• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एकातिर हिंसाविरुद्धको अभियान, अर्कोतिर पाँच महिलाको हत्या 

64x64
धनु विश्वकर्मा बिहीबार, पुस ७, २०७९  ०७:०९
1140x725

काठमाडौं– ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नाराकासाथ हालै देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइयो। मंसिर १० गतेदेखि २४ गतेसम्म देशभर विभिन्न गोष्ठी, सेमिनार, अन्तर्क्रिया, छलफल गर्दै  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइयो।

एकातिर सरकारी र गैरसरकारी निकायले लैङ्गिक हिंसाविरुद्धको अभियान चलाइरहँदा अर्कोतिर भने हिंसाकै कारण ६ जना महिलाको ज्यान गएको छ। परिवारका सदस्यबाटै भएका हत्यादेखि आत्मदाहसम्मका घटना यो १६ दिनको अवधिमा भए। हिंसा न्यूनीकरण लागि भन्दै विभिन्न कार्यक्रम भइरहँदा सोही अवधिकमा भएका यस्ता अमानवीय र क्रुर घटनाले लैङ्गिक हिंसा विरुद्धको अभियानमाथि नै प्रश्न उठिरहेको सरोकारवालाहरू बताउँछन्। 

घटना–१ 
मंसिर १२ गते एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो। एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेर टाउको प्लाष्टिकको झोलामा पोको पारेर हातमा बोकेर भाग्दै गरेको तस्बिर थियो, त्यो। उक्त फोटोले सामाजिक सञ्जाल ततायो। 
घटना सुर्खेतको पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मामा भएको थियो। तोक्माका ३८ वर्षीय अमरबहादुर आले मगरले ३० वर्षीया श्रीमती मिनाको हत्या गरेर भाग्दै गरेको बेला प्रहरीले पक्राउ गरेको थियो।

अमर वैदेशिक रोजगारीबाट हालै मात्र घर फर्किएका थिए। घरयासी विवादका कारण उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। अमरलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

घटना–२
काठमाडौं बानेश्वरमा बस्ने २७ वर्षिया पुष्पा न्यौपानेको मंसिर १९ गते कीर्तिपुरको बर्न अस्पतालमा निधन भयो। उनले मंसिर १८ गते धुम्बारबाहीस्थित सुदन संग्रौलाको घर अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्। उनी किन सुदनको घर अगाडि पुगेर आत्मदाह गर्ने निर्णयमा पुगिन्? प्रहरी अनुसन्धानको ठोस तथ्य सार्वजनिक नभएपनि पुष्पाले आत्मदाह गर्नुको कारण सुदनसँगको इंगेजमेन्ट तोडिनु रहेको देखिएको छ। 

पुष्पाले आत्मदाहको प्रयासको अघिल्लो दिन मंसिर १७ गते सुदनको परिवारले बुद्धनगरस्थित पुष्पाको परिवारकहाँ पुगेर यी दुईको इंगेजमेन्ट तोडेका थिए। उनीहरूले इंगेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गर्‍यो। 

त्यसको भोलिपल्ट पुष्पाले सुदनको घरअगाडि पुगेर शरीरमा पेट्रोल छर्केर आगो लगाएकी लगाइन्। उनलाई तत्कालै महाराजगञ्जथित त्रिवि शिक्षण अस्पताल लगियो। त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकामा १९ गते उनको निधन भयो।

पुष्पाको दरबारमार्गस्थित ‘केल्मी’को शोरुममा काम गर्थिन्। झापाका सुदनसँग त्यहीँ चिनजान भएको थियो। सुदनको परिवारले न्युरोडमा पसल गर्थे। उनीहरुको चिनजान विस्तारै प्रेममा परिणत भयो। त्यसपछि दुवैको परिवारको रोहबरमा भदौ १८ गते पुष्पा र सुदनले इंगेजमेन्ट गरेका थिए।

