• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सम्भावित परिणाम: पुराना दललाई सुध्रिन वा सकिन ‘जनाउ घण्टी’!

64x64
नेपाल लाइभ आइतबार, मंसिर ४, २०७९  १८:१७
1140x725

काठमाडौं- राजनीतिक स्थिरता आमजनको अपेक्षा हो। २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतासहित गठबन्धन गर्दा त्यही ‘स्पिरिट’मा मतदान भएको थियो। यसैको परिणाम झण्डै दुई तिहाइ बहुमत वाम गठबन्धनले ल्याएको थियो।

जनताले ‘स्थिरता’का पक्षमा दिएको मत नेताहरुका निहित स्वार्थकै कारण खण्डित गर्ने काम भयो र बितेको पाँच वर्ष राजनीतिक अस्थिरताको अध्यायकै एउटा निरन्तरता बन्न पुग्यो।

संविधान जोगाउने अजेण्डासहित यसपल्ट कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रसहितका पाँच दलको वाम-लोकतान्त्रिक गठबन्धनले संयुक्तरुपमा चुनाव लडेको छ। त्यसलाई चुनौती दिन एमालेको नेतृत्वमा केही दलहरुको तालमेल छ।

मतदान सकिँदैगर्दाको रुझान केलाउने हो भने जनस्तरबाट गठबन्धन र तालमेल दुवै अस्वीकृत भएका छन्। उनीहरुका मजबुत संगठन, कार्यकर्ताको सञ्जाल र स्वार्थ जोडिएका विषयले हेर्दा ‘ठूला दल’ यसपल्ट पनि उनीहरु नै बन्न सक्छन्। तर, अपनत्व र भरोसा गुमाउँदै गएको महसुस उनीहरु आफैंलाई पनि हुनेछ।

इतिहास भएका यी दलका नेताहरुका स्वार्थकेन्द्रित गतिविधिबाट आजित जनताले सुध्रिन वा सकिन तयार रहनुपर्ने ‘जनाउ घण्टी’ बजाएका छन्। यो निर्वाचनबाट केही दल जबर्जस्त रुपमा राष्ट्रिय राजनीतिमा उदाउँदैछन्।

काठमाडौंको क्षेत्र नं २ बाट मतदान गरेका दिलिपमणि भट्टराई २०४८ सालदेखि मतदान गर्दै आएका छन्। विगतमा लोकतन्त्रका लागि लड्ने दललाई मत दिएको बताउने उनले यसपल्ट उनीहरुलाई सुध्रिनका लागि दबाब दिन मतदान गरेका छन्। उनले भने, ‘मैले  डेमोक्रेसीका लागि योगदान दिनेलाई मतदान गरेको हो। यिनीहरुलाई नै साथ दिएको हो। तर,  बितेका २०-३० वर्षदेखि कुनै परिवर्तन भएन। पार्टीभित्र लोकतन्त्र पनि कम देखियो। सुध्रिन दबाब सिर्जना गर्दै मतदान गरेका छौं।’

देशका केही महत्त्वपूर्ण निर्वाचन क्षेत्र (खासगरी सहर) मा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो चुनौती दिनेछ। ११० जना निर्वाचित हुने समानुपातिक प्रणालीमा यो पार्टीले महत्वपूर्ण हिस्सा ओगट्ने देखिएको छ। यसैगरी पूर्वी तराईमा सीके राउत नेतृत्व जनमत पार्टी र पश्चिम तराई रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी उदाउन सक्ने संकेत देखिएका छन्।

उनीहरुको उदय तिनीहरुले निर्वाचनअघि सार्वजनिक गरेका घोषणा पत्र वा देखाएका सपनाका कारण हुँदै छैन। पुराना दलहरुको सानदार असफलतालाई दर्शाउन खोजिएको विकल्प हो। केही आकर्षण, केही आक्रोश र केही चुनौतीका मतले खतराको ‘घण्टी’  बजाएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौंको वडा नम्बर ३२ बाट मतदान गरेका १८ वर्षीय साइन्द आचार्यले नयाँको ‘डकुमेन्ट’ अध्ययन नगरे पनि पुराना दल र नेताले बनाएको देशको अवस्था हेरेर मतदान गरेको बताए। उनले भने,  ‘मैले कसैको पोलिसी स्टडी गरेको छैन। राजनीतिमा मलाई जिरो इन्फरमेसन (शून्य जानकारी) छ। तर देशको अवस्थाबाटै देखिन्छ। पुरानालाई मत दिनु भनेको फेल भइरहेकोलाई फेरि  ‘पढाऊ’ भनेजस्तै हो।’

