काठमाडौं– वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।
अब ७ हजार ५०७ मत मात्र गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हालसम्म एक लाख ८३ हजार ६ सय ७९ मतगणना भइसकेको छ। काठमाडौंमा एक लाख ९१ हजार १ सय ८६ मत खसेको थियो।
हाल काठमाडौं महानगरपालिकाको १४, १५ र १६ नम्बर वडाको मतगणना चलिरहेको छ।
पछिल्लो परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार १ सय ४९ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मतसहित दोस्रो स्थान ओगटेकी छ्न्।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २१८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।