• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुखमा लोकतन्त्र, बगलीमा भ्रष्टाचार!

दधि अधिकारी बिहीबार, साउन १९, २०७९  ०८:०३
1140x725

जनार्दन शर्माले पुन: अर्थमन्त्रीले नियुक्ति पाएका छन्। यो अनुमान गरिए अनुरूप नै भएको हो। संसदीय छानबिन समितिले उनलाई चोख्याउँछ भन्ने कुरा जनस्तरमा पूर्वानुमान थियो। अर्थमन्त्री चोख्याउन मञ्चन गरिएको यो नाटकले पुनः एकपटक भ्रष्टाचार र व्यक्तिगत स्वार्थमा पार्टीगत भिन्नता गौण हुन्छन् भन्ने कुरा चरितार्थ भएको छ। 

अर्थमन्त्रीलाई चोख्याउने र जनताको आँखामा छारो हाल्ने यो घटना रुपमा केही फरक भए पनि सारमा भ्रष्टाचारजन्य यस्ता घटनाहरू नेपालको नियति नै भएको छ। कुनै पनि पार्टी र नेतृत्वमा पुगेको व्यक्तिले नितान्त व्यक्तिगत स्वार्थको निमित्त सत्ताको चरम दुरुपयोग गरेको यो पहिलो घटना होइन। पञ्चायत कालका कार्पेट काण्डदेखि अहिलेको अर्थमन्त्री काण्डसम्म आइपुग्दा हामीले राजावादी, कांग्रेस, कम्युनिस्ट सबै एक वा अर्को भ्रष्टाचारका घटनामा संलग्न भएको देखिसकेका छौं। त्यसैले निर्दोष (इनोसेन्ट) आम कार्यकर्ताले फलानो पार्टीले भ्रष्टाचार गर्‍यो भनेर कुनै एक पार्टी विशेषको मात्र बिरोध गर्नु र सामाजिक सञ्जालमा चिच्याउनुको कुनै अर्थ छैन। मौका मिले यहाँ सबैले भ्रष्टाचार गर्छन् र हजारौं फरकका बावजुद भ्रष्टाचारमा सबैको मतैक्यता हुन्छ। सबै भनेको पूर्ण रुपमा सबै अर्थात् नेता, कर्मचारी, प्रहरी, सेना, शिक्षक, व्यापारी, उद्योगी, उपभोक्ता समूह, गैरसरकारी संस्था, राजनीतिक कार्यकर्ता, पत्रकार आदी आदी। स्वाभाविक नै हो केही अपवाद हरेक क्षेत्रमा हुन्छन्। 

कुनै पनि देशको समृद्धिको निमित्त राजनीतिक प्रणालीको बारेमा गरिने बहस अब करिब करिब समाप्त भएको छ। जतिसुकै सैद्धान्तिक जामा पहिर्‍याए पनि अन्ततः लोकतान्त्रिक समाजवाद अर्थात् राजनीतिमा लोकतन्त्र र अर्थनीतिमा मिश्रित अर्थतन्त्र नै सबैभन्दा आदर्श राजनीतिक, सामाजिक, तथा आर्थिक प्रणाली हो भन्ने कुरा विगत दुई शताब्दीभन्दा बढीका प्राज्ञिक र राजनीतिक बहस तथा ति बहसहरूले निर्माण गरेका सिद्धान्तहरूको प्रयोग तथा ति प्रयोगहरुबाट सिर्जित परिणामहरूले प्रमाणित गरेका छन्। 

यसमा अब कसैलाई पनि कुनै किसिमको द्विविधा हुनु आवश्यक छैन। तर यो प्रणाली सुशासनसँग परिपूरक छ। अर्थात् सुशासन र लोकतन्त्रले एक अर्कालाई बलियो बनाउँछन् र एउटाको अभावमा अर्को मौलाउन सक्दैन। पूर्ण लोकतान्त्रिक मुलुकमा सुशासनको सुनिश्चितता हुन्छ भने सुशासनको अभावमा लोकतान्त्रिक मूल्य मान्यताहरू धराशायी भएर जान्छन्।

भ्रष्टाचार सुशासनको सबैभन्दा ठूलो पिलो हो। जसलाई सानोतिनो इच्छा शक्तिले निचोरेर फाल्न सकिँदैन। त्यसैले यदि हामी लोकतन्त्रका सच्चा हिमायती हौं भने अबको हाम्रो संघर्ष भ्रष्टाचारविरुद्ध केन्द्रित हुनु आवश्यक छ। अन्यथा लोकतन्त्र प्रतिको हाम्रो प्रतिबद्धता देखावटी मात्र हुनेछ र लोकतन्त्रको नाममा भूइँफुट्टा वर्गको हालीमुहाली झनै बढेर जाने छ।

