• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

हर्क साम्पाङ : जसले ठूला दललाई हाराबारा खेलाएर धरानको मेयर बने

64x64
नेपाल लाइभ आइतबार, जेठ ८, २०७९  १७:४९
1140x725
तस्बिर: प्रतित चाम्लिङ राई (रुटिन अफ नेपाल बन्द)

काठमाडौं– ‘तपाईंको घर त भयो। परिवार पनि भयो। तर, यो धरान कसको हो? यो देश कसको हो? यो नेपाल कसको हो? यो भारतले बनाउने हो? चीनले बनाउने हो? कसले बनउने नेपाल? कसले जगाउने नेपाल? तपाईं हामी मिलेर बनाउने हो।’

हर्क साम्पाङले चुनावअघि टेम्पोछेउ उभिएर गरेको भाषणको अंश हो यो। उनले ठूला मञ्च बनाएर भाषण गरेनन्। संभवै नहुने सपना देखाएनन्। समस्या र विकृति देखाए अनि आफूले समाधान गर्न सक्ने उपाय सुनाए।

यही वाचा उनलाई चुनाव जित्न पर्याप्त भयो। किनभने धराने जनता दलहरूको ‘झूटो आश्वासन’बाट हैरान भइसकेका थिए। उनको जित किन पनि महत्त्वपूर्ण भयो भने, उनले सत्ता गठबन्धन र धरानमा परम्परागत रूपमा बलियो मानिएको एमालेका ‘हेभिवेट’ उम्मेदवारलाई पराजित गरेका हुन्। साम्पाङले २० हजार ८२१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १६ हजार ५९ र एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाएका छन्।

हर्क साम्पाङ धरानबाहिरका नागरिकका लागि नयाँ नाम हुनसक्छ, तर धरानेहरूका लागि नयाँ होइनन्। उनी भ्रष्टाचार विरोधी अभियानदेखि सामाजिक विकृतिविरुद्ध हाते माइक बोकेर सडकमा आवाज घन्काउँदै हिँडेको धेरै भयो। 

उनी यसपटक मात्र होइन, २०७७ सालको उपनिर्वाचनमा पनि धरानको मेयरमा उम्मेदवार बनेका थिए। तर, उनले सफलता पाउन सकेनन्। वास्तवमा उनको जमानत पनि जोगिएन। त्यति बेला साम्पाङले जम्मा ५४० मत पाएका थिए।

चुनावमा पराजय भए पनि उनको अभियान रोकिएन। उनी विकृति र विसंगतिविरुद्ध लडिरहे। अनि, ती विकृति र विसंगति रोक्न आफैं मेयर हुनुपर्छ भन्ने भावना झनै दरिलो भयो। र, फेरि उनी मेयरको उम्मेदवार भए।

साम्पाङले धरानको माटोलाई ‘ढोगेर’ चुनावी अभियान सुरु गरे। उनी टेम्पोमा एक्लै हिँड्थे। हरेक चोक र टोलमा रोकिन्थे। टेम्पोबाहिर उभिएर आफ्ना कुरा राख्थे। उनका भाषणमा धरानमा भइरहेका विकृतिका विषय हुन्थे। समस्या बताउँथे र समाधानको उपाय पनि भन्थे। चुनाव नजिकिँदै जाँदा उनलाई साथ दिने जनताको समूह पनि बढ्दै गयो। 

Ncell 2
Ncell 2
nimb
nimb

साम्पाङले राजनीतिक पार्टीको उम्मेदवारजस्तो प्रचारमा अध्यधिक खर्च गरेनन्। उनी सामान्य आर्थिक अवस्था भएको परिवारका सदस्य हुन्। परिवार पाल्न संघर्ष गरेका छन्। त्यस क्रममा  वैदेशिक रोजगारीमा पनि पुगे। त्यही भुईंमान्छे अहिले धरानको मेयर भएको छ, त्यो पनि कुनै दलको फेर नसमाती नै। 

सामाजिक कामबाट राजनीतिमा फड्को 
साम्पाङ वैदेशिक रोजगारीका लागि केही वर्ष इराक र अफगानिस्तान बसे। नेपाल फर्किएपछि धरानमा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्न थाले। उनले त्यही बेला ‘राष्ट्रिय एकता सञ्जाल’ नामको संस्था खोले। यो संस्थाले भ्रष्टाचारविरुद्ध विभिन्न अभियान सञ्चालन गर्छ।

सामाजिक विकृतिविरुद्ध अभियान चलाएका साम्पाङको नामको पछाडि त्यति नै बेला ‘क्रान्ति’ उपनाम थपिएको थियो। मेयरका लागि उम्मेदवारी दिएसँगै सामाजिक सञ्जाल फेसबुकमा उनको आधिकारिक पेज पनि ‘हर्क साम्पाङ : एउटा क्रान्ति’ नाममा बनाइयो।

उनका अभियानले उनलाई चिनाइसकेका थिए। त्यही चिनारी यसपटक ‘मत’मा बदलियो। उनी संस्थागत रुपमा चुनवामा होमिएका दलका उम्मेदवारलाई पाखा लगाउन सफल भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साम्पाङले राजनीतिशास्त्रमा स्नातक तह पूरा गरेका छन्। वैदेशिक रोजगारीमा देशबाहिर पनि पुगेकाले बेरोजगारी र शिक्षाको महत्त्व बुझेका छन्। स्थानीय समस्याबारे त भलिभाँति जानकार छन्। 

