• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

आमाको प्रेरणाले राजनीतिमा होमिएकी सीता जो देशकै एक्ली निर्वाचित दलित महिला सांसद बनिन्

64x64
धनु विश्वकर्मा सोमबार, मंसिर १९, २०७९  २०:०२
1140x725

काठमाडौं- देशैभरिबाट प्रत्यक्ष निर्वाचित एक्ली दलित महिला सांसद बनेकी छिन्, सीताकुमारी सुन्दास। नेकपा एमालेकी उम्मेदवार सुन्दास स्याङ्जा- १ को 'क' बाट निर्वाचित भएकी हुन्।

उनले १४ हजार ६ सय ९० मत प्राप्त गर्दा उनकी मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी अमृता थापाले १३ हजार २ सय ६६ मत ल्याइन्। सुन्दासले १ हजार ४ सय २४ मतान्तरले जित निकालेकी हुन्। उनी पाँचदलीय गठबन्धनलाई पन्छाउँदै संसद्को यात्रा तय गर्न सफल भइन्।

उनी बाहेक देशभरिबाटै प्रत्यक्ष निर्वाचन जित्ने दलित महिला छैनन्। प्रतिनिधि सभामा महिला ८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा १४ जना महिला चुनिएका छन्।

लाहुरे परिवारमा जन्मेर राजनीति
सीताकुमारी सुन्दासको जन्म २०२४ सालमा भएको हो। साविकको ठुलाडिही गाविस र हालको पुतलीबजार नगरपालिका- ७ को ठुलाडिही स्थायी घर भएकी सुन्दासको बाल्यकाल गाउँमै बित्यो। उनका बुबा गुमानसिंह सुन्दास भारतीय सेनाका जागिरे थिए। आमा चित्रकुमारी सुन्दास खेती-किसानी गर्थिन्। 

बुबा-आमा लेखपढ गर्न जान्ने भएकाले उनलाई आमाले घरमै कखरा सिकाइन्। त्यो बेलाका समाजमा छोरीलाई विद्यालय पठाउने चलन थिएन। अझ दलित समुदायका छोरीले त पढ्न पाउने अवस्थै थिएन। पढेलेखेकै परिवारमा जन्मे-हुर्केको हुनाले सुन्दासले सजिलै अध्ययन गर्न पाइन्। आफ्नो राजनीतिक र सामाजिक जीवनको प्रेरणाको स्रोत आमालाई मान्छिन् सुन्दास। हालसालै उनकी आमाको निधन भइसकेको छ।

सुन्दासले गाउँमा रहेको श्री जनता माविमा १० कक्षासम्म पढिन्। २०४५ सालमा एसएलसी दिएर थप अध्ययनको लागि स्याङ्जा झरिन्। उनले समाजशास्त्र लिएर त्रिभुवन आदर्श क्याम्पसबाट स्नातक पूरा गरिन्। स्नातकोत्तर भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पसबाट गरेकी हुन्।

सुन्दासका आमा र दाइ एमालेका संगठित सदस्य थिए। जसको प्रेरणाले उनले राजनीतिक यात्रा तय गरिन्। भूमिगतकालमा उनी प्रहरीको निसानामा थिइन्। आमाले लुकी-लुकी उनलाई विभिन्न कार्यक्रममा लिएर जान्थिन्।

२०४५ सालमा उनकी आमालाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यतिबेला प्रहरीले धडपकड पनि गरेको थियो। विस्तारै उनी समाजमा रहेका सबै प्रकारका विभेदको विरुद्धमा बोल्न थालिन्। आमाले विद्रोहमा साथ दिइन्। त्यसबाट उनलाई थप प्रेरणा मिल्यो।

Ncell 2
Ncell 2
nimb
nimb

देशमा बहुदलका नारा घन्किन थालेका थिए। त्यतिबेला सुन्दास राजनीतिक रुपमा सचेत भसकेकी थिइन्। उनी पनि देशमा प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलनमा होमिइन्।

विद्यार्थी राजनीति
जीवनको अधिकांश समय पार्टीमै व्यतित गरेकी सुन्दासले राजनीतिक यात्रा २०३८/०३९ सालतिर सात कक्षामा पढ्दादेखि नै तत्कालीन मालेबाट सुरु गरेकी हुन्। विद्यार्थी समयमा अनेरास्ववियुको (एकताको पाँचौ) मा सम्पर्क प्रारम्भिक इलाका सदस्यको भूमिकामा काम गरिन्। त्यसपछि उनले अखिल महिला संघको रहेर काम गरिन्। 

