• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्वतन्त्र उम्मेदवारको जितमा कलाकार खुशी

64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  १२:०३
1140x725

काठमाडौं– वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम अन्त्यतिर पुगेको छ। अब चारवटा स्थानीय तहको मात्रै अन्तिम मत परिणाम आउन बाँकी छ। यसबीच देशभर १३ जना स्वतन्त्र उम्मेदवारहरुले पालिका प्रमुखमा जित निकालेका छन्। 

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका धरान उपमहानगरपालिकामा हर्कराज राई (साम्पाङ), धनगढी उपमहानगरपालिकामा गोपाल हमाल र काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन)को चर्चा चुनाव हुनु अघिदेखि नै थियो। खासगरी हमाल र साहको चर्चा धेरै थियो।

चुनावको क्रममा पनि कलाकारिता क्षेत्रका मानिसहरुले उनीहरुलाई विशेष रुपमा साथ दिएको देखिएको थियो। मुख्यगरि धरानका हर्कराज साम्पाङ र काठमाडौंका बालेनका लागि कलाकारिता क्षेत्र उत्साहित देखिएको थियो। 

अहिले धरानमा हर्कले जित निकालेसकेर मेयरका रुपमा काम गर्न थालेका छन् भने काठमाडौंमा बालेनको जित निश्चित भइसकेको छ।

दुई ठाउँका स्वतन्त्र उम्मेदवारको विजयमा कलाकारिता क्षेत्रमा पनि उत्साह देखिएको छ। विभिन्न माध्यमबाट कलाकारहरुले उनीहरुको जितमा आफ्नो मनमा आशा पलाएकोदेखि खुशी भएका कुराहरु सार्वजनिक गरेका छन्।
 
गायक तथा संगीतकार शिव परियारले धरानमा हर्क र काठमाडौंमा बालेनको जितले आफ्नो मनमा नयाँ आशा पलाएको बताएका छन्। उनले धेरै वर्षपछि मरेको आशा फेरि पलाएको बताउँदै देश बन्ने सुरुवात काठमाडौं र धरानबाट हुने अपेक्षा गरेका छन्।

‘धेरै वर्षपछि मेरो मरेको आशा फेरि पलाएको छ। अब यो देश बन्ने सुरुवात काठमाडौं र धरानबाट सुरुवात हुने छ,’ गायक परियारले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, ‘काठमाडौं फेरि राम्रो बन्ने छ। आशा गरौं यो देश बन्ने उदाहरणीय सुरुवात काठमाडौं र धरानबाटै हुने छ। साँच्चै नै हामी सारा नेपाली जनताले एउटा उदाहरणीय नेताको आशा गरेका छौं। आशा यही राखौं हामी नागरिकको मन फेरि पनि पक्कै दुखाइने छैन। मेयर हर्क साम्पाङ अनि बालेन्द्र साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले धरानमा मेयरमा निर्वाचित हर्कको तस्बिरलाई नै आफ्नो प्रोफाइल पिक्चरको रुपमा राखेकी छिन्। स्वतन्त्र उम्मेदवारको जितलाई साथ र हौसला दिँदै सुरक्षाले मंगलबार राति आफ्नो प्रोफाइल पिक्चरलाई परिवर्तन गरेर हर्कको तस्बिर राखेकी हुन्। 

सामाजिक सञ्जालमार्फत उनले बलेन र हर्कको समर्थन गरेकी छिन्। उनले तस्बिर राख्दै भनेकी छिन्, ‘धरानका मेयर हर्क साम्पाङ राई, एक क्रान्ति। हामी दुई फरक नेतृत्व एकसाथ राजनीतिमा देख्न पाउने भाग्यमानी हौं।’

Ncell 2
Ncell 2
nimb
nimb

सुरक्षाले काठमाडौंको नगर प्रमुख बालेन साह भएको भन्दै उनलाई शुभकामना दिँदै काम गर्न कठिन हुनसक्ने बताएकी छिन्। उनले नयाँ प्रतिनिधिले काठमाडौंको विकासका लागि निर्णय गर्ने पदमा भएपनि पूर्ण रुपमा निर्णय लिन नपाउने अवस्था भएको बताएकी छिन्। 

