• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिमा ‘परिवारवाद’: श्रीमान्–श्रीमतीदेखि ससुरा–बुहारी सांसद! 

64x64
धनु विश्वकर्मा बुधबार, मंसिर १४, २०७९  ०६:२०
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमध्ये बुधबार बिहानसम्म १६१ वटाको अन्तिम नतिजा प्राप्त भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। 

सुनसरी क्षेत्र नम्बर ४ मा मतगणनाका क्रममा विवाद भएपछि नतिजा आउन केही ढिलाइ भएको छ। यस्तै, स्याङ्जा क्षेत्र नम्बर २ मा मतदान हुँदा नै ‘बुथ कब्जा’ भएको भन्दै नेकपा एमालेले मतगणना गर्न दिएको छैन। दोलखा र बाजुरामा पनि मतगणना सुरु हुन सकेको छैन। 

१६१ क्षेत्रको मतपरिणाम आइसक्दा प्रतिनिधि सभामा केही यस्ता अनुहार देखिने भएका छन् जो एकै परिवारका सदस्य हुन्। कहिँ श्रीमान्–श्रीमती नै प्रत्यक्ष निर्वाचित भएका छन् भने बुहारी–ससुरा पनि संसदमा पुगेका छन्।  

श्रीमान्–श्रीमती नै प्रत्यक्ष निर्वाचित सांसद
नेकपा एमालेका रघुवीर महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। यस्तै, एमालेकै जुली महतो धनुषा ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन्। रघुवीर र जुली श्रीमान्–श्रीमती हुन्। 

४६ वर्षीया जुली नेकपा एमालेको पोलिटब्यूरो सदस्य हुन्। विद्यार्थी संगठनको सदस्य भएर राजनीतिमा होमिएकी उनी यसअघि २०६४ र २०७४ मा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। २०७० सालको संविधान सभा निर्वाचनमा भने उनी धनुषा ३ बाट पराजित भएकी थिइन्। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा २०७७ सालमा उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पनि भएकी थिइन्।

६१ वर्षीय रघुवीर नेकपा एमालेका सचिव हुन्। २०२८ मा विद्यार्थी संगठनबाटै राजनीतिमा सक्रिय भएका महासेठ २०३३ देखि नेकपा मालेको सदस्य भइ पार्टी राजनीतिमा होमिएका थिए। २०६५ मा सम्पन्न संविधान सभा उपनिर्वाचनमा उनी धनुषा– ५ बाट निर्वाचित भएका थिए। २०७० को निर्वाचनमा भने धनुषा– ५ बाटै पराजित भए। २०७४ को निर्वाचनमा धनुषा– ४ बाट निर्वाचित भए। उनी जलस्रोत तथा सिँचाइमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र उपप्रधान तथा परराष्ट्रमन्त्री बनिसकेका छन्।

पहिलो प्रतिस्पर्धाबाटै सांसद बनेका ससुरा–बुहारी  
नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य चुनिएकी छन्। नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेर जित हासिल गरेकी रञ्जिता यो चुनावमा सुदूरपश्चिम प्रदेश भरीमै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य निर्वाचित हुने एक्लो महिला हुन्। 

टीकापुर हत्याकाण्डको मुद्दामा जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीकी पत्नी रञ्जिता आफ्नो नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेर पहिलो चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन्। पहिलो प्रतिस्पर्धाबाटै संघीय सांसद बनेकी उनको परिवारका अरु सदस्य पनि संघीय संसद्का सदस्य निर्वाचित भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

रञ्जिताका ससुरा (रेशम)का बुवा लालविर चौधरी बर्दिया २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। नागरिक उन्मुक्ति पार्टीले रेशमलाई नै बर्दिया २ बाट प्रतिनिधि सभा उम्मेदवार बनाएको थियो। तर फौजदारी अभियोगमा जेल सजाय पाएका व्यक्ति भएकाले रेशमको उम्मेदवारी खारेज हुनसक्ने आशंकाका बीच बाबु लालविरले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

