• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रालयको खर्च 'एक रुपैयाँ' राख्ने प्रस्तावको अर्थ के हो?

64x64
नेपाल लाइभ बिहीबार, जेठ २६, २०७९  १९:४०
1140x725

काठमाडौं– बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद् सूर्यप्रसाद पाठक खानेपानी मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखेर रोस्ट्रमबाट बोलिरहेका थिए। उनले आफ्नो सम्बोधन सुरु गर्दै भनेका थिए- 'खानेपानी मन्त्रालयले प्रस्तावित गरेका कार्यक्रम र केही नीतिहरुमा मेरा असहमति छन्। तदनुरुप मैले खर्च कटौतीको प्रस्ताव पेस गरेको छु।'

सो 'प्रष्टोक्ति'पछि पाठकले आफ्ना कारणहरु प्रस्तुत गरेका थिए। पाठक जस्तै एमालेका १२ सांसद्ले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिसकेका छन्। उनीहरुले उस्तै भाषा प्रयोग गरिरहेका छन्। सन्दर्भका लागि पद्‌मा अर्याललाई लिन सकिन्छ।

कृषि मन्त्रालयको खर्च कटौती प्रस्ताव राख्दै जेठ २५ गतेको बैठकमा उनले भनेकी थिइन्- 'वास्तवमा यो बजेटमा ध्यान दिनुपर्ने कुरामा ध्यान नदिइएको, कृषि क्षेत्रको प्राथमिकताका विषयमा पैसा नछुट्याइएको, उत्पादन बढाउनका लागि विशेष कार्यक्रम उल्लेख नगरिएको, त्यसलाई पैसा नछुट्याइएको। यी कारणले कृषि मन्त्रालयमा अहिले उल्लेख भएका कार्यक्रमहरु भनेको खास गरेर स्थान विशेष लक्षित कार्यक्रमहरुका साथै पूर्वतयारी, कार्यान्वयन खाका र डीपीआर र कार्यविधि समेत तयार नभएका ठूल्‌ठूला रकमका एउटै शीर्षकका कार्यक्रमहरु छन्। यो कार्यान्वयन हुन पनि सक्दैन। यसका खर्च चालु आर्थिक वर्षमा खर्च हुन पनि सक्दैन। त्यसैले यी चिजहरु कटौती गरेर कृषि मन्त्रालयको (खर्च) एक रुपैयाँ मात्र कायम गरियोस् भन्ने रकम कटौतीको प्रस्ताव पेस गर्दछु।'

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथिको छलफल अन्तर्गत जेठ २४ यता विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल चलिरहेको छ। तीन दिनयता प्रत्येक दिन चार मन्त्रालयका शीर्षकमाथि छलफल चलिरहेको छ। यसक्रममा एमालेका सांसद्हरुले दैनिक जस्तो सम्बन्धित मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिरहेका हुन्।

२४ गतेको बैठकमा आशाकुमारी विकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; नरबहादुर धामीले वन तथा वातावरण मन्त्रालय; भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने 'खर्च कटौतीको प्रस्ताव' प्रस्तुत गरेका थिए।

त्यस्तै, जेठ २५ गते पद्‌मा कुमारी अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालय; विमला विकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गोकुल प्रसाद बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए।

जेठ २६ गते यज्ञराज सुनुवारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; सूर्य पाठकले खानेपानी मन्त्रालय; भीमबहादुर रावलले अर्थ मन्त्रालय र नवराज सिलवालले रक्षा मन्त्रालयको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रमुख प्रतिपक्षी दलले विभिन्न मन्त्रालयको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव राख्ने प्रचलन रहिआएको छ। खर्च कटौतीको प्रस्तावमा एक रुपैयाँ नै कायम गरियोस् भन्नुको अर्थ के हो? अरु रकम किन भनिएन? विनियोजन विधेयकका सन्दर्भमा यसको अर्थ के हो?

nimb
nimb

खासमा खर्च कटौतीको प्रस्तावका लागि तीन किसिमको विकल्प छन्। जुन प्रतिनिधि सभा नियमावलीमा व्यवस्था गरिएको छ। नियम १४३ अनुसार तीन किसिमको प्रस्ताव प्रस्तुत गर्न सकिनेछः
(क) शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्,
(ख) शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्, वा
(ग) शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्।

'शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्' भनी प्रस्तुत गरिएको प्रस्तावलाई शीर्षकमा निहित नीतिमाथि असहमति प्रकट गर्न प्रस्तुत गरिएको मानिनेछ। 'त्यस्तो प्रस्तावको सूचना दिने सदस्यले छलफल गर्न चाहेको नीतिको व्यहोरा स्पष्ट र यथार्थ रुपमा सूचनामा खुलाउनुपर्नेछ', नियमावलीमा भनिएको छ, 'त्यस्तो प्रस्तावमा उल्लिखित खास बुँदामा सीमित रही छलफल गरिनेछ र त्यसमा सदस्यले वैकल्पिक नीतिको सुझाव दिन सक्नेछन्।'

त्यसो त, खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने अन्य दुई सांसद्हरु पनि छन्, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवाल। उनीहरुले भने पछिल्ला तीन दिनकै छलफलमा 'शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्' भन्ने विकल्प प्रयोग गरेको देखिन्छ। यो विकल्पको अर्थ के हो त?

नियमावलीमा भनिएको छ- 'शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्' भनी प्रस्तुत गरिएको प्रस्तावलाई मितव्ययिता अवलम्बन गर्न प्रस्तुत गरिएको मानिनेछ। त्यस्तो प्रस्तावद्वारा शीर्षकमा उल्लिखित खर्च रकम एकमुष्ट घटाउने वा शीर्षकको कुनै उपशीर्षकलाई खारेज गर्ने वा त्यस्तो उपशीर्षकको खर्च रकम घटाउने कुरा प्रस्तावित हनु सक्नेछ। त्यस्तो प्रस्ताव पेस गर्न चाहेको सूचनामा छलफल गर्न खोजेको विषय संक्षिप्त र यथार्थ रूपमा खुलाएको हुनुपर्नेछ। त्यस्तो प्रस्तावमा छलफल गर्दा मितव्ययिता कसरी गर्न सकिन्छ भन्ने विषयमा मात्र छलफल गरिनेछ।'

तेस्रो विकल्प, शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस् भन्नेचाहिँ याे अधिवेशनमा हालसम्म कुनै सांसद्ले प्रस्ताव गरेका छैनन्। यो प्रस्तावलाई नेपाल सरकारको जवाफदेही भित्रको विषयमा प्रस्तावक सदस्यलाई चित्त नबुझेको विषय प्रकट गर्न प्रस्तुत गरिएको साङ्केतिक कटौतीको प्रस्ताव मानिनेछ र त्यस्तो प्रस्ताव पेस गर्न दिएको सूचनामा उल्लिखित चित्त नबुझेको खास विषयमा मात्र छलफल गरिनेछ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा
देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा शनिबार, भदौ १३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षाको सम्भावना शनिबार, भदौ १३, २०८३
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्