• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

जग्गा वर्गीकरणमा कास्कीका स्थानीय तहको अलमल 

रिखिराम जिसी बुधबार, साउन २५, २०७९  ०७:२५
1140x725

पोखरा– सरकारले गत जेठ २३ गते जारी गरेको भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आएको छ। यो नियमावली कार्यान्वयनसँगै देशैभर वर्गीकरण नभएका जग्गाको कित्ताकाट र अंशवण्डा रोकिएको छ। 

भूमि व्यवस्था मन्त्रालयले गत जेठ २७ गते जग्गाको कित्ताकाट र अंशवण्डा नगर्नू भनी परिपत्र गरेको थियो। सोही परिपत्र बमोजिम हाल देशैभर जग्गाको कित्ताकाट र अंशवण्डा रोकिएको छ। खेतीयोग्य जग्गा, कृषि क्षेत्र वा गैह्रकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू–उपयोग परिषद्ले भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैह्रकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने उल्लेख छ। 

सोही निर्णय बमोजिम स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ। तर, हालसम्म पनि कास्कीका पोखरा महानगरपालिकाबाहेकका स्थानीय तहमा जग्गा वर्गीकरणको काम सुरु भएको छैन। कास्कीका ४ स्थानीय तहले वर्गीकरण गर्ने भू–उपयोग परिषद् नै बनाउन सकेका छैनन्। जसले गर्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन।

पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले महानगरबाट जग्गा वर्गीकरणका लागि प्राविधिक समूह गठन गरिएको छ। ‘जग्गा वर्गीकरणका लागि कृषि महाशाखा प्रमुख मनोहर कडरियाको संयोजकत्वमा टेक्निकाल टिम गठन गरिएको छ,’ उनले भने, ‘टिमलाई मालपोत र नापीको मापदण्ड अनुसार वर्गीकरण गर्ने जिम्मेवारी तोकिएको छ।’

कास्कीका अरु तहले छलफलमा रहेको बताए पनि प्रक्रिया सुरु गर्न सकेका छैनन्। कुनै स्थानीय तहले भने पूरा अधिकार नपाउँदा प्रक्रिया सुरु गर्न ढिलाइ भएको दाबी गर्ने गरेका छन्।

मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा नियमावलीले कानुनी अधिकार दिए पनि व्यावहारिक अधिकार नआउँदा जग्गा वर्गीकरणको कार्य सुरु हुन नसकेको बताउँछन्। 

‘सरकारले स्थानीय तहलाई भू–उपयोग योजना बनाउन भू–उपयोग परिषद् गठन गर्ने जिम्मेवारी तोकेको छ,’ उनले भने, ‘संविधानले कानुनी अधिकार मात्र दियो। व्यावहारिक रुपमा अधिकार अझै प्रत्यायोजन गरेको छैन। आवश्यक जनशक्ति दिएको छैन। यो स्थितिमा हामीले तत्काल योजना बनाएर काम गर्न सक्ने अवस्था छैन।’

मालपोत कार्यालयबाट पनि आवश्यक समन्वय नभएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले दाबी गरे। ‘कानुन आएको छ। कानुनले वर्गीकरण गर्न भनेको छ तर त्यसको मापदण्ड के त, यसको समन्वय कसले गर्ने? केही व्यवस्था छैन। मालपोतबाट समन्वय गर्दा पनि आवश्यक समन्वय भएको छैन,’ सापकोटाले भने, ‘संघीय सरकारले भूमिसँग सम्बन्धित कार्यालय पालिका स्तरमा लैजाने भन्नेछ। कार्यान्वयनको चरणमा आएको छैन। कार्यान्वयनमा आएमा काम गर्न सहज हुनेछ।’

Ncell 2
Ncell 2

गाउँपालिकामा छलफल भए पनि प्रक्रिया अघि नबढेको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। जग्गा वर्गीकरणमा केही जटिलता रहेको उनले बताए। 

‘आजभन्दा १५/२० वर्षअघि एउटा प्लान बनाएको भए सबै ठाउँ व्यवस्थित हुन सक्थ्यो। अहिले खेतियोग्य जमिनमा बस्ती बसे, खेती नहुने ठाउँ यत्तिकै बाँझै रह्यो,’ उनले भने, ‘घर बनेका ठाउँलाई खेतीयोग्य जमिन भन्न नमिल्ने र खाली जमिनलाई खेतीयोग्य भन्न पनि नमिल्ने। यस्तो जटिलता छ वर्गीकरणमा।’

जग्गा वर्गीकरणको प्रक्रिया सुरु हुन नसकेको अन्नपूर्ण गाउँपालिका सूचना अधिकारी बलराम भुगाईले बताए।  सबै पक्षसँग छलफल गरी प्रक्रिया अघि बढाउने तयारी गरेको उनले सुनाए। 

नियमावली अनुसारको जिम्मेवारी तथा दरबन्दी हस्तान्तरण अझै नभएको रुपा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना बताउँछन्। ‘कानुनमा स्थानीय तहले गर्ने भनेर लेख्दिए,’ उनले भने, ‘जिम्मेवारी तथा दरबन्दी हस्तान्तरण भएको छैन।’ 

विपद् तथा जोखिम क्षेत्रको नक्सांकनको कार्य सञ्चालन भइरहेको ढुंगाना बताउँछन्। मालपोत र नापीको संयन्त्र नहुँदा जग्गा वर्गीकरण हुन नसकेको उनको भनाइ छ।  

जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख राजेन्द्र पौडेलले सरकारको परिपत्र अनुसार जग्गा वर्गीकरण नगरी कित्ताकाट र अशंवण्डा गर्न रोकिएको जनाए। ‘मालपोतबाट कित्ताकाट नगरी हुने कार्य मात्र भएका छन्। अहिले ३० प्रतिशत मात्र काम भइरहेको छ,’ पौडेलले भने। 

जग्गा वर्गीकरण गर्न स्थानीय तहले प्रक्रिया थालेको उनले जानकारी दिए। स्थानीय तहमा जग्गा वर्गीकरण गर्न भू–उपयोग समिति गठन गर्ने परिकल्पना छ। स्थानीय तहले पनि प्रक्रिया थालेको जनाएका छन्’, पौडेलले भने, ‘आगामी २५ गतेसम्म केही न केही नतिजा आउला।’ 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्