पूर्वआकलनअनुसार नै निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गरिदियो। त्यसपछि नागरिक उन्मुक्ति पार्टीले लालविरलाई समर्थन गर्‍यो। लालविर सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

प्रधानमन्त्री देउवाको पनि दम्पति नै सांसद बन्ने लाइनमा 
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्। उनकी पत्नी आरजु राणा देउवा पनि सांसद बन्ने लाइनमा छिन्। 

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा आरजुको नाम ३ नम्बरमा छ। नेपाली कांग्रेसले समानुपातिकतर्फ हालसम्म प्राप्त गरेको मतलाई मात्रै आधार मान्दा पनि आरजु संघीय सांसद बन्ने पक्का जस्तै छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आरजु यसअघि २०७४ सालको निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाटै सांसद बन्ने भनेर प्रतिस्पर्धामा उत्रिएकी थिइन्। तर, कैलाली क्षेत्र नम्बर ५ का मतदाताले उनलाई सांसदका रुपमा पत्याएनन्। २०७४ सालको निर्वाचनमा पराजय भोगेकी आरजुले यसपटक ‘जोखिम’ मोल्न चाहिनन्। पती देउवा पार्टी सभापति र प्रधानमन्त्री भएको ‘अवसर’मा आरजुले सामानुपातिकमार्फत् संघीय संसद्‌को सिट सुरक्षित गरिन्। 

श्रीमान् प्रत्यक्ष, श्रीमती समानुपातिक!
कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा दम्पति मात्रै होइन्, श्रीमान् प्रत्यक्षमा र श्रीमती समानुपातिकमा रहने ‘परम्परा’ अरु पार्टीमा पनि छ। 

जनता समाजवादी पार्टीका नेता अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्। नेकपा एमाले समेतको समर्थनमा उम्मेदवार बनेर जित हासिल गरेका राईले आफ्नी श्रीमती सुशीला श्रेष्ठको नाम भने समानुपातिकमा पनि राखेका छन्।   

नेकपा माओवादी केन्द्रका नेता तथा वर्तमान सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्। सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पौडेल एमालेको मञ्जु शर्मालाई पराजित गर्दै संघीय सांसद निर्वाचित भए। 

पौडेल प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने उनकी श्रीमती बलावति शर्मा पनि समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छिन्। माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेकी बलावतिको नाम पार्टीले खस–आर्य महिलाको सूचीमा ८ नम्बरमा राखेको छ। 

दाजु–बहिनी र बाबु–छोरी पनि सँगै सांसद बन्ने लाइनमा
माओवादी नेता एवम् वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै शर्मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। 

शर्माकी बहिनी नारायणी शर्मा प्रतिनिधि सभाकै समानुपातिक उम्मेदवार छिन्। उनी समानुपातिक सांसद बन्ने सम्भावना छ। त्यसो भयो भने दाजुबहिनी नै सांसद बन्नेछन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदीको नाम प्रतिनिधि सभाको समानुपातिक बन्दसुचीमा छ।  ज्ञानुको नाम चितवनबाट खस आर्य महिलाको १ नम्वरमा छ। उनी सांसद बनिन् भने दाजु बहिनी नै सांसद हुनेछन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुर महोत्तरी ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। जसपाका हरिनारायाण यादवलाई पराजित गर्दै ठाकुर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। 

उनकी छोरी मिनाक्षी ठाकुरको नाम समानुपातिक तर्फ छ। मिनाक्षीको नाम मधेसी महिला तर्फबाट समानुपातिकमा १ नम्बरमा छ। लोसपाले थ्रेसहोल्ड कटाएमा उनी सांसद बन्न सक्ने सम्भावना छ। त्यसो भयो भने बाबुछोरी नै सांसद हुनेछन्।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु उनका अनुसार, उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्