भ्रष्टाचारका असर
भ्रष्टाचारका बहुआयामिक असर हुन्छन्। तीन दशकमा पनि नसकिने एउटा खानेपानी आयोजना, समापन नहुँदै भत्कने पुल मात्र भ्रष्टाचारका परिणाम होइनन्। खस्कँदो शिक्षा प्रणाली, बिग्रदो सुरक्षा अवस्था, अकर्मण्य सार्वजनिक प्रशासन, बढ्दो व्यापार घाटा, अकासिँदो महँगी, खस्कदो अन्तर्राष्ट्रिय प्रतिष्ठामा पनि भ्रष्टाचारको ठूलो योगदान हुन्छ। भ्रष्टाचार यदि यही गतिमा बढ्ने र लोकतान्त्रिक विधि यही रफ्तारमा क्षयीकरण हुने हो भने एक दिन यो समाज 'जिसकी लाठ उसकी भैंस' को पारामा चल्ने पूर्णत जंगली समाजमा परिणत हुन बेर लाग्ने छैन।

भ्रष्टाचार किन हुन्छ?
भ्रष्टाचारको सबैभन्दा प्रमुख कारण भ्रष्टाचारमा लिप्त व्यक्तिलाई भ्रष्टाचारबाट हुने घाटाभन्दा भ्रष्टाचारबाट हुने नाफा बढी हुनु नै हो। भ्रष्टाचारबाट हुने घाटा विभिन्न प्रकारका हुन्छन्। भ्रष्टाचार पश्चात् हुने सम्भावित समाजिक बहिष्करण र कानुनी कारबाही घाटाका केही उदाहरणहरू हुन्। तर नेपालमा यी दुवै अर्थात् सामाजिक बहिष्करण र कानुनी कारबाही हुने सम्भावना निकै न्यून रहेको छ। नेपाली समाजमा भ्रष्टाचारले सामाजिक मान्यता प्राप्त गरेको छ। कसैले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिलाई नेपाली समाजले प्रगतिको रुपमा प्रशंसा गर्दछ। यस्तै, कानुनी रुपमा कारबाही हुने कुराको त सम्भावना नै छैन। केही सानातिना घटनालाई छोड्ने हो भने भ्रष्टाचारका घटनामा कारबाही नै हुँदैन।

न त सामाजिक बहिष्करण न त कुनै कारबाही हुने डर, यस्तो हुँदा स्वाभाविक रुपमा मानिसले मौका पाउनासाथ भ्रष्टाचार गर्दछ। यी दुई प्रमुख कारणहरूको आधारमा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने अन्य असंख्य कारकहरू पैदा हुन्छन्। जस्तै खर्चिलो चुनाव, अरुको जीवन स्तरको देखासिकी, काम नगरी धनी बन्ने चाहना आदि इत्यादि भ्रष्टाचारका सहायक कारकहरू हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

भ्रष्टाचार कसरी निर्मूल गर्ने?
नेपाल जस्तो देश, जहाँ भ्रष्टाचारको निमित्त कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकजुट छ, त्यस्तो देशमा भ्रष्टाचार निर्मूल गर्नु फलामको चिउरा चपाउनु सरह हो। भ्रष्टाचार नियन्त्रण गर्न हाम्रो समाज नै इच्छुक छैन। यदि इच्छुक हुन्थ्यो भने भ्रष्टाचारी हो भन्ने थाहा हुँदा हुँदै मानिस भ्रष्टाचारीसँग भेटेको फोटो सामाजिक सञ्जालमा राख्ने, भ्रष्टाचारीलाई फूलमालाले स्वागत गर्ने वा ऊसँग भनसुन गरेर फाइदा लिने काम गर्दैनथ्यो। वास्तवमा भ्रष्टाचार निर्मूल गर्न मुख्यतःदुई कुरा चाहिन्छ। पहिलो, भ्रष्टाचार अनैतिक कार्य हो, यो गर्नु हुँदैन भन्ने स्वचेतना। दोश्रो, भ्रष्टाचार हुनै नदिने प्रणाली। 

