काठमाडौं– टी–२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत अहिले आयोजक अष्ट्रेलिया र श्रीलंकाबीच खेल भइरहेको छ। यसैबीच, पहिलो इनिङ्स सकिएको छ।
टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको छ।
पाथुम निस्सान्काले सर्वाधिक ४० तथा चारिथ असालान्काले सर्वाधिक ३८ रनको योगदान दिएपछि श्रीलंकाले मध्यम स्कोर बनाएको हो।
श्रीलंकाले दिएको १५८ रनको लक्ष्य भेट्टाउन अष्ट्रलिया ब्याटिङ गरिरहेको छ।
आयोजक अष्ट्रेलियाले अहिले महत्वपूर्ण खेल खेलिरहेको छ। सुपर १२ को आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैगर्दा साविक विजेता अष्ट्रेलिया दबाबमा छ।
किनकि, प्रतियोगिताको प्रमुख दाबेदार मानिएको अष्ट्रेलिया पहिलो खेलमा कट्टर प्रतिद्धन्द्धी न्युजिल्याण्डसँग ८९ रनको भारी अन्तरले हारेको थियो। यस नतिजाले समूह १ मा रहेका ६ टोलीमध्ये अष्ट्रेलियालाई पुछारमा धकेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।