• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कस्तो बन्छ भरतपुर महानगरपालिकाको कार्यपालिका?

64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  १६:०७
1140x725

काठमाडौं- भरतपुर महानगरपालिकाको अन्तिम मतगणना सार्वजनिक भइसकेको छ। यस महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले जित निकालेका छन्। यो महानगरपालिकामा सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच र एमाले-राप्रपाबीच तालमेल भएको थियो। अन्तिममा सत्ता गठबन्धनले जित निकालेको हो।

माओवादी केन्द्रले प्रमुखमा जित निकालेको भए पनि महानगरपालिका अन्तर्गतका २९ वटै वडामा उसको उपस्थिति सशक्त छैन। वडा अध्यक्षदेखि सदस्यहरुसम्म बरु कांग्रेसले नै प्रभावकारी उपस्थिति देखाउन सकेको छ।

अन्तिम मत परिणाम अनुसार, कांग्रेसले भरतपुर महानगरपालिका १६ वटा वडाको अध्यक्ष जितेको छ। त्यस्तै, ३० वटा (खुला) सदस्य, १२ वटा महिला सदस्य र १६ वटा दलित महिला सदस्य जितेको छ। उपप्रमुखसहित भरतपुर महानगरपालिकामा कांग्रेसका जनप्रतिनिधिको संख्या ७५ पुगेको छ।

त्यस्तै, एमालेले ६ वटा वडा अध्यक्ष, २१ वटा (खुला) सदस्य, १४ वटा महिला सदस्य र ११ वटा दलित महिला सदस्य जितेको छ। उसका जम्मा जनप्रतिनिधि ५२ जना पुगेका छन्।

महानगर प्रमुखसहित माओवादी केन्द्रका जनप्रतिनिधि १० जना छन्। उसले ३ वडाअध्यक्ष, ४ (खुला) सदस्य, र २ दलित महिला सदस्यमा जित निकालेको छ।

त्यसैगरी, एकीकृत समाजवादीका ५, राप्रपाका ४ र स्वतन्त्र हैसियतका १ जना जनप्रतिनिधि पनि निर्वाचित भएका छन्।

भरतपुर महानगरपालिकामा २९ वटा वडा भएकाले यहाँ जम्मा जनप्रतिनिधि १४७ जनाको हुनेछ। यो नै भरतपुर महानगरपालिकाको नगरसभा हो। नगरसभामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सम्पूर्ण वडा सदस्यहरु रहने संवैधानिक व्यवस्था छ।

नगरसभामा कांग्रेसको एकल बहुमत छ।

Ncell 2
Ncell 2
nimb
nimb

अब लागौं नगर कार्यपालिकातिर। सम्बन्धित (महा)नगरपालिकामा गठन हुने यस्तो कार्यपालिका निकै महत्त्वपूर्ण संरचना हो। नगर कार्यपालिकामा स्थानीय तहको कार्यकारिणी अधिकार निहित हुन्छ। नगर कार्यपालिकाबाट बजेट तथा कानुनहरु पारित भएपछि मात्रै कार्यान्वयनमा आउने गर्छन्। नगर सभामा निर्वाचित जनप्रतिनिधिहरूको कुल संख्याको बहुमत-अल्पमतको अंकगणितको आधारमा नगर प्रमुखले अगाडि सारेका कार्यक्रमहरू अघि बढ्न सक्ने अवस्था रहन्छ।

नेपालको संविधानको धारा २१६ मा नगर कार्यपालिकासम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, प्रत्येक वडाका वडा अध्यक्ष, नगर सभाबाट निर्वाचित ५ जना महिला सदस्य र ३ जना दलित वा अल्पसंख्यक समुदायबाट रहने छन्। महिला सदस्यहरु नगरसभा (निर्वाचित जनप्रतिनिधिहरु) बाटै चयन हुनुपर्ने भए पनि दलित वा अल्पसंख्यकको हकमा भने नगर सभा सदस्य वा सम्बन्धित नगरपालिकाभित्रको मतदाता भए पुग्छ।

भरतपुर महानगरपालिकामा २९ वटा भएकाले त्यहाँ ३९ जनाको नगर कार्यपालिका गठन हुन्छ। त्यहाँ कांग्रेसको वर्चस्व हुने निश्चितप्रायः छ। किनकि, उसले महानगरपालिकाको उपप्रमुख जितेको छ। २९ मध्ये १६ वटा वडाको अध्यक्ष जितेको छ। नगरसभामा पनि उसकै बहुमत भएकाले त्यहाँबाट निर्वाचित भएर आउने ५ जना महिला र ३ जना दलित वा अल्पसंख्यक पनि उसैले चाहे अनुसार हुन्छन्।

अहिलेसम्म नगर कार्यपालिकामा माओवादी केन्द्रकोतर्फबाट ४ जना (एक प्रमुखसहित ३ जना वडा अध्यक्ष) निश्चित छ। एमालेको ६, एकीकृत समाजवादीको ३ र स्वतन्त्र एक जना रहने पनि निश्चित छ। कार्यपालिकामा कांग्रेस बाहेक बाँकी सबै दल मिलेमा पनि बहुमत पुर्यामउने सक्ने सम्भावना छैन।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्