मानिसमा भ्रष्टाचार गर्न हुँदैन भन्ने स्वचेतना विभिन्न कारणले जागृत हुन सक्छ। परम्परागत संस्कार, विद्यालयको शिक्षा प्रणाली वा देशका सार्वजनिक व्यक्तित्वका आचरण। तर हाम्रा सार्वजनिक व्यक्तित्वहरू नै भ्रष्टाचारमा लिप्त भए पछि आम नागरिकमा भ्रष्टाचार गर्नु हुँदैन भन्ने स्वचेतनाको विकास होला भन्ने आशा गर्न सकिँदैन। अहिलेको हाम्रो सामाजिक मनोविज्ञान भ्रष्टाचार मैत्री रहेको छ। त्यसैले नेपालमा निकट भविष्यमा पहिलो तरिकाले भ्रष्टाचार निर्मूल होला भन्ने आशा गर्न सकिँदैन।

भ्रष्टाचार नियन्त्रण गर्ने दोश्रो तरिका भ्रष्टाचार हुनै नदिने प्रणालीको विकास गर्ने हो। उदाहरणको लागि व्यापक रुपमा सूचना प्रविधिको प्रयोग गर्ने हो भने पनि भ्रष्टाचार केही हदसम्म नियन्त्रण गर्न सकिन्छ। तर, वर्तमान नेतृत्व र कर्मचारीतन्त्रले भ्रष्टाचार नियन्त्रण गर्न सक्ने प्रणालीको विकास नै गर्न दिँदैन। यसका अनेक उदाहरण पेस गर्न सकिन्छ। 

के नेपालमा भ्रष्टाचार नियन्त्रण सम्भव छैन?
माथिका दुई तरिकाहरू हेर्दा भ्रष्टाचार नियन्त्रण गर्नै नसकिने देखिन्छ। त्यसो भए के अब हामी पुर्पुरोमा हात लगाएर बस्तु सिवाय अरु उपाय छैन त?  

विश्वमा निकै कम भ्रष्टाचार हुने मुलुकहरु डेनमार्क, जापान, नर्वे जस्ता देशहरुमा भ्रष्टाचार नहुनुमा त्यहाँको सामाजिक संस्कार जिम्मेवार मानिन्छ। अर्थात् ति देशहरुमा मानिसहरु स्वविवेकले नै भ्रष्टाचार गर्दैनन्। कतिपय मानिसहरुले ति देशमा आम्दानी धेरै हुने भएकोले भ्रष्टाचार नभएको हो भन्छन्। तर विश्वका कतिपय देशहरु जहाँ आमदानी राम्रो हुँदा हुँदै पनि भ्रष्टाचार निकै बढी भएको पाइन्छ। उदाहरणको निमित्त रुसको प्रतिव्यक्ति आय करिब १५ हजार डलर हुँदा पनि रुस निकै धेरै भ्रष्टाचार हुने मुलुकमा पर्दछ।

अर्कोतर्फ विश्वका कतिपय देशहरुले आश्चर्यजनक रुपमा भ्रष्टाचार नियन्त्रण गरेका उदाहरण छन्। ति देशहरु मध्ये एक देश हो जर्जिया। सन् २००४ को भ्रष्टाचार सूचकांक (करप्सन पर्सेप्सन इण्डेक्स) मा जर्जिया १३३ औं स्थानमा थियो भने नेपाल ९० औं स्थानमा थियो। अर्थात् त्यतिबेला जर्जियामा भन्दा नेपालमा कम भ्रष्टाचार हुन्थ्यो। तर त्यस पछि जर्जियाले भ्रष्टाचार यसरी नियन्त्रण गर्यो की गत वर्षको सूचाकांकमा जर्जिया ४५ औं स्थानमा रह्यो भने नेपाल ११७ औं स्थानमा रह्यो। जर्जियाको उदाहरणबाट के देख्न सकिन्छ भने भ्रष्टाचारले जर्जर मुलुकमा पनि भ्रष्टाचार नियन्त्रण गर्न सकिँदो रहेछ।

भ्रष्टाचार नियन्त्रणको जर्जिया मोडल
सन् २००२ सम्म जर्जियामा चरम सीमाको भ्रष्टाचार हुन्थ्यो। जर्जियामा हुने भ्रष्टाचारको उदाहरण दिन एक ट्राफिक प्रहरीको उदाहरण दिने गरिन्छ। उक्त प्रहरीको मासिक तलब १० डलर मात्र थियो। तर उसले आफ्नो बिहेमा कुनै धनाढ्यले भन्दा कम खर्च गरेन। उसले बिहेको निमित्त आवश्यक रकम ट्रकहरू सँग घुस लिएर जम्मा गरेको थियो। ट्राफिक प्रहरी मात्र होइन हरेक सार्वजनिक सेवामा चरम भ्रष्टाचार थियो। भ्रष्टाचार कुन हदसम्म थियो भने जर्जियामा ३० हजार डलरमा ए ग्रेड सहितको विश्वविद्यालयको सर्टिफिकेट किन्न पाइन्थ्यो।