विशेषगरी सहरी क्षेत्रका मतदान केन्द्रमा मतदाताको उत्साहमा कमी देखिएको  छ। मतदानलाई उत्सवका रुपमा लिने मतदाताहरुमा कतिले यसलाई कर्तव्यका रुपमा प्रयोग गरेका छन्। तर, आफ्नो मतको सदुपयोग हुनेमा संशय व्यक्त गरिरहेका थिए। काठमाडौंको रत्नराज्य मतदान केन्द्रमा भेटिएकी शर्मिला न्यौपाने मतदान गर्नुपर्ने कर्तव्य सम्झेर त्यहाँ पुगेको बताउँदै थिइन्। उनले भनिन्, ‘यो निर्वाचनपछि केही राम्रो भइहाल्ने आशा छैन। पाएको अधिकार प्रयोग गरौं भनेर आएकी हुँ।’

यसैगरी कोटेश्वर क्षेत्रमा भेटिएका रामनाथ आचार्य यसपल्ट भोट हाल्न गाउँ (कास्की) गएनन्। दलहरुमा मेलमिलाप नदेखिएकाले मान्छेहरु विरक्तिएको उनले बताए। ‘नेताहरुप्रति पनि आशा रहेन। उत्साह कम भयो। देशको हाल यही हो। मनमा उत्साह कसरी होस् त। केका लागि जानु र कसलाई  भनेर जानु?’, उनले भने।

यसपल्ट मतदानमा सहभागिता कमजोर हुने संकेत मतदाताले निर्वाचनपूर्व नै गरिसकेका थिए। निर्वाचनअघि स्थलगत रिपोर्टिङ क्रममा रुपेन्देहीको बुटवल बजारमा भेटिएका अर्घाखाँचीका नवराज पाण्डेले आफू, आफ्नो परिवार र आफन्तहरुले मतदान नै नगर्ने निर्णय गरेको बताएका थिए, ‘यसपल्ट भोट हाल्न मन लागेको छैन। जसलाई भोट दिए पनि पनि केही गर्ने होइनन्।’ बुटवलका विभिन्न स्थानमा छरिएको उनका परिवार (दाजुभाइ) गरी ३१ जना मतदाता छन्। यसपल्ट कोही पनि नजाने उनको भनाइ थियो।

यसपल्ट मतदानमा उत्साह नदेखिएको राजनीतिक विश्लेषकदेखि विभिन्न दलका नेता-कार्यकर्तालेसमेत उल्लेख गरेका छन्। विश्लेषक पुरञ्जन आचार्य मोरङ- २ दोहमाना हटिया स्कुलमा रहेको मतदानस्थलका मतदाता हुन्। मतदान केन्द्रमा पुगेपछि उनले फेसबुकमा लेखे, ‘भोट झरेन। ठ्याम्मै। अझै समय छ।’

नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना आफूले मतदान गरेको केन्द्रमा पनि मतदातामा उत्साह नदेखिएको उल्लेख गर्छिन्। उनले ट्विटरमा लेखेकी छिन्, ‘मैले मतदान गर्ने केन्द्रमा एकदम उत्साह कम देखियो।’

२०६४ पछि राष्ट्रिय राजनीतिमा मधेस प्रदेश छुट्टै पहिचानसहित उपलब्ध छ। मधेसका आवाज बोक्ने वाचासहित केही दलले त्यहीँका मतका आधारमा राष्ट्रिय पार्टी बन्दै आइरहेका छन्। संघीय सरकारमा समेत सहभागी भइरहेका छन्। तर, उनीहरु पनि राष्ट्रिय राजनीतिका विकृतिबाट भने अलग हुन सकेका छैनन्। यसपल्ट ब्यालेटबक्समा त्यसको परिणाम पनि देखिनेछ। क्षेत्रीय अजेण्डाबाट राष्ट्रय दल बनिरहेका उनीहरुप्रतिको असन्तुष्टिले केही मतदाता पुराना दलतिरै फर्किएको देखिनेछ। केही मतदाता भने त्यहीँ पनि विकल्प खोज्ने चुनावको रुझानले देखाएको छ। 

मतदान हुनुअघि नेपाललाइभले देशका विभिन्न भागमा पुगेर स्थलगत रिपोर्टिङ गरेको थियो। त्यही बेला मतदाताले यसपल्ट केही ‘सरप्राइज’ दिने संकेतसहित समाचार प्रकाशन गरिएका छन्। 

स्थलगत रिपोर्टिङका क्रममा भेटिएका धेरै मतदाताले गिजोलिँदै गएको राजनीतिक अवस्थाप्रति आक्रोश प्रकट गरेका थिए र दोहोरिरहेका पुराना दलका पाका नेताप्रति अरुचि प्रकट गरेका थिए। गठबन्धन, गठजोड, तालमेल र चलाखीका कारण पुराना ठूला दलका केही नेता यसपल्ट आउने भेलबाढीमा जोगिने त देखिन्छ। तर उनीहरुको अवस्था घरमा क्षति पुगेपछिको घरमूलीको अवस्था जस्तै हुनेछ। 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:१७
  • #चुनाव_२०७९
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी
विपक्षीको वेल घेराउपछि २५ गतेसम्मका लागि संसद स्थगन
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई मंगलबार, जेठ १९, २०८३
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण मंगलबार, जेठ १९, २०८३
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल मंगलबार, जेठ १९, २०८३
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्