवारी फिर्ता कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका उनलाई रोकेर विशेष पक्षमा खुलेका पार्टी केन्द्रले हर्षबहादुर बमलाई टिकट दिएको थियो । शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सुरु भयो कांग्रेस केन्द्रीय कार्य समिति बैठक शुक्रबार, माघ ९, २०८२
कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका कालिकोटका शाही र बैतडीका चन्दले लिए उम्मेदवारी फिर्ता शुक्रबार, माघ ९, २०८२
कांग्रेस सभापतिको कुर्सीमा गगन थापा शुक्रबार, माघ ९, २०८२
राष्ट्रिय सभाको बैठक जारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्