• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

१२ वर्षसम्म कैद मागदाबी गरेको प्रहरीसँग के छन् सन्दीपविरुद्धका प्रमाण?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १४, २०७९  २२:३६
1140x725

काठमाडौं– १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा सोमबार दर्ता भएको छ। अनुसन्धान सकेर १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग राख्दै प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले सोमबार अदालतमा दर्ता गरेको थियो। 

यस प्रकरणबारे मंगलबारबाट थुनछेक बहस हुने बताइएको छ। हिरासतमा रहेका सन्दीपले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका छन्। तर प्रहरीले भने सन्दीपले बलात्कार गरेको भन्ने प्रमाण पर्याप्त भएको दाबी गर्दै बलात्कारमा मुद्दा चलाउन भनेर रायसहितको प्रतिवेदन पेश गरेको थियो। 

प्रहरीले हिरासतमा राखेर उनीविरुद्ध अनुसन्धान गरेको थियो। सो क्रममा सन्दीपविरुद्ध प्रहरीले जुटाएका प्रमाणहरू के–के छन् भन्नेबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ । 

यो प्रकरणमा मुख्य प्रमाणको रुपमा प्रहरीले आरोपी, पीडित भनिएकी किशोरीलगायत अन्य व्यक्तिहरूको बयानलाई प्रमाणको रुपमा लिएको छ। 

जाहेरी दरखास्त साथ पेश गरेका कागजातहरू, पीडितको नागरिकताबाट उनी नाबालिका रहेको पुष्टि, घटनास्थल मुचुल्का, उनीहरू बसेको होटलका सञ्चालक, वेटर, गार्डहरूको बयान, घटना विवरण कागजहरूका आधारमा सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ। 

होटल काठमाडौं इनको सुरक्षा गार्ड राजन राणा र बाबुकाजी थापामगर, वेटर सबिन श्रेष्ठ र रिसेप्सनिष्ट अनिश श्रेष्ठले गरिदिएको घटना विवरण कागज, बोजिनी रिसोर्टका नगरकोटका सुपरभाइजर समीर पुरीले गरिदिएको घटना विवरण कागज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रतिवादी सन्दीप तथा होटलको ल्याण्ड लाइन नम्बरको कल रेकर्ड विवरणहरू, प्रतिवादी सन्दीपको बयान व्यहोरा, होटल काठमाडौं इनका सञ्चालक सन्तोषप्रसाद अधिकारी र लालबहादुर बानियाँ, क्यासियर इन्द्रविक्रम थापा, आँगन होस्टेलका सञ्चालक नारायणबहादुर बलामी, क्रिकेट खेलाडी साहब आलम तथा देव खनाल, प्रकृति गिरी र पवन ढुंगानासम्मको बयान प्रहरीले लिएको थियो। 
घटना विवरण कागज, घटनास्थल वरपर रहेका सिसिटिभी फुटेजहरू तथा कल डिटेललगायतका विश्लेषण गर्दा सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ।

यो पनि पढ्नुहोस

'पीडित' किशोरीको बयान– सन्दीपले कुटपिट गर्दै ममाथि बलात्कार गरे

 

सन्दीपले पीडित भनिएकी बालिकालाई स्न्याप च्याटको माध्यमबाट चिनजान गरी ललाइ–फकाइ गत भदौ ५ गते बेलुका भक्तपुरको नगरकोट घुमाउन लगेको र त्यहाँबाट राति फर्केर सिनामंगलको होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेको विषय पुष्टि भएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2

उक्त होटलमा सोही राति १२ बजेर २५ मिनेटमा र १ बजेर ३० मिनेटमा गरी दुई पटक किशोरीलाई सन्दीपले बलात्कार गरेको स्थापित हुन आएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

सन्दीप रातभर उक्त होटलमा सँगै बसेको भन्ने विषय सिसी टिभी फुटेजबाट देखिएको, फुटेजमा देखिएको फोटो पीडित र म नै हो भनी लामिछानेले सनाखत गरेको, लामिछानेले बयान गर्दा, पीडितसँग नगरकोट गएको र सोही दिन बेलुका फर्की होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा रातभर सँगै बसेको हो भनी स्वीकार गरेको विषयलाई पनि प्रमाणमा उल्लेख गरिएको छ। 

सन्दीपले आफूले जबरजस्ती करणी गरेको विषय अस्वीकार गरे पनि पीडित व्यक्तिले ‘आफूलाई फकाइ फुल्याइ तीलगंगास्थित होटल काठमाडौं इनमा लगी जोरजुलुम गरी डर त्रासमा पारी मेरो इच्छाविपरीत दुईपटक जबरजस्ती करणी गरेको हो’ भनेकाले सन्दीपको बयानमा विश्वास गर्ने ठाउँ नभएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 
स्वाथ्य परीक्षक रिपोर्टलाई पनि प्रमाणको रुपमा पेश गरिएको छ। स्वाथ्य परीक्षण रिपोर्टमा हाइमेन्ट: वल्र्ड टिअर एट ६ क्लक पोजिसन उल्लेख गरिएको, नागरिकताबाट नाबालिक गरेको पुष्टि भएकोले बलात्कार भएको दाबी गरिएको छ।  

‘होटलको एउटै कोठामा पीडितसँग प्रतिवादी रातभर बसेको, सो कोठामा एउटा मात्र बेड रहेको, प्रतिवादीले आफू कुर्सीमा बसेर रात बिताएको भनिए पनि अपरिचित पीडितलाई होटलमा लिएर जानु, स्नाप च्याटमा गरिएका कुराहरू, पीडितको कागज र स्वास्थ्य परीक्षण प्रतिवेदन व्यहोराबाट प्रतिवादीको बयान विश्वसनीय देखिँदैन,’ अभियोगपत्रमा उल्लेख गरिएको छ।  

‘अर्कोतर्फ पीडित किशोरीले सन्दीपलाई बलात्कार गर्‍यो भनी विनाआधार भन्नु वा फसाउनुपर्ने अन्य कारणसमेत नदेखिनु, जुन दिन, जुन समय, जहाँ र जसले बलात्कार गर्‍यो भन्ने पीडितको भनाइ छ, त्यही दिन, त्यही ठाउँ र त्यही समयमा यी प्रतिवादी साथमा छन्। पीडितलाई लिएर आफूमात्र गएका छन्’ आरोप पुष्टि गर्नेक्रममा अभियोगपत्रमा विश्लेषण गरिएको छ।

यो पनि पढ्नुहोस

बलात्कार आरोपको घटनाबारे सन्दीपको बयान: उनी बसेको बेडमा समेत गएको छैन, कुर्सीमै निदाएँ

 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  २२:३६
  • #सन्दीप लामिछाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्