• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

‘राजनीतिक रूपान्तरण र निष्पक्ष संसदीय अभ्यासका लागि मेरो उम्मेदवारी’

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  १७:३४
1140x725

काठमाडौं- देश प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्मुखमा छ।

आगामी मङ्सिर ४ गते हुँदै गरेको निर्वाचनमा प्रतिनिधि सभामा सदस्य बन्न स्वतन्त्र उम्मेदवारी दिने लहर नै चलेको छ। प्रतिनिधि सभाका निर्वाचनको कारण प्रदेश सभा छायामा परेको अवस्थामा काठमाडौं ६ (ख) मा भने प्रमेश श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन्। २८ वर्षीय श्रेष्ठ आफ्नो चुनाव चिह्न ‘लालटिन’ लिएर मतदातामाझ पुगिरहेका छन्।

उनी आफ्नो उम्मेदवारी पुस्तान्तरण, राजनीतिक रूपान्तरण र निष्पक्ष संसदीय अभ्यासको उदाहरणको लागि भएको बताउँछन्। भन्छन्, ‘लोकतन्त्रलाई कमजोर बनाउँदै दलतन्त्र र लुटतन्त्र हाबी भएको अवस्थालाई चिर्न यसपालि स्वतन्त्र उम्मेदवारी दिएँ।’

श्रेष्ठ आफू प्रदेश सभा संसद्को लागि सक्षम भएकाले नै उम्मेदवारी दिएको बताउँछन्। उनी धेरै भन्दा धेरै मतदातालाई आफ्नो परिचय, अनुभव र एजेन्डाहरू बुझाउन मानिसहरूको घरघरमा पुगेको बताउँछन्। 

‘मलाई पूर्ण विश्वास छ, अब मतदाताहरू ब्यूँझी सके। सबै उम्मेदवारहरूको तुलनात्मक अध्ययन गर्ने छन् र सक्षमलाई भोट हाल्ने छन्,’ उनी भन्छन्, ‘म आफूनै एउटा नमुना सांसद बन्न सक्ने क्षमता चुनाव जित्ने आधार हो।’ 

हुन त उनले प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी ७ वर्षदेखि विभिन्न सामाजिक अभियानको नेतृत्वदायी भूमिकामा पनि थिए। पछि विवेकशील नेपाली दलमा रहेर पनि ७ वर्ष विभिन्न अभियानमा जोडिए। तर उक्त पार्टी विभिन्न टुटफुटको  शृङ्खला भोगेपछि भने स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

यस्ता छन् एजेन्डा
उनी घरदैलो जाँदा मुख्य गरी ५ वटा एजेडा लिएर मतदातामाझ जाने गरेको बताउँछन्। ‘म घरदैलोमा जाँदा ५ वटा मुख्य एजेन्डा लिएर गएको छु। पहिलो, बाग्मती प्रदेशभित्र विद्यमान सर्वव्यापी चरम दलीय सिन्डिकेट र लुटतन्त्र तोड्न आवाज उठाउनेछु र हरेक कदम त्यसैतर्फ चाल्नेछु। दलको सांसद होइन जनताको सांसद बनेर काम गर्ने छु,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनको दोस्रो एजेन्डामा ५ वर्षभित्र शिक्षा, स्वास्थ्य, रोजगार, दिगो विकास, वातावरण, प्रविधि, सामाजिक न्याय जस्ता विषयहरूमा कम्तीमा १५ विधेयकहरूमा उल्लेखनीय योगदान गर्ने उल्लेख छ।

यस्तै नागरिकको सहजताको लागि बाग्मती प्रदेशभरि पेपरलेस गभरनेन्सको अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्न अधिकांश सरकारी काम कारबाही अनलाइन प्रविधिबाटै गर्न मिल्ने बनाउन आवश्यक विधेयक पेस गर्ने उनको एजेन्डा छ।

प्रादेशिक तहमा वैदेशिक रोजगारीमा जाँदा अन्यायमा परेका नागरिकहरूलाई न्यायोचित निर्णय गर्न सक्ने र गैर कानुनी रूपमा वैदेशिक रोजगारी सम्बन्धी काम गर्नेलाई आवश्यक कारबाही गर्न सक्ने एउटा सशक्त संयन्त्र बनाउन पहल गर्ने र आवश्यक विधेयक पेस गर्ने उनको एजेन्डा छ।

