• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डा केसीलाई देखाएर 'विद्यार्थी विदेश पठाउनुपर्ने?' प्रश्न गर्ने प्रधानमन्त्रीले आफ्नै सांसदको यो संशोधन हेर्नु भयो?

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०७५  ०४:५४
1140x725

काठमाडौं- गत असार २५ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आमरण अनसनरत डा गोविन्द केसीप्रति निकै कडा रुपमा प्रस्तुत भए। प्रतिपक्षी दललाई कटाक्ष गर्ने नाममा प्रधानमन्त्री ओलीले डा केसीका माग पूरा गर्न नसकिने आफ्ना सांसदअघि आशय राखे। 'कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाई काठमाडौंका सडकमा केही मान्छे कराइरहेका छन्' भन्दै कडा प्रतिक्रिया दिए।

योसँगै उनले भनेको एउटा वाक्यले भने प्रधानमन्त्री स्वयं डा केसीको माग र उनले उठाएका मागअनुसार प्राप्त उपलब्धिबारे जानकार छैनन् भन्ने आभाष हुन्छ। त्यहाँ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनुपर्ने? हजारौं विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पताललाई कलेज बनाउन रोक्न मिल्दैन।’

यसो भन्दै गर्दा प्रधानमन्त्री ओलीले आफ्नै सांसद राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा विधेयकमा दर्ज गराएको संशोधन हेर्नु भयो कि भएन?

नेपाली विद्यार्थीलाई विदेश पढ्न पठाउनुपर्ने? नेपालमा पढ्न नदिने? भनेर प्रश्न गर्ने प्रधानमन्त्रीले डा केसीका माग, प्राप्त उपलब्धि र माथेमा प्रतिवेदन राम्रोसँग बुझेकै छैनन् भन्दा अतियुक्ति नहोला।

सरकारको बचाउ गर्ने नाममा डा गोविन्द केसीमाथि लागिरहने एउटा आरोप हो- नेपालमा थप मेडिकल कलेज खोल्न नदिएर नेपाली विद्यार्थीलाई चिकित्सा शिक्षाका लागि विदेशिन बाध्य बनाउँदैछन्, डा केसी।

त्यसभन्दा पनि अघि सरेर अर्कोथरिले आरोप लगाइरहेको छ– डा केसी विदेशमा विद्यार्थी पठाउने कन्सल्टेन्सीको निर्देशनमा यस्तो गरिरहेका छन्।

उनीहरुको तर्क छ– मनमोहन स्मृति मेडिकल कलेज र बी एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाए भने थप केही विद्यार्थीले नेपालमै चिकित्सा शिक्षा पढ्न पाउँथे।

चिकित्सा शिक्षा भित्रको खेलोफड्को उति नबुझिसकेका नेपाल कम्युनिष्ट पार्टीका एकथरी नेता कार्यकर्ता एउटा स्वार्थ मनमा राखेर समर्थन गरिरहेका छन्। उनीहरुलाई आशा छ– पार्टीनिकटस्थले चलाएका मेडिकल कलेजमा आफ्ना आफन्तलाई भनसुन गरेर चिकित्सा शिक्षा पढाउन पाइन्छ कि!

Ncell 2
Ncell 2
nimb
nimb

अर्को एउटा तप्का पनि छ। ऊ भावुक भइरहेको छ– कांग्रेस समर्थित व्यापारीले यत्रा मेडिकल कलेज खोल्ने तर हाम्रा श्रद्धय नेता मनमोहन अधिकारीको नाममा मेडिकल कलेज खोल्न किन रोकेको? यो तप्का एक कदम अघि बढेर डा केसीतिर धारे हात लगाउँदै भन्छ– पक्कै पनि यो डाक्टर कांग्रेस हुनुपर्छ।

माथि उल्लेखित आशयका आरोप लगाउने, आशा पाल्ने, भावुक हुने र तर्क गर्नेहरुको आँखामा आजसम्म छारो हाल्न सफल छन्, नयाँ मेडिकल कलेजको सम्बन्धन लिन गलफत्ति गरिरहेका व्यापारीहरु।

नेपालमा थप मेडिकल कलेज खोल्न नदिएर विद्यार्थी विदेशिन बाध्य पारेको आरोपका प्रशस्तै जवाफ छन्।  तीमध्ये पहिलो हो, काठमाडौं उपत्यका बाहिर पनि मेडिकल कलेज खुलुन् भन्ने डा केसीको अपेक्षा। दोस्रो, केदारभक्त माथेमाको संयोजकत्वमा गठित माथेमा प्रतिवेदनले काठमाडौंभित्र मेडिकल कलेज खोल्दा बिरामीको अभाव हुने निष्कर्ष निकालेको छ। तेस्रो, अहिले देशका अन्य भागका मेडिकल कलेजमा अध्यापन गराइरहेका प्रोफेसरहरु काठमाडौं केन्द्रित हुनेछन् र चलिरहेका मेडिकल कलेजको समेत विजोग हुनेछ।

यो आरोपको जबर्जस्त खण्डन भने मनमोहन मेडिकल कलेज सञ्चालन गर्ने सहकारीका अध्यक्ष राजेन्द्र पाण्डेको ‘नियत’ले गर्छ। प्रश्न उठ्छ– नेपाली जनताका छोराछोरी पढाउन मनमोहन खोलिएको हो त? पाण्डेले संसदमै लिखित रुपमा भनेका छन्– हुँदै होइन। यो त चिकित्सा शिक्षाको व्यापारका लागि खोलिएको हो। विदेशी विद्यार्थी धेरै ल्याएर पढाउने हो र कमाउने हो।
नपत्याए हेर्नुहोस्, उनले २०७३ साल असोज ११ गते चिकित्सा शिक्षा विधेयकमाथि दर्ता गराएको संशोधन। उनी त्यहाँ लेख्छन्, ‘विधेयकको दफा १७ को उपदफा ६ मा विदेशी विद्यार्थीको सिट संख्या ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत हुनेछ लेख्ने।’

