काठमाडौं– रौतहटको वृन्दावन नगरपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। समाजवादीका प्रमुख पदका उम्मेदवार विनोदप्रसाद कुर्मी ६ हजार ११२ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामस्नेही राय यादवले ४ हजार ६७८ मत प्राप्त गरे। त्यस्तै उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादी नै निर्वाचित भएको छ।
समाजवादीकी उम्मेदवार संगिताकुमारी लामाले ५ हजार ७७२ मत प्राप्त गरिन्। नेपाली कांग्रेसका सैवुन खातुनले ४ हजार ६८८ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।