काठमाडौं–निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान रद्द गर्ने निर्णय गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी उक्त नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरिएको जनाएका हुन्। आयोगले उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोक्न पनि निर्देशन दिएको छ।
वैशाख ३० को मतदान कार्यमा बाजुराका प्रजिअ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका नायब उपरीक्षक चतर्भुज ओझा तथा सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक बिष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरेको भन्दै उनीहरुलाई ३ दिनभित्र हटाई सो पदमा अन्य जिम्मेवार कर्मचारी खटाउन पनि आयोगले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।