काठमाडौं– सरकारले सोलुखुम्वुको फाप्लुमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएको छ। मंगलबार संघीय संसदमा पेस भएको नीति तथा कार्यक्रममा सरकारले उक्त कुरा उल्लेख गरेको हो।
त्यस्तै धुर्मुस सुन्तलीले निर्माण थालेको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई पनि पूरा गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
साथै नीति तथा कार्यक्रममा खेलकुद विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने र प्रदेशमा खेलग्राम बनाइने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।