• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एकातिर हिंसाविरुद्धको अभियान, अर्कोतिर पाँच महिलाको हत्या 

64x64
धनु विश्वकर्मा बिहीबार, पुस ७, २०७९  ०७:०९
1140x725

काठमाडौं– ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नाराकासाथ हालै देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइयो। मंसिर १० गतेदेखि २४ गतेसम्म देशभर विभिन्न गोष्ठी, सेमिनार, अन्तर्क्रिया, छलफल गर्दै  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइयो।

एकातिर सरकारी र गैरसरकारी निकायले लैङ्गिक हिंसाविरुद्धको अभियान चलाइरहँदा अर्कोतिर भने हिंसाकै कारण ६ जना महिलाको ज्यान गएको छ। परिवारका सदस्यबाटै भएका हत्यादेखि आत्मदाहसम्मका घटना यो १६ दिनको अवधिमा भए। हिंसा न्यूनीकरण लागि भन्दै विभिन्न कार्यक्रम भइरहँदा सोही अवधिकमा भएका यस्ता अमानवीय र क्रुर घटनाले लैङ्गिक हिंसा विरुद्धको अभियानमाथि नै प्रश्न उठिरहेको सरोकारवालाहरू बताउँछन्। 

घटना–१ 
मंसिर १२ गते एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो। एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेर टाउको प्लाष्टिकको झोलामा पोको पारेर हातमा बोकेर भाग्दै गरेको तस्बिर थियो, त्यो। उक्त फोटोले सामाजिक सञ्जाल ततायो। 
घटना सुर्खेतको पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मामा भएको थियो। तोक्माका ३८ वर्षीय अमरबहादुर आले मगरले ३० वर्षीया श्रीमती मिनाको हत्या गरेर भाग्दै गरेको बेला प्रहरीले पक्राउ गरेको थियो।

अमर वैदेशिक रोजगारीबाट हालै मात्र घर फर्किएका थिए। घरयासी विवादका कारण उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। अमरलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

घटना–२
काठमाडौं बानेश्वरमा बस्ने २७ वर्षिया पुष्पा न्यौपानेको मंसिर १९ गते कीर्तिपुरको बर्न अस्पतालमा निधन भयो। उनले मंसिर १८ गते धुम्बारबाहीस्थित सुदन संग्रौलाको घर अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्। उनी किन सुदनको घर अगाडि पुगेर आत्मदाह गर्ने निर्णयमा पुगिन्? प्रहरी अनुसन्धानको ठोस तथ्य सार्वजनिक नभएपनि पुष्पाले आत्मदाह गर्नुको कारण सुदनसँगको इंगेजमेन्ट तोडिनु रहेको देखिएको छ। 

पुष्पाले आत्मदाहको प्रयासको अघिल्लो दिन मंसिर १७ गते सुदनको परिवारले बुद्धनगरस्थित पुष्पाको परिवारकहाँ पुगेर यी दुईको इंगेजमेन्ट तोडेका थिए। उनीहरूले इंगेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गर्‍यो। 

त्यसको भोलिपल्ट पुष्पाले सुदनको घरअगाडि पुगेर शरीरमा पेट्रोल छर्केर आगो लगाएकी लगाइन्। उनलाई तत्कालै महाराजगञ्जथित त्रिवि शिक्षण अस्पताल लगियो। त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकामा १९ गते उनको निधन भयो।

पुष्पाको दरबारमार्गस्थित ‘केल्मी’को शोरुममा काम गर्थिन्। झापाका सुदनसँग त्यहीँ चिनजान भएको थियो। सुदनको परिवारले न्युरोडमा पसल गर्थे। उनीहरुको चिनजान विस्तारै प्रेममा परिणत भयो। त्यसपछि दुवैको परिवारको रोहबरमा भदौ १८ गते पुष्पा र सुदनले इंगेजमेन्ट गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

