• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सर्वोच्चको नजिर पेश गर्दै सन्दीपका वकिलले भनेः अभियोग खारेज हुनुपर्छ

शुक्रबार जवाफी बहस, आदेश आउन सक्ने
64x64
नारायण अधिकारी बिहीबार, कात्तिक १७, २०७९  १८:३२
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा थुनछेक चलिरहेको छ। बुधबारबाट सुरु भएको थुनछेक बहस बिहीबार पनि चल्यो। 

बिहीबारसमेत बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरे।

सबैजसो अधिवक्ताहरूले सन्दीप निर्दोष रहेको, बलात्कार भएको पुष्टि गर्ने कुनै प्रमाण नभएको जिकिर गर्दै तत्काल रिहा हुनुपर्ने माग राखे। उनीहरूले बलात्कार गरेको कुनै ठोस प्रमाण अभियोजनमा नभएको दाबी गर्दै आफ्नो पक्ष निर्दोष रहेको जिकिर गरे।  बलात्कार भन्दै दाबी गरिएपनि घटनास्थल मुचुल्कामा केही छैन, डाक्टरको रिपोर्टले समेत बलात्कार पुष्टि गर्ने कुनै आधार नदिएको सन्दीपका वकिलको तर्क छ। 

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले आफ्नो पक्ष निर्दोष रहेको दाबी गर्दै कुनै प्रमाणविना मिथ्या आरोप लगाउन नहुने तर्क राखे। अझ उनले अभियोजनमा नाबालिग भन्दै मुद्दा लगाइएका उक्त मुद्दा नै खारेज हुनुपर्ने जिकिर राखे।

‘उहाँहरूले नाबालिग भन्दै अभियोजन गर्नुभएको छ। हामीले बालिग रहेको प्रमाण पेश गरेका छौं। जसकारण नाबालिग भन्दै पेश गरिएको अभियोजन नै खारेज हुनुपर्छ,’ वरिष्ठ अधिवक्ता श्रेष्ठले भने।  

अभियोगमा बलात्कार भएको भनिएको समय गत भदौ ५ गते पीडित भनिएकी किशोरी १७ वर्ष २ महिना १८ दिन भएको भन्दै उल्लेख गरिएको छ। उक्त उमेर नागरिकता अनुसार भएको तर नागरिकता भन्दा अघि जारी भएको जन्मदर्तामा उल्लेख भएको जन्ममिति अनुसार किशोरी १८ वर्ष पुरा भइसकेको दाबी श्रेष्ठले गरे। 

दुईवटा जन्ममिति भएको अवस्थामा जेठ जन्ममिति (पहिला जारी भएको)लाई मान्यता दिनुपर्ने निजामति नियमावलीमा समेत प्रष्ट उल्लेख भएकाले नागरिकतालाई नभई जन्मदर्ताको उमेरलाई खास प्रमाण मान्नुपर्ने तर्फ श्रेष्ठले राखे। जन्मदर्ताको विवरणअनुसार नाबालिग भनिएकी किशोरी बालिग भइसकेको ठहर हुनेहुँदा नाबालिग भन्दै दायर गरिएको मुद्दा नै खारेज हुनुपर्ने तर्क उनको थियो। 

सन्दीपकाका वकिलहरूले पेश गरेको जन्मदर्ताको विवरणअनुसार पीडित भनिएकी किशोरीको उमेर ०६१ असार १८ गते छ। उक्त मितिलाई आधार मान्दा उनी बालिग भइसकेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतर्फ नागरिकतालाई मात्रै प्रमाण मान्न नहुने भन्दै उनीहरूले नजिरसमेत पेश गरे। सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासले मुद्दा नम्बर ०६१ को दे. पु. न ८३९७ को नजिरसमेत उनीहरूले पेश गरे।

‘नागरिकताको प्रमाणपत्र वादीसँग रहने वादीको प्रयोजनका लागि तयार हुने कागज भएकाले सो प्रमाण पत्र लिँदा प्रतिवादीको सहमति संलग्नता रहने कुरा हुँदैन। प्रतिवादीको सहमतिबेगर त्यहाँ लेखिएको व्यहोरा अकाट्य प्रमाण हुन नसक्ने,’ उक्त नजिरमा लेखिएको छ।

प्रतिवादी सन्दीपतर्फका अधिवक्ताहरूले बिहीबार बहस गरेपनि त्यसको जवाफी बहस वादी तथा सरकारी पक्षबाट शुक्रबार हुने भएको छ। जवाफी बहस सकिएपछि उनलाई धरौटी, तारेखमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ।

बुधबार पीडित भनिएकी किशोरीको तर्फबाट चारजना सरकारी वकिल र चारजना अन्य वकिलहरूले बहस गरेका थिए। पीडित किशोरीको बयानअनुसार त्यसराति सन्दीप उक्त होटलमा देखिएको, सीसी टीभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको र राति एउटै कोठामा बसेकोसम्म प्रतिवादीले स्वीकार गरिसकेको र अन्य घटना प्रमाण तथा बयानहरुका आधारमा बलात्कार पुष्टि भएको दाबी उनीहरूको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुधबार नै सन्दीपको तर्फबाट मुरारीप्रसाद सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए । सापकोटाले अभियोग पुष्टि हुने कुनै प्रमाणहरु पेस नभएको र मिथ्या आरोप लगाइएकाले सन्दीपले सफाइ पाउनुपर्ने दाबी गरेका थिए । 

गत मंगलबार सन्दीपले जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए। बयानका क्रममा सन्दीपले पीडित भनिएकी किशोरीले कसैको उक्साहटमा आफूविरुद्ध उजुरी दिएको बताएका थिए। प्रहरीलाई पनि इन्कारी बयान दिएका सन्दीपले अदालतमा पनि उस्तै विषयलाई दोहोर्याएका छन्। 

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। 

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोहीअनुसार सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको छ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको दाबी गरेकी छिन्।   


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १८:३२
  • #सन्दीप लामिछाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्