• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

उम्मेदवारका चुनावी चटक : लम्पसार पर्ने, धान झार्ने, जुत्तै नखोली भान्सामा पस्नेदेखि गोरु जोत्नेसम्म

64x64
धनु विश्वकर्मा बिहीबार, कात्तिक २४, २०७९  ०६:५५
1140x725

काठमाडौं– किसानको साइनो माटोसँग हुन्छ। कात्तिक महिना त किसानका लागि उत्सव नै हो। किनकि, असारमा ‘मानो रोपेर’ यो महिना ‘मुरी भित्र्याउने’ चटारो हुन्छ। 

किसानले अन्नबाली भित्र्याउने समयमा आम चुनाव हुँदैछ। गाउँ-गाउँमा चुनावी सरगर्मी बढेको छ। बाह्रै महिना काठमाडौं बस्ने नेताहरु अहिले गाउँ पसेका छन्। मंसिर ४ मा हुने निर्वाचनका लागि भोट माग्न उम्मेदवारहरु किसानका घरदैलोमा पुगेका छन्।

गाउँघरका मतदातालाई आफूतिर तान्न १ महिनादेखि उम्मेदवारले निकै मिहिनेत गरिरहेका छन्। कुनै पनि तालिम, गोष्ठी, सेमिनार नछुटाउने नेताहरु अहिले खेतका आली, खला-खलिहानमा भेटिन्छन्।

कतिपय उम्मेदवार त मतका खातिर आफैं किसानका खेतमा पुगेर धान काट्ने, झार्ने समेत गरिरहेका छन्। अरु बेला जनताको फोन समेत नउठाउनेहरु यो बेला पिँढीमा बसेर जनतासँगै खाना खाइरहेको फोटो सामाजिक सञ्जालमा राख्दै फरक हुने प्रयास गरिराखेका छन्। 

काभ्रेपलाञ्चोक- २ बाट प्रतिनिधि सभामा टिकट पाएका नेपाली कांग्रेसका नेता शिव हुमागाईंले उम्मेदवारी दर्ताकै दिन जनताको अगाडि लम्पसार पसेर जमिन ढोगे। उनले जनतालाई आकर्षित गर्न यस्तो अस्त्र प्रयोग गरेका थिए। उनी एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटासँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन्। 

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम- १ का उम्मेदवार विनोद चौधरीले चुनावी प्रचारका क्रममा मोटरसाइकलको पछाडि बसेको फोटो सामाजिक सञ्जालमा हाले। त्यसको धेरैतिर आलोचना समेत भयो। चौधरी ग्रुपका मालिक समेत रहेका चौधरी एमालेको समर्थन रहेका राप्रपाका भोजराज ढकालसँग चुनावी मैदानमा छन्। 

चौधरी जनताका घर-घर जाने। काम गरेको ठाउँमा गएर भोटको लागि अपिल गर्ने। जनताको घरमा गएर टपरीमा भात खाने गरिरहेका छन्। उनले टयाक्टर चलाएको फोटो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। 

अरबपति चौधरीलाई अघि-पछि भेट्नकै लागि घण्टौँ कुर्नुपर्छ। उनीसँग प्रत्यक्ष कुराकानी पनि हुँदैन। केही काम पर्दा सल्लाहकारसँग भेटेर फर्किनुपर्ने अवस्था हुन्छ। तर तिनै व्यक्ति मत तान्नका लागि भने अनेक फण्डा गर्दै आएका छन्। २०६४ र २०७४ मा समानुपातिक सांसद बनेका चौधरी अहिले पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

चौधरी जस्तै नेकपा एमालेका सचिव योगेश भट्टराई पनि मत तान्न अनेक उपाय अपनाउँदैछन्। खाना पकाइरहेकी एक वृद्धाको भान्सामा जुत्ता नफुकाली गएर भोट मागेको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भयो।

उनले मत तान्न केटाकेटीसँग क्यारेम बोर्ड खेलिरहेको समेत देखिएको थियो। उनी मत माग्दै किसानका खेतबारीमा समेत पुगिरहेका छन्।

बाजुराबाट प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा चुनावी प्रचारका क्रममा कहिले धान काट्ने, कहिले ओखलमा धान कुट्ने त कहिले गोरु जोतिरहेका भेटिन्छन्। उनले जनताका कामसँग जोडिएर मत तान्न अनेक अस्त्र प्रयोग गरिरहेका छन्। 

थापा २०७० को प्रत्यक्ष निर्वाचित सांसद हुन्। दोस्रो पटक प्रतिनिधि सभामा उम्मेदवार बनेका थापा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेका अर्का नेता नवराज सिलवाल पनि चुनावमा जनतालाई प्रभावमा पार्न अनेक चटक गर्दै आएका छन्। ललितपुर- १ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सिलवाल मत तान्न घरमा रङ लगाइदिनेदेखि किसानका खेतमा गएर धान काट्ने र धान खेतमा बसेर खिचाउने गरिरहेका छन्। 

सिलवाल २०७४ मा यही क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनी पहिला पनि यसरी मतदाताका खेतबारीमा गएर नै धान काटेको तस्बिर सार्वजनिक भएपछि विवादित भएका थिए।

एमालेका सचिव तथा रुपन्देही- १ का उम्मेदवार छविलाल विश्वकर्मा पनि मतदातालाई प्रभाव पार्न धान काट्दै भोट मागिराखेका छन्। विश्वकर्मा एमालेका पूर्वनेता घनश्याम भुषालसँग प्रतिस्पर्धा गर्दैछन्। 

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगनाथ खतिवडा किसानका धान झार्दै भोट मागिराखेका छन्। उदयपुर- २ बाट उम्मेदवार बनेका खतिवडा किसानका खेतबारीमा गएर मतदातालाई प्रभाव पार्ने कोसिस गरिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०६:५५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्