• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनावी कमान्डरकै गृहनगरको पराजयले कर्णालीमा खुसी हुन नसकेको कांग्रेस 

64x64
नेपाल लाइभ आइतबार, जेठ ८, २०७९  १५:२३
1140x725

सुर्खेत– स्थानीय तहको निर्वाचनको ९५ प्रतिशत बढी नतिजा आइसकेको छ। देशभरको नतिजालाई केलाउने हो भने नेपाली कांग्रेसले उत्साहजनक सफलता हासिल गरेको छ। 

सफलताले पार्टी उपसभापति तथा स्थानीय तह चुनावका ‘कमान्डर’ पूर्णबहादुर खड्कालाई खुसी बनाउनुपर्ने हो। तर, उनी खुसी बन्न सकेको देखिँदैन। 

गृहनगर सुर्खेत वीरेन्द्र नगरपालिकामा माओवादीसँग गठबन्धन गर्दासमेत कांग्रेसले हार बेहोर्नुपर्‍यो। नगरमा प्रमुख र उपप्रमुख मात्रै होइन, १६ मध्ये ११ वडा एमालेले जित्यो।

गृहजिल्ला सुर्खेतकै नतिजा पनि खड्काका लागि निराशाजनक रह्यो। २०७४ मै ६ वटा पालिका जितेको कांग्रेसले यसपल्ट दुईटा गुमायो। गुमेका दुईटै भेरीगंगा र चिंगाड गाउँपालिका उपसभापति खड्काकै निर्वाचन क्षेत्रभित्र पर्छन्।

संघीय निर्वाचनमासमेत कांग्रेसको ‘भोट बैंक’का रुपमा चिनिने यी पालिकासहित सुर्खेतको समग्र पराजयलाई खड्काले सहज रुपमा लिएका छैनन्। 

कांग्रेसको स्थानीय नेतृत्वलाई उनले हारको ‘कारक र कारण’ खोज्न निर्देशन गरिसकेका छन्। त्यसले सुर्खेत कांग्रेसमा ‘कम्पन’ पैदा गरेको छ।

समग्र लाभले नदिएको सन्तुष्टि
कर्णालीका ७९ पालिकामा २०७४ सालमा कांग्रेसले २५ पालिका मात्रै जितेको थियो। २७ पालिका जितेर एमाले पहिलो बन्दा कांग्रेसको हैसियत माओवादीसँग बराबरी बनेको थियो।

यसपल्ट कांग्रेसले ७ वटा पालिका बढाएर संख्या ३२ पुर्‍याएको छ। प्रतिष्पर्धी दल एमालेले १२ वटा गुमाएर १५ मा झरेको छ। गठबन्धनबाट माओवादी केन्द्रले शक्ति बढाउन सकेन। उल्टो दुईटा पालिका गुमाएर २३ मा झरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी हेर्दा कर्णालीमा कांग्रेसको प्रभाव बढेको छ। तर, कर्णाली प्रदेशको सदरमुकामसमेत रहेको समग्र केन्द्र सुर्खेतको हार उपसभापति खड्काले सहजै पचाउन अवस्था छैन। समग्रमा प्राप्त लाभबाट सन्तुष्टि नलिने संकेत उनले देखाइसकेको स्थानीय नेताहरु बताउँछन्। 

अन्तर्घातको आरोप
सुर्खेतको वीरेन्द्रनगरसहितका पालिकामा कांग्रेसको हारलाई पार्टीको कमजोरीका रुपमा स्वीकारिएको छैन। बरु कांग्रेसकै एउटा समूहले अन्तर्घात गरेको चर्चा चियाचौतारोमा छ। उपसभापति खड्का पक्षले कांग्रेस पूर्व केन्द्रीय सदस्य हृदयराम थानी समूहले अन्तर्घात गरेको आरोप लगाएको छ।
 
स्थानीय तहको उम्मेदवारीमा ४० प्रतिशत भाग उक्त समूहले मागेको थियो। तर, उक्त समूहको माग सम्बोधन हुन सकेन। थानी समूह असन्तुष्ट रह्यो। त्यही असन्तुष्टि मतपेटिकामा झरेको रुपमा कांग्रेसको खड्का समूहले आरोप लगाएको छ। 

कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको एमालेलाई सघाएकोदेखि राप्रपालाई मतदान गरेकोलगायतका चर्चा अहिले सुर्खेतमा चलिरहेका छन्। 

वीरेन्द्रनगरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ मत अन्तरले पराजित गर्दै एमालेकी मोहनमाया ढकाल मेयरमा विजयी भएकी हुन्। 

Xtrem

Xtrem

ढकालले १६ हजार ३८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए ।  जबकी अघिल्लो निर्वाचनमा कांग्रेस एक्लै लड्दासमेत देवकुमार सुवेदीले १४ हजार चार सय पाँचमत ल्याएर नगर प्रुमख पदमा विजयी भएका थिए। यसपल्ट मतदाता संख्या १६ हजारभन्दा बढीले बढ्नुका साथै माओवादी केन्द्रसँग गठबन्धन छ।
 
२०७४ मा एमालेका बालाराम शर्माले १३ हजार आठ सय ९९ मत ल्याएका थिए। मोहनमाया ढकालले थप ३ हजार बढाउनु बढेकै मतको अनुपातका रुपमा लिइएको छ। 

कांग्रेसले गत वर्ष ल्याएको मतको अनुपातमा बढ्दासमेत अहिले ल्याएको भन्दा बढी हुन्छ। त्यसैमा माओवादी केन्द्रको मत थपिएको छ। उक्त मतको खोजी कांग्रेसका स्थानीय नेताहरुले गरिरहेका छन्। 

त्यसमध्ये एउटा ‘क्लु’ भेटेका छन्। कांग्रेसका असन्तुष्ट कार्यकर्ताले राप्रपामा भोट हालेको रुपमा प्रचार हुन थालेको छ। गत निर्वाचनमा एक हजार भन्दा कम मत ल्याएको राट्रिय प्रजातन्त्र पार्टीले यसपल्ट १० हजार मत पाएको छ।
 
राप्रपाका मुकुन्दश्याम गिरीले १० हजार ६ मत पाएका हुन्। राप्रपाकै मत बढेको भन्ने विश्लेषण सोही पार्टीकी उप्रमुखकी उम्मेदवार लक्ष्मीकुमारी सार्कीले ल्याएको भोटले गलत सावित गर्छ। सार्कीले जम्मा ३ हजार ६९७ मत पाएकी छन्।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:२३
  • #नेपाली_कांग्रेस
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग?
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्