काठमाडौं– गायिका इन्दिरा जोशीले मंगलबार (भोलि) विवाह गर्दैछिन्। फेसन डिजाइनर शरद केडियासँग उनी विवाह सम्बन्धमा जोडिन लागेकी हुन्।
विवाहको तयारीमा रहेकी इन्दिराले केही दिनअघि आफ्नो मेहन्दी परम्परा पूरा गरेकी छिन्। उनले आफ्नै घरमा मेहन्दी परम्परा गरेकी हुन्।
इन्दिराले सामाजिक सञ्जालमार्फत् मेहन्दीका तस्बिरहरू सार्वजनिक गरेकी छिन्। यी तस्बिरमा इन्दिरा गुलाबी रंगको सारीमा देखिन्छिन्। सँगै उनका आफन्तहरूको उपस्थिति देखिन्छ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका शरद र इन्दिरा केही समयअघि शरदले उनलाई प्रपोज गरेसँगै प्रेम सम्बन्धबारे सार्वजनिक रुपमा बोल्न थालेका थिए। इन्दिरालाई शरदले प्रपोज गरेको भिडियो निकै चर्चित समेत भएको थियो।
हेर्नुहोस् इन्दिराको मेहन्दीका तस्बिरहरू :
![](https://nepallive.com/elFinder-2.1.51/files/entertainment/indira/Indira-Mehandi%20%282%29.png)
![](https://nepallive.com/elFinder-2.1.51/files/entertainment/indira/Indira-Mehandi%20%283%29.png)
![](https://nepallive.com/elFinder-2.1.51/files/entertainment/indira/Indira-Mehandi%20%284%29.png)
![](https://nepallive.com/elFinder-2.1.51/files/entertainment/indira/Indira-Mehandi%20%281%29.png)
![](https://nepallive.com/elFinder-2.1.51/files/entertainment/indira/Indira-Mehandi%20%285%29.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।