• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसले गाउँपालिका उपाध्यक्ष भएपछि छाउ बार्न छाडिन्

64x64
धनु विश्वकर्मा आइतबार, मंसिर २५, २०७९  २१:१९
1140x725

काठमाडौं– आइतबार दिउँसो रातो कुर्ता सुरुवाल, कालो लेदरको ज्याकेट लगाएर रमला कुमारी मण्डेल पुजारा प्रज्ञा भवनमा भित्र–बाहिर गरिराखेकी थिइन्। योसमेत काठमाडौंमा दुई पटक पाइला टेकेकी उनी यहाँको भूगोलबारे खासै जानकार छैनन्। प्रज्ञा भवनमा उनी उनका श्रीमानले छोडिदिएका थिए।

कमलादास्थित प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएकी उनी बझाङको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष हुन्। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी उनले २ हजार ११३ मत ल्याएकी थिइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मातादेवी बोहराले २ हजार ३ मत ल्याइन्।

२५ वर्षमै गाउँपालिका उपाध्यक्ष
२०५४ सालमा छबिसपाथीभेरा गाउँपालिकाको मण्डी जन्मिएकी रमला २५ वर्ष पूरा भइन्। सानैमा बुवा गुमाएकी उनले जसोतसो दश कक्षासम्मको शिक्षा पूरा गरिन्। आयआर्जनको माध्यम भनेको खेतिपाति बाहेक केही छैन।

सुर्माका मोहन पुजारासँग उनको प्रेम भयो। पछि १५ वर्षकै उमेरमा भागेर विवाह गरिन्। मोहन सुर्मामा रहेको सुर्मा उच्च माध्यामिक विद्यालयमा पढाउँछन्। उनका दुई छोरी र एक छोरा छन्।

तीन वर्षीय छोरालाई घरमा सासुससुराको जिम्मा लगाएर उनी काठमाडौं आएकी हुन्। उनीसँगै श्रीमान मोहन पनि आएका छन्। विद्यालयमा विदा मागेर आएको उनी बताउँछन्।

रमलाको दम्पत्ति शनिबार मात्र काठमाडौं पुगेको हो। आइतबार बिहान श्रीमानले प्रज्ञामा छोडेर सुन्धारा फर्किए। उनलाई यो कार्यक्रमको बारेमा धेरै जानकारी भने छैन। 

चिठी आयो। श्रीमानले काठमाडौं जाने भने। उनी साथमा आइन्। 

गाउँमा सबै कांग्रेस भएपछि उपाध्यक्षको टिकट
रमलालाई राजनीतिमा खास कुनै चासो थिएन। कुनै पनि संघ संगठनमा थिइनन्। तीन सन्तानका आमी उनी घरव्यवहारमा बालबच्चाको स्याहारमै सीमित थिइन्। खेतिपाती र घरको काम नै दिनचर्या बनेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, २०७४ को स्थानीय तहको निर्वाचनको उनको नाम गाउँपालिका उपाध्यक्षका लागि चर्चामा आयो। उनका श्रीमान नेपाली कांग्रेससँग आवद्ध थिए। श्रीमानको बलले उनको नाम पनि आयो। तर, त्यो बेला उनी २१ वर्ष पुग्न दुई महिना बाँकी थियो। ‘त्यो बेला उमेर नपुगेर मैले टिकट पाइनँ’, उनी भन्छिन्।

उनको परिवार र गाउँ कांग्रेसको पकड भएको क्षेत्र हो। अघिल्लो निर्वाचनमा उनकी देउरानी सुनिता पुजारा उपाध्यक्ष बनिन्। पहिलो पटक नै चर्चामा आएकी रमला २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भइन्।

उपाध्यक्ष बनेपछि छाउ बार्न छोडिन्
रमला पहिले हरेक महिना पाँच दिन छाउ (रजस्वला) बार्थिन। सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथा जरा गाडेर बसेको छ। जसको शिकार उनी पनि हुन्। छाउगोठमा बस्नुपर्ने बाध्यता भने अब हटेको छ। जब गाउँपालिकाको उपाध्यक्ष बनिन्, बाहिर बस्न छोडिन्। 

उनी भन्छिन्, ‘छाउ बार्नु हुन्न भनेर जनतालाई भन्नुपर्छ। म आफै कसरी बार्नु?’

Xtrem

Xtrem

काठमाडौं आउन श्रीमानको साथ
रमला अहिलेसम्म कतै एक्लो गएकी छैनन्। स्थानीय निर्वाचनपछि उनी पहिलो पटक काठमाडौं आएकी थिइन्। जतिबेला नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जितेका स्थानीय जनप्रतिनिधिलाई बोलाएको थियो। त्यो बेला पनि जिल्लाका अन्य जनप्रतिनिधिको साथमा श्रीमान मोहनले उनलाई काठमाडौं पठाएका थिए। अहिले आफू नै साथमा आएका छन्।

‘मलाई केही थाहा हुँदैन। सबै श्रीमानले नै हो गरिदिने’, उनी भन्छिन्। अहिले कामठाडौंमा पनि कता जाने, कसलाई भेट्न सबै व्यवस्थापन श्रीमानले नै गरिरहेको उनी बताउँछिन्।

‘काम गर्न मन छ तर थाहा छैन’
सुर्मा गाउँपालिका बझाङ्गको उत्तरी सिमानामा पर्छ। यहाँ बाटोघाटो, स्वास्थ्य, शिक्षा, बेरोजगारी र गरिबीको समस्या छ। परिवार पाल्न भारत जानुपर्ने बाध्यता छ मानिसहरुलाई। 

गाउँपालिका अध्यक्ष खडक बोहरा छन्। उनी पनि कांग्रेसबाटै निर्वाचित हुन्।  रमला अहिलेसम्म सार्वजनिक मञ्चमा कतै नबोलेको बताउँछिन्। कार्यक्रममा सहभागी हुन्छिन्, ताली बजाउँछिन्, फर्किन्छन्। 

गाउँपालिकामा हुने बैठकमा सहभागी हुन्छिन्। तर, के भइराखेको छ भन्ने केही मेसो नपाउने उनी बताउँछिन्। निर्णय सबै अध्यक्षले गर्ने गरेको उनले बताइन्।

‘जनताले भोट दिएर जिताए। त्यसैले केही काम गर्न मन छ। तर, के कसरी गर्ने थाहा छैन’, रमला भन्छिन्।

महिलाहरुका लागि काम गर्न मन छ उनलाई। बाल विवाह र छाउपडी प्रथाको अन्त्यका लागि काम गर्न मन रहेको उनी बताउँछिन्। ‘छाउपडी प्रथाका विरुद्धमा जनचेतनाको काम गर्न मन छ,’ उनले भनिन्।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
परिवारभित्रको पर्व जितिया आइतबार, असोज १८, २०८३
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने आइतबार, असोज १८, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्