काठमाडौं– जारी टी–२० विश्वकप क्रिकेटमा आयोजक अष्ट्रेलियाले पहिलो जित निकालेको छ।
भर्खरै सम्पन्न सुपर १२ अन्तर्गतको खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।
श्रीलंकाले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले २१ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो।
यसअघि, टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो।
यस जितसँगै अष्ट्रेलिया लिगको चौथो स्थानमा उक्लिएको छ।
पहिलो खेलमा अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनको भारी अन्तरले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।