• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सेती अस्पतालमा आधुनिक सीटी स्क्यान मेसिनबाट सेवा सुरु

अस्पतालको दाबी– अब बिरामीले बाहिर जानुपर्ने बाध्यता हट्यो
64x64
शेरबहादुर ऐर बुधबार, पुस १३, २०७९  १५:४५
1140x725

धनगढी– सेती प्रादेशिक अस्पतालले आधुनिक सीटी स्क्यान मेसिनबाट पूर्णकालीन रूपमा बुधबारदेखि सेवा सुरु गरेकोे छ।

बुधबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै एक सय २८ स्लाइसको सीटी स्क्यान मेसिन  सम्पूर्ण परीक्षण कार्य सम्पन्न गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिएको हो। अस्पतालका अनुसार धनगढीमा रहेका निजी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान मेसिन भए पनि सेतीमा आधुनिक सीटी स्क्यान मेसिन जडान गरी सुरु गरिएको जनाइएको छ।

आन्तरिक व्यवस्थापनको कमजोरीका कारण अस्पतालले यसअघि सीटी स्क्यानमार्फत इर्मेजेन्सीका बिरामीलाई सेवा प्रदान गर्दै आएको थियो। पूर्ण रूपमा मेसिन सञ्चालन आएसँगै अब अस्पतालबाट सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा हेमराज पाण्डेले बताए।

मेसिन जडान गरी परीक्षण गर्दा सञ्चालनका लागि उचित रहेको रिपोर्ट आए पनि मेसिन जडान गरिएको भवनमा चिकित्सक कक्ष, बिरामी कुरुवा कक्ष नहुँदा यसअघि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उनले बताए। 

खासगरी, मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचान लगायतका लागि सीटी स्क्यान मेसिनको आवश्यकता पर्ने गर्दछ।

Ncell 2
Ncell 2

अस्पतालमा सीटी स्क्यान मेसिन सञ्चालन भएमा बिरामीहरूले दुई हजार पाँच सयदेखि चार हजारसम्ममा सेवा सुविधा पाउनेछन्। यसअघि, सेतीमा सीटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा विरामीहरूले ६ हजारदेखि ११ हजार शुल्क तिरेर धनगढीका निजी अस्पताल तथा भारतका विभिन्न स्थान, नेपालको कोहलपुर, काठमाडौं लगायतमा सेवा लिन जानुपर्ने बाध्यता थियो।

प्रादेशिक अस्पतालमा तीनजना रेडियोलोजिस्ट रहेको अस्पतालले जनाएको छ। डा पाण्डेका अनुसार दुई जना स्थायी र एक जना छात्रवृत्तिमा गरी तीनजना रेडियोलोजिस्टले बिहान र साँझसँगै इर्मेजेन्सीमा सेवा प्रदान गर्नेछन्।

आर्थिक वर्ष ०७७÷७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो।

पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो। पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाख रुपैयाँमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि भवन अभावका कारण मेसिन सञ्चालनमा ढिलाइ भएको थियो।

यस्तै, अस्पतालले छिट्टै एमआरआई सेवा पनि सुचारु गर्ने तयारी गरेको छ। एमआरआई भन्सार पुगिसकेको र केही महिनाभित्र जडान गरी सञ्चालनमा ल्याइने उनले बताए।

No description available.

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस ३०, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
एनपी साउदको जिकिर : ‘भृकुटीमण्डपमा भएको भेला हो, महाधिवेशन हुनै सक्दैन’ मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्