यस्तै स्वदेशमै रोजगारीको अवस्था सृजना गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न बाग्मती प्रदेश अन्तर्गत शैक्षिक संस्थाहरू द्वारा ‘उद्यमशीलतामा आधारित शिक्षा’ निःशुल्क प्रधान गराउन पहल गर्ने र आवश्यक विधेयक पेस गर्ने उनको एजेन्डा छ।

के छन् प्रतिबद्धता?
श्रेष्ठ युवा उमेर देखि नै सामाजिक अभियानका साथसाथै वैकल्पिक राजनीतिमा सहभागी भए। तत्कालीन विवेकशील नेपाली दलमा राजनीति गर्दै गर्दा सुसंस्कृत राजनीतिको अभ्यास गरेका प्रदेश सभामा पनि सुसंस्कृत तरिकाले पेस हुने उनी आम मतदाताहरूलाई बुझाउँदै आएका छन्। यसका साथै उनी विषय विज्ञसँग छलफल र सुझाव लिएर काम गर्ने श्रेष्ठ बताउँछन्। 

‘म विषय विज्ञहरूको सल्लाह–सुझाव बमोजिम संसदीय अभ्यास पूर्ण तयारीका साथ पूरा गर्ने, काठमाडौ क्षेत्र ६ (२) ले मात्र होइन सम्पूर्ण बाग्मती प्रदेशले गर्व गर्न लायक नमुना सांसदको भूमिका खेल्नको लागि उम्मेदवारी दिएको हो,’ उनी भन्छन्, ‘संसदीय विकृति अन्तको लागि लोकतान्त्रिक पद्धति र संसद्को गरिमा अनुसारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता लिएको छु। निजी स्वार्थको लागि विभिन्न किसिमका प्रलोभन तथा पदीय मर्यादा विपरीत भइरहेको संसदीय फोहोरी खेलमा कहिल्यै पनि समावेश हुने छैन,’ उनी भन्छन्।

आफ्नो निर्वाचन क्षेत्रभित्र भएको बजार, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रलाई व्यवस्थित, आयमूलक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन भूमिका नेतृत्व गर्न तयार भएको आम मतदातालाई बुझाएको उनी बताउँछन्।

नयाँ टेस्टको खोजीमा मतदाता
आम जनता अहिले पनि गाँस, वास, कपासका साथै गुणस्तरीय शिक्षा र स्वास्थ्य नै भएको श्रेष्ठको बुझाइ छ। उनी युवाहरू स्वदेशमा नै केही गर्न खोजिरहेको बताउँछन्। 

‘यदि राजनीति ठिकठाक चल्थ्यो भने त म जत्तिको युवा देशमा नै आइटी उद्यम गरेर बसेको हुन्थे। वा युवाहरुलाई आइटी सम्बन्धी ट्रेनिङ दिइरहेको हुन्थे। तर पहिले राजनीति सफा नभई अन्य काम गर्न नसकिने रहेछ। युवाहरूलाई विदेश पलायनमा रोक्न नसकिने रहेछ,’ उनी भन्छन्।

यही कारण पनि उनी युवाहरूलाई नेपालमा नै बसेर आफ्नो उद्यम सञ्चालनको लागि सहजीकरण होस भन्ने बताउँछन्।

विपक्षीप्रति  मूल्याङ्कन 
उनी सबै उम्मेदवारहरूलाई सम्मान गर्ने बताउँछन्। तर पनि उनीहरूले आम मानिसको चासो र अपेक्षा अनुसारको एजेन्डा लिएर जनता माझ नआएका श्रेष्ठ बताउँछन्।

‘नेतृत्वले जनताको आवश्यकताका साथै आगामी भविष्यमा के गर्न सकिन्छ भन्ने सोचेर निर्णय गर्ने हो। तर उनीहरूमा जनताको लागि काम गर्ने भन्दा पनि पार्टीको ह्विप मान्ने र अर्को चुनावको लागि कसरी उम्मेदवार बन्ने भन्ने ध्याउन्नमा नै उनीहरूको ५ वर्ष खेर जाने देखेको छु’ उनी थप्छन्, ‘त्यसैले आम मतदाताहरूले यस पटक आफ्नो विवेक प्रयोग गरेर आफ्नो अमूल्य मतदान गर्छन् भन्ने मलाई लागेको छ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्