• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

राप्रपालाई राष्ट्रिय पार्टी बन्नबाट कसैले रोक्न सक्दैन : राजेन्द्र लिङ्देन [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ४, २०७९  ०८:३९
1140x725

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन २०७४ को निर्वाचनपछि राष्ट्रिय राजनीतिमै चर्चामा पुगे। सो निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णबहादुर सिटौलालाई पराजित गरेर उनी चर्चामा त आए नै, संसद्‌मा राप्रपाका एक मात्रै प्रतिनिधि हुन सफल भए। यसबीचमा उनी आफ्नो दलको केन्द्रीय अध्यक्ष बनेका छन्। र उनको चर्चा र ख्याति झनै बढेको आकलन हुने गरेको छ। मंसिरमा हुँदै गरेको निर्वाचनमा लिङ्देन पुरानै प्रतिस्पर्धी सिटौलासँगै प्रतिस्पर्धा गर्दैछन्। अघिल्लो निर्वाचनमा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले झापा- ३ मा लिङ्देनसँग तालमेल गरेका थिए। यसपटक उनको तालमेल एमाले एक्लैसँग छ। अर्कोतिर, कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ। परिस्थिति केही फेरिएको छ। त्यसैले पनि यो क्षेत्रको प्रतिस्पर्धा रोचक बन्ने अपेक्षा छ। प्रस्तुत छ, नेपाल लाइभका डीबी खड्काले लिङ्देनसँग उनी उम्मेदवार रहेकै क्षेत्रमा गरेको कुराकानीः

गाउँमा केन्द्रित हुनुभएको छ। आफ्नो पक्षमा कस्तो माहोल देखिरहनुभएको छ?
माहोल ठीक छ। म आफ्ना जनतासँग प्रत्यक्ष भेटघाट गरिराखेको छु। विगतमा भन्दा परिस्थिति सुदृढ छ। अझै सुदृढ हुने प्रक्रियामा छ।

मतदाताहरुले के भन्छन्? तपाईंहरुको अजेन्डाहरु राजसंस्थाको पुनःस्थापना तथा संघीयता खारेजी जस्ता विषयमा जनताको समर्थन छ कि चित्त दुखाइ छ?
मतदाताहरुको यो अजेन्डामा कुनै टिप्पणी छैन। मैले कस्ता विषयको प्रतिनिधित्व गर्छु भन्ने मतदाताहरुले प्रष्टसँग बुझ्नुभएको छ। यहाँका जनताले मूलतः परिवर्तन, सुशासन र विकास खोजेका छन्। अरु अजेन्डासँग खासै मतलव छैन। राप्रपाको अजेन्डाप्रति जनताले टिप्पणी गरेको आजसम्म पाएको छैन।

अघिल्लो पटक अनपेक्षित तरिकाले जित निकाल्नुभयो। यसपटक अन्तर बढाउनु हुन्छ कि जित मात्र?
मतान्तर पहिलाको भन्दा त्यसै पनि बढछ। पाँच वर्ष अगाडि कुरामा मात्र भोट पाएको थिएँ। सानातिना प्रयास गरेको थिएँ। अहिले त केही काम पनि गरेको छु। पाँच वर्षमा दुई वर्ष मात्र काम गर्न पायौं। दुई वर्ष कोरोनाले खायो। यस बीचमा  मैले राष्ट्रिय राजनीतिमा जे काम गर्ने अवसर पाएँ, त्यसलाई हेर्दा पनि मतान्तर बढ्छ भन्ने लाग्छ। शुभेच्छुक र समर्थक भने नेपालकै सबैभन्दा धेरै मतान्तर भएको क्षेत्र बनाउने कोसिसमा लागिरहनुभएको छ।

झापा- ३ का जनताका लागि तपाईंले गर्ने प्रतिबद्धता के-के हुन्?
पाँच वर्ष अगाडिसम्म यहाँ बाटोघाटो, तटबन्धन जस्ता भौतिक पूर्वाधारका मुद्दा थिए। यो क्षेत्र मेची र बिरिङ जस्ता ठूला नदीहरुले घेरिएको छ। सीमानाको रुपमा पनि यी दुई नदी छन्। यिनीहरु यस क्षेत्रको पिडाका रुपमा थिए। डुबान हुन्थ्यो। मान्छेको उद्धारका लागि लाइफ ज्याकेट लगाएर डुंगामा चढेर जानुपर्थ्यो। बस्ती नै सार्नुपर्ने अवस्था थियो। बर्खा लाग्यो कि बस्ती सार्नुपर्ने हुन्थ्यो। राहत लिएर जानुपर्ने हुन्थ्यो। राजनीतिक दल र सामाजिक अगुवाहरु राहत वितरण गर्न हाम्रो क्षेत्रमा हिँड्थे। यस बीचमा नदी व्यवस्थापनको काम भएको छ। तटबन्धन विगतको भन्दा व्यापक रुपमा भएको छ। अझ बाँकी छ। तर अहिले डुबानको समस्या छैन।

