काठमाडौं– अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को खेलमा श्रीलंकामाथि न्युजिल्याण्डले सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा न्युजिल्याण्डले ६५ रनको सहज जित निकालेको हो।
न्युजिल्याण्डले दिएको १७८ रनको चुनौती श्रीलंकाले भेट्टाउन सकेन। १९.२ ओभरमै सबै विकेट गुमाएर श्रीलंकाले १०२ रनमात्र बनाउन सक्यो।
श्रीलंकाका लागि कप्तान दसुन शानाकाले सर्वाधिक २५ तथा भानुका राजापाक्षले ३४ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।
यसअघि, टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।
ग्लेन फिलिप्सले शतकीय पारी खेल्दै १०४ रन बनाए। त्यस्तै, ड्रायल मिचेलले २२ रन जोडेपछि न्युजिल्याण्डले श्रीलंकालाई १६८ रनको सम्मानजनक लक्ष्य दिएको हो।
श्रीलंकाका कसुन राजिथाले सर्वाधिक २ विकेट लिए।
यस जितसँगै शीर्ष स्थानमा रहेको श्रीलंकाले तालिकाका २ अंकको स्पष्ट अग्रता लिएको छ। अब न्युजिल्याण्डको ५ अंक भएको छ।
समूह १ मा रहेका ६ मध्ये ३ टोलीको समान ३–३ अंक छ। तर, नेट रनरेटका आधारमा इंग्ल्याण्ड दोस्रो, आयरल्याण्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छन्।
त्यसपछि श्रीलंका र अफगानिस्तान समान २ अंकसकित पाँचौ र अन्तिम स्थानमा छन्। नेट रनरेटका आधारमा श्रीलंका १ स्थान अघि छ।
सुपर १२ का २ समूहमा ६–६ टोली छन्। तीमध्ये समान २ टोली सेमिफाइनलमा जानेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।