• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

संविधान र कानुनको प्रयोग कसरी भएको छ भन्ने कुरा अध्ययन गर्न स्वतन्त्र उम्मेदवारी दिएको हुँ: मल्ल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ४, २०७९  ११:३१
1140x725

३० वर्षभन्दा धेरै समय कानुन व्यवसायमा सक्रिय हेमन्त बहादुर मल्लले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। केही समय अगाडि नै आफ्नो घोषणापत्र समेत सार्वजनिक गरेका मल्ल अहिले दाङ–३ मा चुनावी प्रचारप्रसारमा जुटेका छन्। 

‘क्रिमिनल ल एन्ड जस्टिस’ मा स्नातकोत्तर (एलएलएम) गरेर ३० वर्षसम्म कानुन व्यवसायीको रुपमा सक्रिय रहेका मल्लको चुनाव लड्ने निर्णय, वर्तमान राजनीतिक अवस्था र चुनावी तयारीका विषयमा नेपाल लाइभका लागि सुरेन्द्र बजगाईंले गरेको कुराकानी:

यो निर्वाचनमा तपाईं किन प्रतिस्पर्धामा उत्रिनुभयो?
खासमा नागरिकहरूको स्वतन्त्रताको लागि म २०३६ सालदेखि नै लागेको हुँ। त्यतिबेला जनमत सङ्ग्रहको प्रचार गर्ने क्रममा २०४६ सालमा विद्यार्थी हुँदा जेल नै परेको मान्छे पनि हुँ। त्यति बेला म ६ महिना जेलमा बसेको थिएँ। 

लामो समय कानुन व्यवसायको अनुभव लिएर म जनतासामू जान खोजेको हो। जनताको दु:ख सुख बुझेर सेवा गर्नको लागि यस क्षेत्रको जनप्रतिनिधिको रूपमा काम गर्न खोजेको हो। 

एक कानुन व्यवसायीको रूपमा लामो समय काम गर्ने अवसर मिल्यो। मेरो पेसाको हिसाबले नै मलाई कानुनको धेरै कुराहरूको ज्ञान दिएको छ। त्यही कुरा मैले सदनमा गएर पनि राख्न सक्छु। 

यसका अलावा मैले समाजमा संविधान र कानुनको प्रयोग कसरी भएको छ भन्ने कुरा अध्ययन गर्न पनि उम्मेदवारी दिएको हुँ। त्यो अध्ययनको लागि समाजमा जानु पर्‍यो। 

नेपाली जनता १० वर्ष तथाकथित जनयुद्ध भोग्न बाध्य भए। जसको अन्त्य  १२ बुँदे सम्झौताले भयो। त्यसपछि भइरहेको संविधानलाई खारेज गरेर नयाँ संविधान ल्याइयो। 

संविधान बनाउन बनेको संविधान सभाले संविधान नबनाएर राजा हटाउने काम गरियो। सायद त्यति बेला राजा नहटाइ संविधान बनाएको भए उनले बार्गेनिङ्ग गर्छन् भनेर त्यस्तो भएको हुनु पर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

मलाई लाग्छ उनीहरूले राजा हटाए। त्यो घटनालाई उनीहरूले संविधानमा हस्ताक्षर गर्ने मानिस मात्र परिवर्तन गरेको मेरो बुझाइ रहेको छ। 

दोस्रो पटकको कार्यकालमा उनीहरूले संविधान बनाउँदा संविधानमा धेरै नयाँ कुरा आएका थिए। तर ती नयाँ कुराहरू आउँदा जनमत संग्रह आवश्यक थियो। 

२०७२ सालमा राजा हटाएर राष्ट्रपति ल्याए। यति मात्रै हैन, उनीहरूले एउटै देशलाई ७ वटा प्रदेशमा बाँडेर राज्यको नयाँ संरचना बनाएर संविधान लेखियो। प्रदेशले नपुगेर स्थानीय तहलाई पनि सरकारकै रूप दिइयो। 

एकै देशमा तिन प्रकारको सरकार संगै चल्दा त धेरै खर्चिलो भएको छ। अहिले कर्मचारीले तलब नपाउने अवस्था रहेको छ। 

जनतासामू व्यक्तिगत रूपमा के अजेन्डा लिएर जानुहुन्छ?
यो संसद्को निर्वाचन भएकाले आफ्नो कार्यक्षेत्र भित्र रहेको संविधानमा भएका व्यावस्थाहरुको त्रुटि औँल्याउन सक्छन्। त्यो काम मैले गर्न सक्ने भएकाले नै मैले उम्मेदवारी दिएको हो। 

फिल्डमा आएर हेर्दा ४० प्रतिशत सांसद बन्द खामबाट चयन गर्ने कुरा थाहा पाए। उनीहरूलाई जनताले नै चिन्ने मौका पाउने रहेनछन्। जनताले भोट हाल्ने ६० प्रतिशत उम्मेदवारहरू विभिन्न गठबन्धनको नाममा जनताको मतदान गर्ने अधिकार कुण्ठित भएका छन्। 