यो पाँच वर्षमा कुनै गाउँ डुबेको छैन। कसैले कसैलाई राहत दिनुपर्ने र माग्नुपर्ने अवस्था छैन। कालोपत्रे सडक कस्तो हुन्छ भनेर हेर्नलाई यहाँका जनताले कि बिहार जानुपर्थ्यो कि भद्रपुर र बिर्तामोड। अहिले कालोपत्रे सडकले नछोएको कुनै वडा छैन। यस क्षेत्रको ठूलो पिडा रहेको भनेको वन्यजन्तु, विशेषगरी हात्तीबाट हुने आक्रमण थियो। त्यसले मानवीय र बालीनालीमा क्षति पुर्‍याएको थियो। यहाँका जनता ढुक्कसँग सुत्न पाउने अवस्थामा थिएनन्। अहिले त्यो जंगलमा सौर्य विद्युतीय तारबारको व्यवस्था गरिएको छ।

यस क्षेत्रका जंगल जैविक विविधताले महत्त्वपूर्ण छ। जहाँ ३८५ भन्दा बढी प्रजातिका विरुवा हेर्न पाइन्छ। यस्तो खालको जंगल नेपालमा अन्त कहीँ छैन। त्यसलाई अहिले सौर्य विद्युतीय तारबार गरिएको छ। अहिले पूरै जनता आरामले सुत्ने बनाएका छौं।

भौतिक दृष्टिकोणका हिसाबले निकै काम भएका छन्। विद्यालय सुधार, स्वास्थ्य केन्द्रको सुधार भएका छन्। स्थानीय तहले हाम्रो परामर्शमा नै काम गरेको छ। यसलाई पाँच वर्ष पहिलो झापा जिल्लाको कर्णाली भनिन्थ्यो। अबको प्राथमिकता भनेको बाँकी रहेको काम गर्ने नै हो। मुख्य रुपमा शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय जस्ता विषयमा विषयमा काम गर्ने हो। प्रतिनिधिसभा सदस्यको मुख्य काम पनि यिनै समस्यालाई स्थापित गराउनु हो।

nimb
nimb
Ncell 2
Ncell 2

तपाईं राप्रपाको अध्यक्ष हुँदै गर्दा यो पार्टी मूलधारका अन्य पार्टीभन्दा अलग्गै हो र भिन्न रुपमा अगाडि आउँछौं भन्नुभएको थियो। तर, चुनावमा त तिनैमध्येको एक एमालेसँग तालमेल गर्नुभयो। यो तालमेल बाध्यता हो वा यसमा सैद्धान्तिक आधार पनि देख्नुहुन्छ?
यसमा सैद्धान्तिकभन्दा पनि रणनीतिक र कूटनीतिक पक्षहरु छन्। अहिलेको राजनीतिक दलहरुमध्ये राष्ट्रियताको सवालमा एमालेलाई अलि निकट राखेर हेर्न सकिन्छ। तर, मुख्यगरी चुनावी तालमेलको रुपमा मात्र हेर्नुपर्छ। अरु ५/६ वटा पार्टी मिलिरहेको अवस्थामा हामीले पनि यहाँ मिल्न सक्ने र एकअर्कालाई सहयोग गरेर राम्रो नतिजा निकाल्न सक्ने अवस्था देखेर तालमेल भएको हो। चुनाव त जित्नको लागि लड्ने हो, हार्नका लागि होइन। कसैले ‘एकचोटि लडेर हेरौँ न’ भन्दा त जे गरे पनि भयो। तर, जित्नका लागि लड्नेले जितलाई सुनिश्चित बनाउने अवसर प्राप्त गर्छ भने त्यसको सदुपयोग गर्नुपर्छ। त्यही क्रममा एमालेसँग हामीले छलफल गर्दा केही जिल्लाका केही सिटमा समझदारी गरेर जाने सहमति भएको छ। यसमा हामीले पनि सहयोग लिइराखेका छौं र हामीले पनि सहयोग गरिराखेका छौं। तर, हाम्रो तालमेल देशव्यापी होइन। अरु सबै निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्छौं। स्वस्थ प्रतिपर्धा गर्छौं।

