• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सर्वोच्चको नजिर पेश गर्दै सन्दीपका वकिलले भनेः अभियोग खारेज हुनुपर्छ

शुक्रबार जवाफी बहस, आदेश आउन सक्ने
64x64
नारायण अधिकारी बिहीबार, कात्तिक १७, २०७९  १८:३२
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा थुनछेक चलिरहेको छ। बुधबारबाट सुरु भएको थुनछेक बहस बिहीबार पनि चल्यो। 

बिहीबारसमेत बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरे।

सबैजसो अधिवक्ताहरूले सन्दीप निर्दोष रहेको, बलात्कार भएको पुष्टि गर्ने कुनै प्रमाण नभएको जिकिर गर्दै तत्काल रिहा हुनुपर्ने माग राखे। उनीहरूले बलात्कार गरेको कुनै ठोस प्रमाण अभियोजनमा नभएको दाबी गर्दै आफ्नो पक्ष निर्दोष रहेको जिकिर गरे।  बलात्कार भन्दै दाबी गरिएपनि घटनास्थल मुचुल्कामा केही छैन, डाक्टरको रिपोर्टले समेत बलात्कार पुष्टि गर्ने कुनै आधार नदिएको सन्दीपका वकिलको तर्क छ। 

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले आफ्नो पक्ष निर्दोष रहेको दाबी गर्दै कुनै प्रमाणविना मिथ्या आरोप लगाउन नहुने तर्क राखे। अझ उनले अभियोजनमा नाबालिग भन्दै मुद्दा लगाइएका उक्त मुद्दा नै खारेज हुनुपर्ने जिकिर राखे।

‘उहाँहरूले नाबालिग भन्दै अभियोजन गर्नुभएको छ। हामीले बालिग रहेको प्रमाण पेश गरेका छौं। जसकारण नाबालिग भन्दै पेश गरिएको अभियोजन नै खारेज हुनुपर्छ,’ वरिष्ठ अधिवक्ता श्रेष्ठले भने।  

अभियोगमा बलात्कार भएको भनिएको समय गत भदौ ५ गते पीडित भनिएकी किशोरी १७ वर्ष २ महिना १८ दिन भएको भन्दै उल्लेख गरिएको छ। उक्त उमेर नागरिकता अनुसार भएको तर नागरिकता भन्दा अघि जारी भएको जन्मदर्तामा उल्लेख भएको जन्ममिति अनुसार किशोरी १८ वर्ष पुरा भइसकेको दाबी श्रेष्ठले गरे। 

दुईवटा जन्ममिति भएको अवस्थामा जेठ जन्ममिति (पहिला जारी भएको)लाई मान्यता दिनुपर्ने निजामति नियमावलीमा समेत प्रष्ट उल्लेख भएकाले नागरिकतालाई नभई जन्मदर्ताको उमेरलाई खास प्रमाण मान्नुपर्ने तर्फ श्रेष्ठले राखे। जन्मदर्ताको विवरणअनुसार नाबालिग भनिएकी किशोरी बालिग भइसकेको ठहर हुनेहुँदा नाबालिग भन्दै दायर गरिएको मुद्दा नै खारेज हुनुपर्ने तर्क उनको थियो। 

सन्दीपकाका वकिलहरूले पेश गरेको जन्मदर्ताको विवरणअनुसार पीडित भनिएकी किशोरीको उमेर ०६१ असार १८ गते छ। उक्त मितिलाई आधार मान्दा उनी बालिग भइसकेको देखिन्छ।

Ncell 2
Ncell 2

अर्कोतर्फ नागरिकतालाई मात्रै प्रमाण मान्न नहुने भन्दै उनीहरूले नजिरसमेत पेश गरे। सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासले मुद्दा नम्बर ०६१ को दे. पु. न ८३९७ को नजिरसमेत उनीहरूले पेश गरे।

‘नागरिकताको प्रमाणपत्र वादीसँग रहने वादीको प्रयोजनका लागि तयार हुने कागज भएकाले सो प्रमाण पत्र लिँदा प्रतिवादीको सहमति संलग्नता रहने कुरा हुँदैन। प्रतिवादीको सहमतिबेगर त्यहाँ लेखिएको व्यहोरा अकाट्य प्रमाण हुन नसक्ने,’ उक्त नजिरमा लेखिएको छ।

प्रतिवादी सन्दीपतर्फका अधिवक्ताहरूले बिहीबार बहस गरेपनि त्यसको जवाफी बहस वादी तथा सरकारी पक्षबाट शुक्रबार हुने भएको छ। जवाफी बहस सकिएपछि उनलाई धरौटी, तारेखमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ।

बुधबार पीडित भनिएकी किशोरीको तर्फबाट चारजना सरकारी वकिल र चारजना अन्य वकिलहरूले बहस गरेका थिए। पीडित किशोरीको बयानअनुसार त्यसराति सन्दीप उक्त होटलमा देखिएको, सीसी टीभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको र राति एउटै कोठामा बसेकोसम्म प्रतिवादीले स्वीकार गरिसकेको र अन्य घटना प्रमाण तथा बयानहरुका आधारमा बलात्कार पुष्टि भएको दाबी उनीहरूको थियो। 

बुधबार नै सन्दीपको तर्फबाट मुरारीप्रसाद सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए । सापकोटाले अभियोग पुष्टि हुने कुनै प्रमाणहरु पेस नभएको र मिथ्या आरोप लगाइएकाले सन्दीपले सफाइ पाउनुपर्ने दाबी गरेका थिए । 

गत मंगलबार सन्दीपले जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए। बयानका क्रममा सन्दीपले पीडित भनिएकी किशोरीले कसैको उक्साहटमा आफूविरुद्ध उजुरी दिएको बताएका थिए। प्रहरीलाई पनि इन्कारी बयान दिएका सन्दीपले अदालतमा पनि उस्तै विषयलाई दोहोर्याएका छन्। 

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। 

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोहीअनुसार सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको छ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको दाबी गरेकी छिन्।   


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १८:३२
  • #सन्दीप लामिछाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्