काठमाडौं–रौतहटको गरुडा नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।
प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवाल ४ हजार ५६४ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका बृजकिशोरप्रसाद यादव ४ हजार ५२६ मत ल्याए। यहाँ प्रमुखमा जनता समाजावादी पार्टी चौथो भएको छ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी पुनमकुमारी चौधरी ६ हजार ७०३ मतसहित विजयी हुन्। उनकी प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४ हजार ४७७ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।