मंसिरमै बिहे गर्ने भनेपनि बिहेको मिति तय भएको थिएन। पुष्पाको परिवारले बिहेको मिति तय गर्न सुदनको परिवारलाई आग्रह गरेका थिए। मंसिर १७ गते सुदनको परिवार अचानक इंगेजमेन्ट तोड्नका लागि पुष्पाको घर पुगे।
इंगेजमेन्ट तोडिएपछि त्यसको पीडा सहन नसकेर पुष्पाले आत्मदाहको प्रयास गरेको उनको परिवारको दाबी छ। उनीहरुले सुदनसहित उनको परिवाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर, प्रहरीले सुदनलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान गरिरहेको छ। 

घटना–३
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहारको उनका प्रेमी भरतराज कोलीले घाँटी रेटेर हत्या गरे। मंसिर १४ गते जंगलमा हत्या गरेर फालिएको अवस्थामा शव फेला पर्‍यो। मायासँगै रहेकी भतिजी नेहामाथि पनि भरतले हत्या प्रयास गरे। नेहालाई गम्भीर घाइते अवस्थामा उद्धार गरियो।

कोली बैतडीकै शिवनाथ गाउँपालिका–४ सोल्पलाका हुन्। कोली सशस्त्र प्रहरी हुन्। कोली मंसिर ७ गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, पोखरा कास्कीबाट घर बिदामा मंसिर ९ गते आफ्नो घर पुगेका थिए। मंसिर १० गते आफ्नौ घरमा बसी ११ गते मायालाई भेट्न पुगेका थिए।

२१ वर्षिया माया आफ्नै भतिजी नेहासँग बजारमा कपडा सिलाउन गएकी थिइन्। भरतराजले मायाको मोबाइल खोसेका थिए। उनले मायालाई शिवनाथ–४ ओल्या ओख्डानी ठूलो खोला सामुदायिक वनमा मोबाइल लिन बोलाएका थिए। तर, उनले मायाको हत्या गरे। उनी किन मायाको हत्या गर्ने मनस्थितिमा पुगे भन्ने अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार मायाको अरुसँग पनि प्रेम सम्बन्ध रहेको आशंका भरतले हत्या गरेको हुन सक्छन्। तर, घटना अनुसन्धानकै क्रममा रहेकाले थप रहस्य खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। भरतराजलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेर बैतडी पुर्‍याएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटना–४
बर्दियाको गुलरिया नगरपालिका–१ की २६ वर्षीया नानकला बस्नेतलाई श्रीमान बोधराज बस्नेतले कुटपिट गरी हत्या गरे। घरायसी विवादमा बोधराजले नानकलाई मंसिर १२ गते मरानासन्न हुनेगरि कुटपिट गरेका थिए।

गम्भीर घाइते भएकी नानकलालाई उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। बर्दिया प्रहरीले बोधराजलाई सोही दिन पक्राउ गरेर हिरासतमा राखेको छ। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना–५
धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा अमृता कुमारी यादवलाई उनका पति वीरेन्द्रकुमार यादवले बञ्चरो प्रहार गरेर हत्या गरे। मंसिर २६ गते बिहान ४ बजे चिया पकाउने विषयमा यादव दम्पतीबी विवाद भयो। 

विवादले उग्ररुप लिएपछि ३२ वर्षीय वीरेन्द्रले २८ वर्षीया श्रीमती अमृतालाई बञ्चरो प्रहार गरि हत्या गरे। गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि जनकपुरको काव्या अस्पताल पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भयो। वीरेन्द्रलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान  गरिरहेको छ।

घटना–६
सप्तरीको राजविराज नगरपालिका–१ चनौरा पडरियाकी ४० वर्षीया गीता रजकको पति हिरालाल रजकले हत्या गरे। टाउको र निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गीताको शव मंसिर १० गते प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र फेला परेको थियो।

उनीहरु रामपुरको एक घरमा भाडामा बस्दै आएका थिए। हत्या आरोपमा प्रहरीले ५२ वर्षीय हिरालाललाई मंसिर १० गते गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्