• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिटरब्याजपीडित किसानमाथि सरकारको निरन्तर दमन

64x64
धनु विश्वकर्मा मंगलबार, भदौ २८, २०७९  २०:०८
1140x725

काठमाडौं– सरकारले माइतीघर मण्डलामा बसेका मिटरब्याज पीडित किसानलाई सोमबार यता निरन्तर दमन गरेको छ। न्यायका लागि विभिन्न मागसहित उनीहरुको जारी आन्दोलन रोक्न राज्य नै उद्यत रहेको हिजोको कीर्तिपुर र आजको माइतीघर मण्डलाको दृष्य हेरे पुग्छ।

नवलपरासीका पीडित किसान साउन १८ गतेदेखि निरन्तर धर्नामा छन्। सुदखोरले उनीहरुको उठीवास लगाएको छ। तम्सुक बन्धक बनाउने, चर्को ब्याज लिने, जग्गा बन्धक राख्ने जस्ता ठगीका कार्य गरेको छ। घरजग्गा सबै हडप्ने लागेपछि पीडितहरु न्यायको खोजीमा स्थानीय सरकार हुँदै संघीय राजधानी काठमाडौंमा आएको पनि महिनौं भएको छ। 

उनीहरु जस्तै ५ लाख कर्जा लिए १० लाखको तम्सुक बनाउन लगाउने, जग्गा पनि धितो राख्नुपर्ने र जिन्दगीभर ऋण तिरिराख्नुपर्ने जस्ता ठगीका कारोबारबाट पीडित छन्। कारोबारबाट ठगिएपछि पीडित किसानहरु न्यायको खोजीमा आएका हुन्। 

पहिलोपटक मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति बनाएर उनीहरु जेठ २८ गते नवलपरासीबाट काठमाडौं आएका हुन्। यहाँ आएर न्यायका लागि विभिन्न ठाउँ धाए, तर उनीहरुले आश्वासनबाहेक केहि पाएका छैनन्। उपाय नलागेपछि अन्ततः सडक रोजे। १४ जना किसानको समूह बनाएर १४ दिन धर्ना बसे। 

१४ दिनपछि गृहमन्त्रालयले सुद्खोरलाई पक्राउ गर्ने भनेर सहमति गर्‍याे। त्यसपछि उनीहरु घर फिर्ता भए। सुद्खोर सुनिल बानियाँ, सुजित बानियाँ, सुरेश बानियाँ र जगदिश बानियाँलाई प्रहरीले पक्राउ त गर्यो, तर पीडित किसानको कुनै माग पुरा भएन। 

Meterbyaji pidit (1)1663078863.jpg

राज्यले पीडित किसानका आँखामा छारो हाल्ने कामबाहेक केही नगरेको भन्दै दोस्रो पटक साउन १८ गते न्यायका लागि पुन: काठमाडौंमा आए। करिब ८० जनाको समूह बनाएर उनीहरु आएका हुन्। धर्ना बसेको १० दिनपछि मात्र गृहमन्त्रालयले एक सूचना जारी गर्‍याे। 

सरकारले पीडित किसानका माग सम्बोधनका लागि साउन २८ गते देशभरका सबै मिटरब्याजबाट पीडित किसानहरुलाई मिटरब्याजीविरुद्ध उजुरी दिनका लागि सूचना जारी गर्‍याे। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, पीडित किसानले सरकारले जारी गरेको सूचना केवल अघिल्लोपटक गृहमन्त्रालयका प्रवक्तामार्फत सम्बन्धित जिल्लालाई जारी गरिएको सामान्य परिपत्रको विस्तृत रुप भएको उल्लेख गर्दै विज्ञप्ति निकाल्यो। मिटरब्याज, दृष्टिबन्धक तथा छिनुवा पास जस्ता विषयमा गृहमन्त्रालयले कुनै निर्णय नलिएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका हुन्। 

माइतीघर मण्डलामा धर्ना बस्ने आउने क्रममा सोमबार भने पीडित किसान बस्ने किर्तीपुरमै  पुगेर प्रहरीले घेराउ गर्दा त्यहाँको परिस्थिति दिनभरजसो तनाव ग्रस्त बन्यो। प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भयो। दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले प्रकाउ गरी बल्खुस्थित प्रहरी वृत्तमा राख्यो। पीडितहरु प्रहरी कार्यलयमै नाराबाजीमा उत्रिए।

