धनगढी– पत्रकारिता छाडेर राजनीतिमा होमिएका गणेश चौधरीले कैलालीको जानकी गाउँपालिकाको अध्यक्षको पद्भार सम्हालेका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका चौधरीले मंगलबार पद्भार सम्हालेका हुन्।
पत्रकारिता क्षेत्रमा करिब अढाइ दशक बिताएका उनी सो पेसाबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए।
चौधरी ७ हजार १५१ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। उनीसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार परशुराम महतौं (कठरिया) ले ५ हजार २४२ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।