चितवन– भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छिन्। उपप्रमुख पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारीले जितेका छन्।
प्रमुखमा दाहालले ५२ हजार २८ मत पाइन् भने उपप्रमुखमा अधिकारीले ५२ हजार ८०३ मत पाए। महानगरको उप्रमुखसँगै कांग्रेसले सबैभन्दा धेरै १५ वडामा जित हात पारेको छ।
कांग्रेसले वडा नम्वर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३ र २७ मा जितेको छ। त्यस्तै एमाले ६ वडामा जित हात पार्याे। एमालेले वडा नम्बर ३, ११, १२, १८, १९ र २९ मा जितेको हो।
महानगरप्रमुखसहित माओवादी केन्द्रले चारवटा वडामा जितेको छ। माओवादी केन्द्रले १३, २४, २६ र २८ मा वडाध्यक्ष जितेको छ। यस्तै एकीकृत समाजवादी ७, ९, २२ गरि ३ वडा र वडा नम्बर २५ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।
यी हुन् भरतपुर महानगरका १४७ निर्वाचित जनप्रतिनिधिहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।