काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ।
नेकपा एमालेका प्रमुखका उम्मेदवार टिकाराम खड्काले २५ हजार ९६० मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २४ हजार ९१ मत प्राप्त गरेका छन्।
उपप्रमुखतर्फ पनि नेकपा एमालेका उम्मेदवार स्यानी चौधरीले २५ हजार ६७५ मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राना मगरले १७ हजार ९१७ मत प्राप्त गरेका छन्।
प्रमुखमा एमाले र कांग्रेसका उम्मेदवारबीच १ हजार ८६९ को मतान्तर छ। भने उपप्रमुखमा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच ७ हजार ७५८ को मतान्तर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।