अहिले केही साथीले भ्रम ल्याउनुभएको छ। गलत प्रचार गर्नुभएको छ। राप्रापाले ३ सिट लिएर सबै सिट छोडेजस्तो प्रचार भइरहेको छ। त्यो गलत हो। जसरी केही सिट लिएर माओवादीले गठबन्धनका अन्य सबै शक्तिलाई सहयोग गर्ने गरी तालमेल गरेको छ। जसरी कांग्रेसले आफूले केही सिट लिएर बाँकी सिटका लागि अन्य पार्टीसँग तालमेल गरेको छ। हाम्रो पार्टीले त्यसरी सिट विभाजन गरेको भन्न मिल्दैन। हामीले निश्चित सिटका लागि मात्र गरेका छौं। बाँकी सिटमा हामीले उम्मेदार उठाएका छौं। यो निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि राप्रपाले नै सबैभन्दा बढी उम्मेदवार उठाएको छ। हामीले १४५ सिटको लागि आफ्नो उम्मेदवार उठाएका छौँ। १० सिटमा हामीले प्राविधिक कारणले छाड्यौँ। केही ठाउँमा हाम्रो उम्मेदवारी खारेज भयो। केही ठाउँमा उठ्न सकेनन्। त्यस कारणले हाम्रो यो सहकार्यले हाम्रो पार्टीको लाइनलाई कुनै प्रभाव पार्दैन। न एमालेले हाम्रो सैद्धान्तिक लाइनलाई समर्थन गरेको हो। न हामीले एमालेको सैद्धान्तिक लाइनलाई समर्थन गरेको हो। यो केवल चुनावी तालमेल मात्रै हो।

तपाईंले गर्नुभएको तालमेलको सहमतिप्रति असन्तुष्टि राख्दै तपाईंकै सहकर्मीहरुले बुधबार पत्र लेखेर पठाउनुभएछ नि?
मैले पनि अहिले (बिहीबार) भर्खरै सुनेँ। राप्रपा पार्टीको इतिहास लामो भएर पनि असाध्यै कमजोर रुपमा स्थापित हुनुमा त्यही कमजोरी रहेको छ। चुनावमा उठ्न नजाने, जनताको बीचमा भोट माग्न नजाने तर जनताले भोट दिइहाल्यो भने त्यसको लाभ लिन पाइन्छ कि भनेर ढुकेर बस्ने प्रवृत्ति राप्रपामा अहिले पनि छ। त्यही प्रवृत्तिको विरुद्ध संघर्ष गरेर आएको हुँदा यो नेतृत्व प्राप्त गरेको हुँ। त्यसका अवशेषहरु बाँकी छन्। जो साथीले त्यो विषयमा कुरा उठाउनुभएको भनेरै मैले सुनेको छु। त्यो साथीले स्थानीय निर्वाचनमा आफ्नो वडामा आफ्नो उम्मेदवार उठाउनुभएको छैन। अहिले पार्टीको महत्त्वपूर्ण पदमा बसेको छु, हामी जिम्मेवार छौं, हाम्रो अपमान भयो भन्ने साथीहरु आफू उम्मेदवार बन्न जानुभएको छैन। कतिले उम्मेदवार उठाउनुभएको छैन। त्यो साथिहरु अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट लहर आयो, समानुपातिकमा परेर फेरि पनि तर मार्न पाइन्छ कि भन्ने सोचमा हुनुहुन्थ्यो होला। त्यस्तो साथीको नाम पर्न सकेन।

