काठमाडौं- भारतीय क्रिकेटर केएल राहुल र अभिनेत्री अथिया सेट्टीले विवाह गरेका छन्। उनीहरुले सोमबार विवाह गरेका हुन्। बलिउड अभिनेता सुनिल सेट्टीकी छोरी अथियासँग क्रिकेटर राहुल तीन वर्षदेखि प्रेममा थिए।
उनीहरुले विवाहको तस्विर इन्स्टाग्रामबाट सार्वजनिक गरेका छन्। तस्विर सार्वजनिक गर्दै अथियाले लेखिन्, ‘तिम्रो उज्यालोमा मैले प्रेम गर्न सिकेकी हुँ।’
तस्विर सार्वजनिक भएपछि अहिले उनीहरुलाई अर्का क्रिकेटर-अभिनेत्री जोडीसँग तुलना गर्न थालिएको छ। भारतीय स्टार क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मासँग उनीहरुको विवाहको पहिरनसमेत मिलेको छ।
उस्तै रङको पहिरनमा अथियाको लुक्ससमेत दुरुस्तै देखिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले तस्विर सार्वजनिक गर्दै लेख्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।