यस्तै हाम्रै गौरवमय क्रान्ति गर्ने कुरा पनि छ। म विना रक्तपात राजा फर्किएमा सहमति नै जनाउँछु। 

यस्तै, आर्थिक रूपमा जनतालाई ऋणको भारी बोकाइएको छ।  त्यो कसरी कम गर्ने भन्ने मेरो प्रमुख अजेन्डा हुने छ। यस्तै शिक्षा कसरी सर्वसुलभ बनाउने भनेर पनि अध्ययन गर्दै आएको छु। 

युवा र महिलाहरूको लागि रोजगारीको समस्या छ। यहाँका धेरै युवाहरूले प्लस–टु पछि के पढ्ने भन्ने नै थाहा छैन। 

विद्यार्थीहरुले काम गर्दै पढ्ने अवस्था बनाउन जरुरी छ। 

यहाँ धेरै मानव बेचबिखन हुने रहेछ। त्यो व्यवसाय यहाँ निरन्तर छ। सरकार रोजगारीलाई लिएर गम्भीर छैन। हामी गम्भीर छौँ। जनताको आर्थिकस्तर जुन तरिकाले वृद्धि हुनुपर्ने हो, त्यो हुन सकेको छैन। जग्गा जमिनको खरिद विक्री, आर्थिक भारमा उसले नियन्त्रण गर्दै आएको छ। बैंकको ब्याजदर अहिले १७ देखि २२ प्रतिशत पुगेको छ। नयाँ उद्योग धन्दा खुल्न सकेका छैनन्। हामी यसलाई कसरी न्यूनतम गर्न सक्छौँ प्रयास गरिराखेका छौँ। 

बैंकमा मुद्दती र बचत खातामा काम नगर्ने मान्छेहरूले पैसा राख्ने व्याज खाने गर्दै आएका छन्। जसले गर्दा कामहरू सञ्चालन हुन सकेन। हामी यस्ता खाता तत्कालै बन्द गर्न लगाउँछौँ। सबै बैंकले खरिदबाट चलाउनु पर्‍यो। हाम्रा यस्तै खालका विषयलाई अगामी चुनावका अजेन्डाका रूपमा अगाडि बढाउने छौँ। 

चुनावमा तपाईंको मुख्य प्रतिस्पर्धी को हो? प्रतिस्पर्धीप्रति तपाईंको मूल्याङ्कन के छ?
उनीहरू पौराणिक उम्मेदवार हुन् म स्वतन्त्र हुँ। यहाँ नेपाली कांग्रेस र एमालेका उम्मेदवार छन्। कांग्रेस सत्ता गठबन्धनमा छ भने एमाले पनि यहाँ चुनावी तालमेल गरेर प्रतिस्पर्धा गर्दै छ। जनता दलका मान्छेले गर्न सक्दैन भनेर आजित छन्। मेरो प्रतिस्पर्धा एमाले र कांग्रेसका उम्मेदवारसँग हो। म यो क्षेत्रमा २०३६ सालदेखि नै विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छु। यिनै दलका चुनावी अभियानमा म वक्ताका रूपमा पनि गएको छु। दलहरूप्रति जनताको दिक्दारी नजिकबाट देखेको छु। 

अहिले निर्वाचन आयोगले प्रचारमा केही जटिलता ल्याएको छ। चुनावी प्रचारमा जानुभन्दा ७ दिन अगाडि नै खर्च विवरण देखाउनुपर्ने छ। आयोगले जनताको अभिव्यक्तिलाई कुण्ठित गरेको छ। सभा सम्मेलन गर्न दिएको छैन। 

किन स्वतन्त्र उम्मेदवारी दिनु भएको नि?
म स्वतन्त्र हुनुको कारण पनि छ। दलबाट जितेर गएपछि भोलि संसद्‌मा दलीय ह्विप मान्नुपर्ने हुन्छ। नमाने पार्टीले कारबाही गर्छ। माओवादीबाट एमालेमा गएका ५ जना सांसदको पद गएको हामीले देखेका छौँ। संविधानले संसद्का माननीयलाई बोल्ने स्वतन्त्रता नदिएको लाग्छ। माननीय भनेको आफ्नो क्षेत्रको समस्या सुनाउने हो। भोलि कुनै आर्थिक नीतिमा आफ्नो व्यक्तिगत विचार राख्दा दलले सदस्यता नै खारेज गर्न सक्छ। मलाई संसद्को सदस्य यस्तो कुनै चिजमा बाँधिनु हुँदैन भन्ने लाग्छ। 

पार्टीहरूले जुन तरिकाले विभिन्न गठबन्धन बनाएर जसरी हुन्छ संसद्‌मा जाने भन्ने छ यसका विरुद्धमा पनि मेरो उम्मेदवारी हो। त्यसैले हामी समाजवादको रक्षा र आर्थिक नीतिको कार्यान्वयनका लागि पनि लाग्नेछौँ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ११:३१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्