अहिले नेपालका धेरै मेडिकल कलेजले एमबिबिएसका लागि १०० सिट पाइरहेका छन्। पाण्डेको अपेक्षा अनुसार विधेयक पास भयो भने नेपालका मेडिकल कलेजमा जम्मा २५ जना नेपाली विद्यार्थी पढ्न पाउनेछन्। विदेशी विद्यार्थी धेरै किन पढाउन चाहन्छन् भन्ने विषयमा त स्पष्ट पार्न पर्दैन होला। कुरा सरल छ– विदेशी विद्यार्थीबाट शिक्षण शुल्क बढी असुल्न पाउने व्यवस्था छ।
अब विदेश पढ्न जान बाध्य पार्‍यो भनेर डा केसीलाई आरोप लगाउनेले भन्नुहोस्– बढी शुल्क तिर्नेहरु बढी भर्ना गरिएलान् कि कम? खासमा कसले पार्दै रहेछ विदेश जान बाध्य? डा केसी कि पैसा बढी आउने आसमा नेपाली कोटा काटेर विदेशी कोटा बढाउनेहरु?

पार्टी निकटकाले चलाएको मेडिकल कलेजमा भनसुन गरेर आफन्त पढाउन पाउने आशा त ‘मेरिट’का आधारमा भर्ना हुने नियमले पहिल्यै तुहाइसकेको छ। तपाईंका जेहेन्दार आफन्तले मेरिटमै नाम निकाल्दा पनि सुरुमै तपाईंबाट ७५ प्रतिशत शुल्क उठाएर ‘ढाड सेक्ने’ योजना पाण्डेको छ। उनले त्यही संशोधन प्रस्तावको दोस्रो बुँदामा लेखेका छन्, ‘कुल शुल्कको पछि आधाको ठाउँमा ७५ प्रतिशत बनाउने।’

जबकि डा केसीको माग एमबिबिएस अध्ययनका क्रममा विद्यार्थीले तिर्ने शुल्क कम्तीमा पनि तीन किस्तामा तिर्ने व्यवस्था लागु गर्नुपर्छ भन्ने छ।

पाण्डेले तत्कालीन समयको विधेयकको तेस्रो बुँदामा दफा १८ को उपदफा १ (ग) हटाउने भनेका छन्। उक्त बुँदामा विद्यार्थीले पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठान मार्फत् बुझाउने भनिएको छ। मेडिकल कलेज सञ्चालकले सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क नउठाउन् भनेर यस्तो व्यवस्था गरिएको हो। तर, यो बुँदा हटाउन माग गर्नुमा पनि नियतमा खोट देखिन्छ।

अब रह्यो भावुक भएर हाम्रा आदरणीय नेता मनमोहन अधिकारीको नाममा खुलेको मेडिकल कलेजलाई सम्बन्धन किन नदिने? भनेर प्रश्न गर्नेहरुको कुरा।

मनमोहन जस्तो आदर्श नेताका नाममा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न नदिऔं भनिएको हो। देशकै सबैभन्दा ठूलो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर)लाई नै मनमोहनको नाम दिने कुरामा सहमति भइसकेको छ। यसमा त झन् खुसी लाग्नुपर्ने होइन र?

अन्त्यमा, चिकित्सा शिक्षाको वर्तमान ‘खेलोफड्को’सँग लिनुदिनु नभएका नेपाल कम्युनिष्ट पार्टीका नेता/कार्यकर्तामा विनम्र अनुरोध छ, ‘तपाईंका काँधमा बन्दुक राखेर गर्न लागिएको यो नीतिगत भ्रष्टाचारको हिस्सेदार बन्नबाट जोगिनुहोस्।’

केही व्यापारीले सर्वोच्च नेतालाई रिझाएर तपार्इंहरुलाई भिराइदिएको भ्रमको चश्मा फुकाल्नुहोस्। डा केसीका मागलाई नाङ्गो आँखाले हेर्नुभयो भने त्यहाँ भेट्नुहुनेछ, तपाईंका एजेन्डा।

किनभने,
दुर्गमका जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य उपचार हुनुपर्छ भन्ने कुराको तपाईं विरोधी होइन।

गरिब जेहेन्दार विद्यार्थीले निःशुल्क डाक्टर बन्न पाउनुपर्छ भन्ने विषयमा तपाईंको विमति रहँदैन।

सबै प्रदेशमा मेडिकल कलेज खुल्नुपर्छ भन्ने माग तपाईंलाई विभेदपूर्ण लाग्दैन।

पैसा तिरेर विदेशका कमसल कलेजबाट प्रमाणपत्र मात्र बोकेर आएका/आउने डाक्टरले तपाईलाई उपचार गरुन् भन्ने तपाईको चाहना पक्कै छैन।

मान्छेको ज्यानसँग खेल्ने पेशाकर्मी अर्थात् डाक्टर बन्ने पढाइ गुणस्तरीय हुनुपर्छ भन्नेमा फरक मत तपाईंको रहँदैन।

यति कुरामा तपाईंको समर्थन रहन्छ भने डा केसीको विरोधी कसरी हुन सक्नुहुन्छ?

प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  ०४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
टेकुमा प्लास्टिक गोदाममा आगलागी
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्