• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बिदामा बस्नुपर्नेले नै गरे विवादित फैसला : सर्वोच्च तानिने न्यायाधीशको संख्या ६ पुग्यो, ७६ उजुरीमाथि छानबिन गर्दै परिषद्

64x64
नेपाल लाइभ बिहीबार, असार १६, २०७९  १६:४७
1140x725

काठमाडौं– विवादित फैसला गरेको आरोपमा ६ जिल्ला न्यायाधीशलाई सर्वोच्च अदालतमा तानेर छानबिन प्रक्रिया अघि बढाइएको छ।

पछिल्लो पटक जुम्ला जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहलाई तानेसँगै सर्वोच्चमा हाजिर हुने जिल्ला न्यायाधीशको संख्या ६ पुगेको हो। 

केही समयअघि मात्रै न्याय परिषद्बाट कारबाही भोगेर जुम्ला पुगेका न्यायाधीश सिंह पुनः विवादित भएपछि जिम्मेवारीविहीन बनाउँदै सर्वोच्चमा तानिएको छ।

आउँदो साउनको ८ गते ६३ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका न्यायाधीश सिंह एक महिना अघि बिदामा बस्नुपर्ने थियो। 

तर, उनी बिदामा नबसी विवादित फैसला गरेको भन्दै छानबिनका लागि सर्वोच्चमा तानिएको न्याय परिषद् स्रोतको भनाइ छ।

सिंहले बहुविवाहसम्न्धी एक मुद्दामा आर्थिक चलखेल गरेर विवादित फैसला गरेको आरोप लागेको छ। उनी यसअघि कपिलवस्तुमा हुँदा पनि विवादित बनेका थिए। त्यसबेला उनले फैसला गरेको घुसकाण्डको मुद्दा पनि विवादित बनेको थियो।

त्यसपछि उनलाई कपिलवस्तुबाट जुम्लामा काज खटाइएको थियो। जुम्ला पनि न्यायिक विचलन गर्न थालेको भन्ने उजुरी परेपछि उनी सर्वोच्च तानिएका हुन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला, अम्बिकाप्रसाद निरौला, सूर्यकुमार अधिकारी, रामेछाप जिल्ला अदालतका तत्कालीन न्यायाधीश बद्रीप्रसाद वली, अछाम जिल्ला अदादतका न्यायाधीश नवीन जोशी सर्वोच्च तानिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनका लागि बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि कोइरालालाई जिम्मेवारविहीन बनाएर छानबिन सुरु गरिएको छ।  

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी रुद्र पोखरेलबीच २ करोड घुस डिल भएको अडिओ रेकर्ड सार्वजनिक भएको थियो। 

अर्का न्यायाधीश ओलीमाथि सर्वोच्च तानेर छानबिन भइरहेको छ। काठमाडौंको महाराजगञ्जस्थित ६ रोपनी सरकारी जग्गा व्यक्तिको हुने फैसला गरेका थिए। यसबारे नेपाल लाइभले विस्तृत समाचार प्रकाशन गरेपछि उनलाई सर्वोच्च तानेर छानबिनसमेत सुरु गरिएको छ। 

उता बलात्कार पीडितलाई नै जेल सजाय तोकिएको विषय सार्वजनिक भएपछि अछाम जिल्ला अदालतका न्यायाधीश जोशीमाथि छानबिन भइरहेको छ। बलात्कार पीडित महिलालाई नै साढे तीन वर्ष कैद सजायको फैसला गरेपछि जोशीलाई सर्वोच्च तानेर छानबिन थालिएको हो। 

१२ वर्षपछि भारतबाट पक्राउ गरेर ल्याइएको अपहरणकारीलाई नै उन्मुक्ति दिएको खुलेपछि न्यायाधीश निरौलालाई पनि जिम्मेवारविहीन बनाएर छानबिन अघि बढाइएको छ। पर्याप्त आधार र प्रमाण हुँदाहुँदै भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलका अपहरणकारी सोले र कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई न्यायाधीश निरौलाले उन्मुक्ति दिएका थिए। 

बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको फैसला गरेका थिए। त्यसपछि विवादित बनेका निरौलामाथि अहिले छानबिन भइरहेको छ। 

यस्तै, मदिरा सेवन गरेर गाडी चलाउने र पैदलयात्रीलाई ठक्कर दिएर ज्यान नै गएको घटनाको फैसला सुनाउने न्यायाधीश अधिकारीमाथि पनि छानबिन भइरहेको छ। गम्भीर लापरबाहीबाट गाडी चलाएर महिलाको मृत्यु हुँदासमेत जम्मा ६ महिना कैदको फैसला सुनाएपछि न्यायाधीश अधिकारी विवादमा तानिएका थिए। 

मदिरा सेवन गरेका व्यक्ति पृथ्वी मल्लले हाँकेको गाडीको ठक्करबाट २०७६ मंसिरमा बुढानिलकण्ठमा लिला देवकोटाको मृत्यु भएको थियो। उक्त घटनामा सवारी ज्यानको कसुरमा १० वर्ष कैद सजाय माग गर्दै मुद्दा गर्दा गरिए पनि अधिकारीले जम्मा ६ महिना कैदको फैसला सुनाएका थिए। 

७६ उजुरीमाथि छानबिन गर्दै परिषद्

न्याय परिषद्मा न्यायाधीशहरुविरुद्ध परेका ७६ वटा उजुरी फर्छ्यौट गर्न बाँकी छन्। कुनै न्यायाधीशले आफ्नो पदीय दायित्व इमान्दारीतापूर्वक निर्वाह गर्न नसकेको, कार्यक्षमताको अभाव भएको तथा खराब आचरण भएको भन्ने लागेमा जो कोहीले पनि न्यायाधीशहरुविरुद्ध उजुरी गर्नसकिने व्यवस्था छ।

तर, यसरी परेका उजुरीमध्ये सबै दर्ता गरेर छानबिनको प्रक्रिया नजान पनि सक्छन्। उजुरी प्राप्त भएपछि न्याय परिषद्का सचिवलाई अस्वभाविक खालको लागेमा दर्तासमेत नुहने व्यवस्था छ। 

यसरी परेका उजुरीमध्ये ७६ वटा उजुरी भने दर्ता गरेर अहिले छानबिन भइरहेको न्याय परिषद् स्रोतले जनाएको छ। उजुरी दर्ता भएको मितिले तीन महिनाभित्र प्रारम्भिक छानबिनसमेत गरिसक्नुपर्ने न्याय परिषद नियमावली २९७४ मा उल्लेख छ।

पछिल्लो समय न्यायाधीशहरुले विवादित फैसला गरेको भन्दै छानबिनका लागि धमाधम सर्वोच्च तान्न थालिएको छ।

यसरी तानिएकामध्ये अधिकांशजसो न्यायाधीशहरुविरुद्ध न्याय परिषद्मा उजुरीसमेत परेको थियो। उक्त उजुरीको आधारमा छानबिन गर्दा गम्भीर गल्ती गरेको देखिएपछि उनीहरुलाई जिम्मेवारीविहीन बनाएर छानबिन गरिएको परिषद् स्रोतको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ
कार्टुन
सम्बन्धित सामग्री
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल खरिद–बिक्री गर्ने गरेको आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४... सोमबार, असोज ५, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परे... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्