जर्जियामा सन् २००३ मा निर्वाचन भयो। उक्त निर्वाचनमा चरम धाँधली भयो र आम नागरिक धाँधलीको बिरोधमा सडकमा आए। उक्त बिरोधको नेतृत्व पूर्व कानून मन्त्री मिखाइल साकाशविलीले गरे। धाँधलीको बिरोध यति सशक्त भयो की जर्जियामा दुई महिना पछि पुन: निर्वाचन भयो र साकाशविलीको नयाँ पार्टीले ९६ प्रतिशत भोट ल्याएर निर्वाचन जित्यो। 

साकाशविलीको नेतृत्वको सरकारले सुधारको काम थाल्यो। सुधारको पहिलो काम ट्राफिक प्रहरीको पूरा सेट नै परिवर्तन गर्नु थियो। नयाँ नियुक्त ट्राफिक प्रहरीलाई निगरानी गर्न सीसीटीभी क्यामेरा र अन्डर कभर एजेण्टको व्यवस्था गरियो। ट्राफिक प्रहरीमा गरिएको यो परिवर्तनले काम गर्यो र यो तरिका क्रमशः अन्य प्रहरी, शिक्षा, अदालत जस्ता क्षेत्रमा प्रयोग गरियो। विश्व विद्यालयको परीक्षा निकै कडा गरियो र परीक्षाका प्रश्न पत्र विदेशमा छापियो। यस्ता प्रकारका विभिन्न उपायले जर्जियामा भ्रष्टाचार निकै हदसम्म कम भयो र सन् २००४ मा १३०५ डलर रहेको जर्जियाको प्रति व्यक्ति आम्दानी सन् २०२२ मा आइपुग्दा ५०४२ डलर भएको छ । यहाँ के कुरा उल्लेखनीय छ भने जर्जियामा कर्मचारीतन्त्रलाई विस्थापन गर्दा नयाँ रोजगारीमा २० देखि ३० वर्षका युवालाई प्राथमिकता दिइएको थियो।

नेपालमा के गर्नु पर्ला?
नेपालमा भ्रष्टाचार निर्मूल गर्न जर्जिया मोडेल बाहेकको विकल्प देखिदैंन। आगामी निर्वाचन यसको निमित्त सुवर्ण अवसर हुन सक्छ। हामीले के कुरामा विश्वस्त हुन जरुरी छ भने यही स्तरको भ्रष्टाचार रहने हो भने हाम्रो देश अर्को सय वर्षसम्म पनि यही अवस्थामा रहने छ र हामी पछिका सन्तानले पनि नेपालमा जन्मनुमा आफ्नो भाग्यलाई सराप्ने छन्।

भ्रष्टाचार नियन्त्रण गर्न पटक पटक परीक्षण भैसकेका नेताहरु इच्छुक हुने छैनन्। उनीहरुले यो काम गर्ने नै छैनन्। त्यसैले आगामी निर्वाचनमा स्वच्छ र इमान्दार छवि भएका क्षमतावान् नयाँ नेतृत्व चयन गर्नु भ्रष्टाचार नियन्त्रण तर्फको पहिलो कदम हुनेछ। या भनौं साकाशविली वा केजरीवाल जस्ता व्यक्तिहरुलाई नेतृत्वमा स्थापित गर्नको निमित्त आगामी निर्वाचनको उपयोग गरिनु पर्दछ। नेपालको सन्दर्भमा नाम नै किटेर भन्नु पर्दा डा. स्वर्णिम वाग्ले जस्ता इमान्दार, क्षमतावान र अन्तर्राष्ट्रिय पहिचान भएका व्यक्तित्वहरुलाई अबको निर्वाचनले स्थापित गर्नु आवश्यक छ। यसको निमित्त हरेक पार्टी भित्र सुशासनका पक्षधर एकजुट भै परिवर्तनको शंखघोष गर्नु अहिलेको आवश्यक्ता हो। होइन भने नेपाली जनतालाई लोकतन्त्रको ललिपप खुवाएर भ्रष्टाचारको छुरी धस्ने प्रवृत्ति सदासर्वदा जीवित रहने छ।

(डा. अधिकारी अर्थशास्त्री हुन्।  प्रस्तुत लेखमा उल्लेखित विषय लेखकका निजी विचार हुन्))

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्