मंगलबार पनि पीडितहरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिए । त्यसमा पनि सरकारले दमनलाई दोहोर्यो । लाठी चार्जसहित बल प्रयोग गर्दै ३० पीडित किसानलाई गिरफ्तार गरी भृकुटीमण्डपको प्रहरी वृत्तमा लगेर राखेको छ। 
किसानहरु धर्नाको ४२औं दिनमा छन्। तर सरकारले चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चानशुु नेपाल भ्रमणका रहेको बाहना गर्दै राज्यले पीडित किसानको शान्तिपूर्ण आन्दोलनमाथि चरम दमन गरेको अभियन्ता निर्ग नविनले बताए।

‘शान्तिपूर्ण आन्दोलन गरिराखेका पीडित किसानमाथी राज्यको यो दमन निन्दनीय छ। राज्यले सडकको समस्याको समाधान गर्नुभन्दा सुद्खोरको पक्षमा राज्य लागेको छ’ उनले भने। विगत ४२ दिनदेखि निरन्तर धर्नामा रहेका पीडित किसानमाथि लाठी चार्ज गरेर आन्दोलन दबाउने चेष्टा गरेको उनको आरोप छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नवलपरासीकै करिब ५ हजार पीडित किसान रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताले जानकारी गराएका छन्। दशैभरका मिटरब्याज पीडितका तथ्यांक स्वतन्त्रपूर्वक संकलन गर्ने हो भने लाखौंको संख्या पुग्ने उनले बताए।

यो अवधिमा सरकारले पीडित किसानको न्यायिक माग सम्बोधन गर्नुको सट्टा अनेकौं हर्कत अपनाएर बसेको छ। आन्दोलनलाई असफल बनाउने षड्यन्त्र गर्दै आइरहेको कुरा दुई दिनको दमनले प्रष्ट देखाएको छ। यसबाट सरकारको जनविरोधी एवम सुद्खोर चरित्र छरपष्ट भएको छ।

‘शान्तिपूर्ण प्रदर्शन जनताको आधारभूत मानव अधिकार हो। नेपालको संविधान २०७२ ले समेत यसको ग्यारेन्टि गरेको छ। तर सरकारले भीआईपीप. आएको हवाला दिँदै हाम्रो शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारमाथि प्रतिबन्ध लगाएको छ। यो फाँसिवाद हो, यो राज्य आतंक हो’ भन्दै संघर्ष समितिले प्रेस विज्ञप्ति निकालेको छ। 

साेमबार माइतीघर मण्डलास्थित धर्नास्थल जाने क्रममा आन्दोलनलाई बिथोल्न राज्यले दमन गर्दा  आन्दोलनकारीको टाउको फुटेको छ । यो सिलसिला मंगलबार चल्यो। आज प्रशासनको अनेकौं षड्यन्त्र तोड्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका आन्दोलनकारी माथि राज्यले चर्को दमन गरेको छ। मिटरब्याज पीडितहरु घाइते भएका छन् ।

निर्ग नविन, अंकित खनाल, फुलमति, ललित रावल, सन्देश गिरी, अनिता पण्डित, अवधेष कुश्वाह लगायतका करिब ३० जना पीडितहरुलाई गिरफ्तार गरेर लोकतन्त्रको धज्जी उडाएको छ। न्यायका लागि सर्वसाधारणले सडकमा आउन नदिएर सरकारले आफ्नो जनविरोधी तथा सुद्खोर संरक्षक चरित्र देखाउको काम गरेको छ । 

उनीहरु ४२औं दिनसम्म निरन्तर न्यायको खोजीमा छन् । तर राज्य नसुनेझैं गरेर बसिरहेको छ । सरकार पछिल्लो समयमा न्याय दिलाउन पहलभन्दा पीडित किसानमाथि बुट बजारेरै न्यायिक आवाज दबाउनेतर्फ अग्रसर भएको देखिन्छ।

Meterbyaji pidit (4)1663078895.jpg

Meterbyaji pidit (6)1663078895.jpg

Meterbyaji pidit (2)1663078894.jpg

Meterbyaji pidit (3)1663078894.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मन्त्रालयको २०८३ असोज २७ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरूको विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालय... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्