जहाँ हामीले तालमेल गरेका थियौं। त्यहाँका साथीहरुले असन्तुष्टि व्यक्त गर्नुपर्थ्यो। तालमेल गरेर जहाँ हामीले एमालेलाई सघाउने निर्णय लिएका छौँ। त्यो ठाउँका साथीहरुले असन्तुष्टि व्यक्त गर्नुपर्थ्यो। म उठ्न चाहन्थेँ, म उठेको भए जित्न सक्थेँ। तालमेलको कारण उठ्न पाइनँ भनेको भए स्वभाविक हुने थियो। गल्ती गरिएछ कि के हो, आफैं जित्न सक्ने, एक्लै जित्न सक्ने ठाउँमा लातमेल गरिएछ कि के हो, साथीहरुको यस्तो उत्साह हुँदाहुँदै गलत निर्णय गरियो कि भन्ने हामीलाई पनि लाग्ने थियो। जहाँ हामीले एमालेलाई सहयोग गर्ने निर्णय गरेका छौँ। त्यस ठाउँका साथीहरुलाई कुनै खालको गुनासो छैन। कुनै प्रकारको असन्तुष्टि पनि छैन। त्यहाँ एमालेलाई साथीहरुले सघाइरहनु पनि भएको छ।

केही सिटमा भए पनि जितलाई सुनिश्चित गर्दा राम्रो हुन्छ भनेर साथीहरु लागिरहनु भएको छ। अब कुनै सम्बन्ध नै नभएको, आफू उम्मेदवार बन्ने चाहना नै नभएको, आफू उम्मेदवार पनि नभएको, आफ्नो निर्वाचन क्षेत्रमा एमालेलाई मत दिनुपर्ने अवस्था पनि नभएको र आफैंले आफैंलाई मत दिनुपर्ने, आफ्नै पार्टीलाई मत दिनुपर्ने साथीहरुले गुनासो पोख्नुभएको छ।  त्यसको कुनै अर्थ पनि छैन।

निर्वाचनको बेलामा आउने यस्ता असन्तुष्टिहरुले तपाईंको चुनावी अपेक्षालाई चुनौती थप्दैन?
थप्दैन। किनभने राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा संक्रमणबाट गुज्रिरहेको छ। विगतको कमीकमजोरीहरुलाई पन्छाएर नयाँ बाटो पक्रेर अगाडि बढिरहेको छ भन्ने कुरा आममतदाता र शुभेच्छुकहरुलाई थाहा छ। मैले अघि पनि भनेँ, विगतका गलत प्रवृत्तिका अवशेषहरुले कहिलेकाहीँ टाउको उठाउने गर्छ। विगतमा झैँ घुर्की लगाएर पद पाउने प्रवृत्तिले टाउको उठाउँछ। तर यो सबैलाई चिरेर राप्रपा अगाडि बढ्छ। सबै कुरा चिरेर अगाडि बढ्न राप्रपा तयार भइसकेको छ। त्यसैले सो कुराले केही फरक पार्छ भन्ने मलाई लाग्दैन।

राष्ट्रिय रूपमा तपाईंहरुको अजेन्डा राजतन्त्रको पुनःस्थापना, संघीयताको खारेजी नै हुन्छ वा केही फेरबदल हुन्छ? 
फेरबदलको कुरै छैन। हामीले यसलाई अझ स्पष्ट रूपमा आफ्नो घोषणापत्रमा ल्याइराखेका छौँ। हामीले पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था हुनुपर्ने उल्लेख गरेका छौँ। यस्तै तीन तहको सरकार होइन, प्रदेशको खारेजी र बलियो स्थानीय तह भए पुग्छ भनेर हामीले छुट्टै शासकीय स्वरूप र निर्वाचन प्रणालीको परिकल्पना गरेर हामीले आफूलाई अगाडि बढाएका छौँ। त्यससँगै निःशुल्क स्वास्थ्य, शिक्षा, समान न्याय र रोजगारीको कुरालाई पनि हामीले आफ्नो मुद्दाको रूपमा अगाडि लैजान्छौँ।