उनी एकको इच्छाले नपुग्ने भएकाले धेरै काम रोकिने वा नहुने अवस्था भएको देखिरहेको बताउँछिन्। सुरक्षा लेख्छिन्, ‘अबको नगर प्रमुख अर्थात् मेयर बालेन्द्र साहजीलाई धेरै धेरै शुभकामना। तपाईंको जोस र होसको सन्तुलनले जादु गरेको छ। एउटा नयाँ प्रतिनिधि जो अब काठमाडौंको विकासका लागि निर्णय रुपी पदमा हुनेछन् तर पनि पूर्ण रुपमा निर्णय लिन नपाउने अवस्था पनि छ किनकी एकजनाको मात्र इच्छाले नपुगेर धेरै कामहरु रोकिने वा नहुने अवस्था भएको प्रत्यक्ष देखिरहेको पनि हो। आफ्नो हकमा नियुक्ति गर्न मिल्ने टिम चाहिँ बिचार गरेर छान्नुहोला जसले तपाईंलाई काम गर्न सजिलो गरिदियोस् र तपाईंको अनुपस्थितिमा पनि अर्को बालेन भएर काम गरोस्। तपाईंको बेजोड कार्यकालको लागि ऊर्जा दिने साथ र सहयोग गर्ने कोसिस हामीहरु पक्कै गर्नेछौं।’

कलाकारिता क्षेत्रका हस्तीहरुले बालेनलाई चुनावी प्रचारकै क्रममा पनि सामाजिक सञ्जालमार्फत निकै साथ दिएका थिए। उनी विजय भएपछि कलाकारहरुले उनलाई बधाईसँगै चुनौती भएकाले काम गर्ने विषयमा ध्यान दिन आग्रह गरेका छन्।
 
अभिनेता तथा निर्देशक निश्चल बस्नेत आफ्नो फेसबुकमार्फत् स्वतन्त्र उम्मेदवारको जितमा खुशी निरन्तर साटिरहेका छन्। केही दिनअघि जुम्लाको चन्दननाथ नगरपालिकामा निर्वाचित राजु सिंह कठायतको जितमा खुशी साटेका  उनले धरानमा निर्वाचित हर्कको जितमा पनि उत्सव मनाएका छन्। उनी सामाजिक सञ्जालमार्फत खुशी साट्दै लेख्छन्, ‘स्वतन्त्रको जित सायद जनताको जित हो। त्यही बुझेर धरानका मतदाताले सुटुक्क हर्क साम्पाङज्यूलाई जिताए। काम गर्ने मान्छे लौरो टेक्दै भएपनि आइपुग्छन् गन्तव्यमा।’

निश्चत बालेनको समर्थनमा पनि निरन्तर सामाजिक सञ्जालमार्फत् बोलिरहेका छन्। मतदानअघिबाटै निरन्तर बालेनको समर्थनमा देखिएकी अभिनेत्री स्वस्तिमा खड्का पनि बालेनको जित निश्चित भएपछि खुशी देखिएकी छिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बालेनले पाएको मत परिणामबारे सामाजिक सञ्जालमा निरन्तर लेख्नेदेखि उनको समर्थनमा र पक्षमा लेखिएका सन्दर्भहरुलाई सेयर गरेर साथ दिनेमा स्वस्तिमाको सक्रियता देखिएको छ।

यता, निर्देशक दीपेन्द्र के खनाललाई भने बालेनको जित निश्चित भएसँगै खुशीले छोएको छ। मतदानअघिबाटै निरन्तर बालेनको समर्थनमा देखिएका खनालले मंगलबार बालेनको जित निश्चित भएसँगै सामाजिक सञ्जालमार्फत बधाई दिन भ्याएका छन्। उनी लेख्छन्, ‘काठमाडौंको फोहोर अब देख्न पाइँदैन भन्ने आशा र भरोसाका साथ नयाँ मेयर साबलाई  बधाई तथा सफल कार्यकालको शुभकामना।’

अभिनेत्री तथा नेकपा एमालेकी नेता करिश्मा मानध्नरले पनि काठमाडौं महानगराबसीको रोजाईमा बालेन मेयर भएको भन्दै बधाई दिएकी छिन्। उनले लेखेकी छिन्, ‘लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुनछ। जनताको मन त्यतातर्फ आकर्षित हुन्छ, जहाँ जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन्। काठमाडौं महानगरवासी जनताको रोजाई हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना।’

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्