काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन शाह)ले ५० हजार मत कटाएका छन्।
जारी मतगणनाको पछिल्लो अध्यावधिक परिणामअनुसार बालेनले ५० हजार ३० मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ३० हजार ७६७ मतसहित बालेनलाई पछ्याइरहेकी छन्।
बालेन र सिर्जनाबीच १९ हजार २६३ मतको अन्तर छ। नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने सिर्जना भन्दा पनि पछि छन्।
पछिल्लो परिणामनुसार स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।