काठमाडौं– अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटअन्तर्गत जारी खेलमा न्युजिल्याण्डले श्रीलंकासामु १७८ रनको चुनौती पस्किएको छ।
टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको छ।
ग्लेन फिलिप्सले शतकीय पारी खेल्दै १०४ रन बनाए। त्यस्तै, ड्रायल मिचेलले २२ रन जोडेपछि न्युजिल्याण्डले श्रीलंकालाई १६८ रनको सम्मानजनक लक्ष्य दिएको हो।
श्रीलंकाका कसुन राजिथाले सर्वाधिक २ विकेट लिए। केहीबेरपछि श्रीलंकाले ब्याटिङ गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।