समाजमा तीन प्रकारका विभेद भोगिन् उनले। वर्गका आधारमा, जातका आधारमा र लिङ्गका आधारमा। जातीय छुवाछुतले समाज आक्रान्त थियो। जातीय छुवाछुत र वर्गीय विभेद कसरी अन्त्य होला भन्ने प्रश्नले उनको मनमा जरा गाडेको थियो।

जातकै कारण उनले अपमान भोगिन्। उनको घर गैरदलितको नजिक थियो। विद्यार्थी जीवनमा सबै समुदायका व्यक्तिहरु उनका साथी थिए। तर कहिल्यै साथीको घरमा जान पाइनन्। गए पनि बाहिरै खानुपर्थ्यो। खाएको भाँडा अलग्गै धोएर राख्नुपर्थ्यो। दलित महिला भएकै कारण अपमानजनक शब्द प्रयोग हुन्थ्यो। यी र यस्तै अपमानको अन्त्य गर्न हतियारका रुपमा राजनीतिबाट विद्रोह गर्न तयार भइन् सुन्दास। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘उसो त आज पनि जातीय छुवाछुत उस्तै छ’, उनले भनिन्। उनको पालामा छोरी र छोराबीच निकै विभेद थियो। छोरीलाई मेलापात पठाइन्थ्यो भने छोरालाई विद्यालय। त्यही विभेद चिर्न राजनीति रोजेको उनी बताउँछिन्। हाल नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी उनी स्याङ्जा जिल्ला ईन्चार्ज समेत हुन्। त्यस्तै गण्डकी प्रदेशको सचिवको भूमिकामा पनि छिन्। 

जिल्ला समन्वय प्रमुख हुँदै प्रदेश सांसदसम्म
नेपालको प्रजातान्त्रिक तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा उनको भूमिका अग्रस्थानमा छ। विद्यार्थी राजनीतिबाट उदाएकी उनी राजनीतिक आन्दोलनसँगै समाजमा पछाडि पर्दै आएको दलित समुदायको हकहितमा लड्दैँ आएकी छन्। उनले जिल्ला शान्ति समितिको प्रमुख जस्तो जिम्मेवारी सम्हालिसकेकी छिन्।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सुन्दासले स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख बनेर काम गरिन्। उनी जिल्ला समन्वय समिति महासंघको केन्द्रीय अध्यक्षको भूमिकामा पनि रहिन्। त्यसैले प्रदेश सभाका लागि उनको दावी थियो। उनलाई समानुपातिकभन्दा पनि प्रत्यक्ष निर्वाचन लडेर अनुमोदित हुन मन थियो। जसको परिणाम स्वरुप उनी अनुमोदित पनि भइन्। 

पार्टीको जिल्ला कमिटीबाट सीतालाई उम्मेदवारी किन? भन्ने प्रश्न आएन। तल्लो तहबाट बाएको प्रस्ताव सजिलै पार्टीले स्वीकारेको थियो। राजनीतिमा महिला त्यसमाथि दलितले जित्दैन भन्ने बुझाइ थियो। उनी भन्छिन्, 'दलितले जित्दैन भन्ने भाष्य चिरियो। मलाई कसैले प्रश्न उठाएनन्।’ राजनीतिक अनुभव र त्यागका कारण आफूलाई जनताले विश्वास गरेको उनले बताइन्।

उनको निर्वाचन क्षेत्रमा २९ वडा पर्छन्। निर्वाचन जितिसकेपछि अब विकास निर्माणका अधूरा काम पूरा गर्नु आफ्नो प्राथिमकतामा पर्ने सुन्दासले बताएकी छन्। संविधानले दलितको हक-अधिकाकर सुनिश्चित गर्ने बताएको छ। यसका लागि आवश्यक ऐन-कानुन संघले बनाउँछ। केही प्रदेशले पनि केही बनाउने भएकोले त्यसमा जोड दिने उनको भनाइ छ।

दलितका लागि उच्च शिक्षासम्म नि:शुल्क भनिएको छ। जसका लागि आवश्यक शिक्षा ऐन बनेको छैन। छुवाछुत अन्त्य भने पनि कार्यान्वयन नभएकोले त्यसका लागि पहल गर्ने उनले बताइन्। देशभरिका सुकुम्बासी र भूमिहीन जनताको पक्षमा निरन्तर आवाज उठाइरहने सुन्दासको अठोट छ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्