तपाईंले प्रदेश खारेजीलाई अजेन्डाको रूपमा उठाउनु भएको छ। तर प्रदेश सभा सदस्यका लागि उम्मेदवारी पनि दिनुभएको छ। यो विरोधाभासपूर्ण भएन र?
छैन। हाम्रा कति साथीहरूलाई पनि यही भ्रम रहेको थियो। उनीहरूले प्रदेशमा किन उम्मेदवारी दिने भनेर प्रश्न पनि गरेका थिए। हामीले त अहिलेको संसदीय प्रणालीको समेत विकल्पमा आफ्नो अवधारणा अगाडि ल्याएका छौँ। हामीले यही प्रणालीले देशले निकास पाउँदैन भनेर आफ्नो कुरा अगाडि बढाएका छौँ। यस अर्थमा भन्ने हो भने त यो प्रतिनिधि सभामा पनि हामीले उम्मेदवार उठाउनु नपर्ने हो। तर हामीले यही संविधानसँग सहकार्य गर्दै यहाँ हामीले लोकप्रिय मत प्राप्त गर्दै संविधानमा फेरबदल गर्ने तागत प्राप्त नगरुन्जेल यसको उपयोग गर्ने हो। भएको प्रणालीभित्रै रहेर अरूले भन्दा राम्रो काम गर्ने र राप्रपाले मौका प्राप्त गर्‍यो भने राम्रो काम गर्न सक्छ, देश र जनताप्रति इमानदारिताका साथ काम गर्छ भन्ने सन्देश दिने हो। त्यसपछि बहुमत प्राप्त गरेर त्यो बहुमतको बलमा संविधानमा समेत परिवर्तन गर्ने, प्रदेश खारेज गर्ने, निर्वाचन प्रणाली र शासकीय प्रणाली सुधार गर्ने भनेका छौँ।

अहिले संवैधानिक संस्थाहरुमा दलीय भागबण्डा गरेर नियुक्ति गर्ने प्रथा छ। त्यस्तो व्यवस्था हटाउनुपर्छ। हामीले राजनीतिक दलरहित न्याय परिषद् अथवा संवैधानिक परिषद्को कुरा गरेका छौँ। अब भागबण्डाको आधारमा होइन, योग्यता र क्षमताको आधारमा न्यायालयहरूमा नियुक्ति हुनु पर्‍यो। त्यसैले हामीले न्यायालयको पुनः संरचनाको कुरा गरेका छौँ। व्यापक रूपमा फेरबदलको कुराहरू उठाएका छौँ।

तपाईंहरूले जुन अजेन्डाहरु अगाडि सारिरहनु भएको छ। ती अजेन्डाहरुले तपाईँहरूलाई यस पटक राष्ट्रिय पार्टीको मान्यता मात्रै प्रदान गर्ने गरी मत आउला वा त्योभन्दा बढी अपेक्षा गर्नु भएको छ?
राष्ट्रिय पार्टी बन्नलाई त राप्रपालाई कसैले रोक्न सक्दैन। त्यो विषयभन्दा माथि छौँ। राप्रपा अहिले उम्मेदवारीको हिसाबले पनि पहिलो पार्टीको रूपमा छ। र आउने निर्वाचनमा पनि पहिलो, दोस्रो भनेर नम्बर लगाउनेभन्दा पनि एउटा बलियो र निर्णायक शक्तिको रूपमा संसद्‌मा उपस्थित हुन्छ।  यही अवधिमा हाम्रा अजेन्डाहरु स्थापित गर्ने क्रममा हामी केही कदम अगाडि बढ्छौँ भन्ने मेरो विश्वास छ।

हिजो केपी ओली पनि सँगै रहेको कार्यक्रममा तपाईंले ‘हाम्रा साथीहरूले भनेको ठाउँमा भोट हालेनन् भने चुनावपछि राप्रपाको सदस्य नरहन सक्छ’ भन्नुभएको थियो। तपाईंको अभिव्यक्तिबाट तालमेलमा गडबडी आउन लागेको रहेछ भनेर आममानिसले बुझेका छन् नि?
त्यस्तो छैन। तर त्यो त नैतिकताको विषय हो। इमानदारिताको विषय हो। हाम्रा साथीहरुले झापा- ५ मा सूर्यमा गर्ने मतदान यहाँ (झापा-३ मा) हलोमा परिणतमा भएर आउँछ नि। यहाँ (झापा-३ मा) एमालेका साथीले हलोमा गर्ने मतदान झापा- ५ मा सूर्यमा परिणत भएर जान्छ। त्यसकारण अरू पार्टीलाई भोट दिएको भन्ने कुरा नै हैन। आफैंलाई दिएको हो। आफ्नो पार्टीलाई दिएको हो। त्यो आफ्नो पार्टीको निर्णयप्रति बेइमानी गर्ने कार्यकर्ता पार्टीको कार्यकर्ता कसरी हुन सक्छन्? हामीले त्यस्तो कल्पना पनि गरेको छैनौँ। यदि त्यस्तो भयो भने कारबाहीको भागीदार त स्वभाविक रूपले हुन्छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ०८:३९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्