Ncell 2
Ncell 2

मंसिरमै बिहे गर्ने भनेपनि बिहेको मिति तय भएको थिएन। पुष्पाको परिवारले बिहेको मिति तय गर्न सुदनको परिवारलाई आग्रह गरेका थिए। मंसिर १७ गते सुदनको परिवार अचानक इंगेजमेन्ट तोड्नका लागि पुष्पाको घर पुगे।
इंगेजमेन्ट तोडिएपछि त्यसको पीडा सहन नसकेर पुष्पाले आत्मदाहको प्रयास गरेको उनको परिवारको दाबी छ। उनीहरुले सुदनसहित उनको परिवाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर, प्रहरीले सुदनलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान गरिरहेको छ। 

घटना–३
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहारको उनका प्रेमी भरतराज कोलीले घाँटी रेटेर हत्या गरे। मंसिर १४ गते जंगलमा हत्या गरेर फालिएको अवस्थामा शव फेला पर्‍यो। मायासँगै रहेकी भतिजी नेहामाथि पनि भरतले हत्या प्रयास गरे। नेहालाई गम्भीर घाइते अवस्थामा उद्धार गरियो।

कोली बैतडीकै शिवनाथ गाउँपालिका–४ सोल्पलाका हुन्। कोली सशस्त्र प्रहरी हुन्। कोली मंसिर ७ गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, पोखरा कास्कीबाट घर बिदामा मंसिर ९ गते आफ्नो घर पुगेका थिए। मंसिर १० गते आफ्नौ घरमा बसी ११ गते मायालाई भेट्न पुगेका थिए।

२१ वर्षिया माया आफ्नै भतिजी नेहासँग बजारमा कपडा सिलाउन गएकी थिइन्। भरतराजले मायाको मोबाइल खोसेका थिए। उनले मायालाई शिवनाथ–४ ओल्या ओख्डानी ठूलो खोला सामुदायिक वनमा मोबाइल लिन बोलाएका थिए। तर, उनले मायाको हत्या गरे। उनी किन मायाको हत्या गर्ने मनस्थितिमा पुगे भन्ने अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार मायाको अरुसँग पनि प्रेम सम्बन्ध रहेको आशंका भरतले हत्या गरेको हुन सक्छन्। तर, घटना अनुसन्धानकै क्रममा रहेकाले थप रहस्य खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। भरतराजलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेर बैतडी पुर्‍याएको थियो।

घटना–४
बर्दियाको गुलरिया नगरपालिका–१ की २६ वर्षीया नानकला बस्नेतलाई श्रीमान बोधराज बस्नेतले कुटपिट गरी हत्या गरे। घरायसी विवादमा बोधराजले नानकलाई मंसिर १२ गते मरानासन्न हुनेगरि कुटपिट गरेका थिए।

गम्भीर घाइते भएकी नानकलालाई उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। बर्दिया प्रहरीले बोधराजलाई सोही दिन पक्राउ गरेर हिरासतमा राखेको छ। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना–५
धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा अमृता कुमारी यादवलाई उनका पति वीरेन्द्रकुमार यादवले बञ्चरो प्रहार गरेर हत्या गरे। मंसिर २६ गते बिहान ४ बजे चिया पकाउने विषयमा यादव दम्पतीबी विवाद भयो। 

विवादले उग्ररुप लिएपछि ३२ वर्षीय वीरेन्द्रले २८ वर्षीया श्रीमती अमृतालाई बञ्चरो प्रहार गरि हत्या गरे। गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि जनकपुरको काव्या अस्पताल पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भयो। वीरेन्द्रलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान  गरिरहेको छ।

घटना–६
सप्तरीको राजविराज नगरपालिका–१ चनौरा पडरियाकी ४० वर्षीया गीता रजकको पति हिरालाल रजकले हत्या गरे। टाउको र निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गीताको शव मंसिर १० गते प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र फेला परेको थियो।

उनीहरु रामपुरको एक घरमा भाडामा बस्दै आएका थिए। हत्या आरोपमा प्रहरीले ५२ वर्षीय हिरालाललाई मंसिर १० गते गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्