धरानको खानेपानी समस्या समाधानका लागि गरेको संघर्षले भने उनलाई सबैभन्दा बढी चिनाएको हो। सन् २०१२ मा एसियाली विकास बैंक (एडीबी)को सहयोगमा चारकोशे झाडीबाट पानी निकालेर वितरण गर्ने आयोजना सुरु गरियो। यो परियोजना लागू गर्न खानेपानी संस्थानलाई खारेज गरेर धरान खानेपानी विकास बोर्ड गठन भयो। संस्थानको सम्पत्ति बोर्डमा हस्तान्तरण  गरियो।

साम्पाङले यो परियोजनाकै विरोध गरे। उनी धरानमा कोशी वा तमोरबाट पानी ल्याउनुपर्ने पक्षमा थिए। तर, उनको विरोध सुनिएन। एडीबीले सहयोग गरेको परियोजना सन् २०१९ मा सकिएको छ, धरानमा खानेपानीको समस्या भने जस्ताको त्यस्तै छ।

‘धरानमा खानेपानी परियोजना बिगार्न एमाले, कांग्रेस, माओवादी, जसपा, राप्रपा सबै मिलेका हुन्,’ हर्कले चुनावअघि सडकमा गरिरहेको एक भाषणमा भनेका छन्, ‘प्रमाण छ हामीसँग झोलामा। आउनुस्, एउटा लिएर जानुस्, पढ्दै बस्नु दिनभरि। उनीहरुले सरकारबाट योजना ल्याएनन्। ४१ वर्षसम्म धरानबासीले नेपाल सरकारलाई बिल बुझाएको छ। तर, उनीहरुले सरकारबाट योजना नल्याएर एडीबीबाट ऋण ल्याउने?’

खोटाङमा जन्मिएका साम्पाङ धरान १८ का बासिन्दा हुन्। विगत एक वर्षदेखि भ्रष्टाचार विरुद्धको अभियानमा साम्पाङलाई साथ दिइरहेका अशोक शर्मा उनी ‘निडर व्यक्ति’ भएको बताउँछन्। उनी भन्छन्, ‘तीन लाख जनता बस्ने धरानमा खानेपानीको विषयमा कसैले ध्यान दिएन। राजनीतिक दलले ऋण लिएको पैसाको पनि सदुपयोग गरेनन्। राजनीतिक दलका कारण हर्क साम्पाङ आउनु भएको हो।’

साम्पाङले आफू मेयर पदमा निर्वाचित भए कोशीबाट पानी ल्याएर धरानबासीलाई खुवाउने वाचा गरेका छन्। उनको वाचामा जनताले यसपटक विश्वास गरे। त्यसैले उनी धरानबासीको आशाको किरण भएर उदाएका छन्।

राजनीतिका विकृतिविरुद्ध अभियान
चुनावको लागि धरानमा राजनीतिक पार्टी र कार्यकर्ताहरुले परम्परागत शैलीमा प्रचार गरिरहँदा साम्पाङले भने फरक शैली अपनाए। उनी धरानका सडकमा एक्लै भोट माग्दै हिँडे। कुनै मञ्चमा नभएर ट्याम्पोमा स्पिकर राखेर एक्लै उभिएर भाषण गरे।

उनले भ्रष्टाचारविरोधी मात्र नभएर आदिवासी-मूलवासी एकता सञ्जाल, आम एकता अभियान पनि चलाए। उनले धरानमा ‘टेम्पो एकता संघ’ पनि खोलेका थिए। टेम्पो व्यवसायी र चालकहरूले पनि उनलाई सहयोग गरे। स्थानीयले उनका कुरा सुनिदिए। दलहरूका ठूला आमसभाभन्दा उनको शैली प्रभावकारी भयो। 

स्थानीय तहको निर्वाचनअघि टेम्पोमा स्पीकर राखेर भाषण गरिरहेको एउटा भिडियो सामाजिक सञ्जालमा निकै चर्चित छ। उनको भाषणमा राजनीतिक दलप्रतिको वितृष्णा छ। दलले खोक्रो बनाएको संस्थादेखि सरकारी निकायप्रतिको ‘फ्रस्टेसन’ छ। उनको भाषण कुनै नेताको जस्तो नलागेर राजनीतिक दलको दलदलबाट विक्षिप्त भएको साधारण व्यक्तिको जस्तो लाग्छ।

‘धरानमा आज सबै कुरा महंगो किन छ? घर–नक्सा पास गर्नेदेखि सरसफाइ कर, पार्किङ शुल्क, सबै कुरा किन महंगो छ धरानमा आज? कसैले यो प्रश्न गर्‍यो आफूले आफूलाई?’, उनले भनेका छन्, ‘के गर्नु? भ्याए पो गर्नु? आफ्नो घर चले भइगो! यति स्वार्थी छौं हामी, म अच्चम लाग्छ। आफूले खान पायो, लाउन पायो, मोटर साइकल, गाडीमा चढ्न पायो भने भइगो। आफ्नो घर भए भइगो, अरु भाड में जाए। यो तरिकाले बाँच्नु हुँदैन दाजुभाइ दिदीबहिनीहरू।’

साम्पाङ भाषणमा राजनीतिक पार्टीप्रतिको वितृष्णा प्रस्तुत गर्थे। दलका क्रियाकलापमाथि प्रश्न गर्थे। गलत क्रियाकलापविरुद्धका प्रमाण झोलामा नै बोकेर हिँड्थे। साम्पाङले दोहोर्‍याइरहन्छन्, ‘दलहरूको पछि लागेर हुन्छ हामी? छातीमा हात राख्नुस्, आँखा चिम्लेर देशलाई सम्झनुस्। तपाईंले भोट हालेको मान्छेले खानेपानीको अधिकार खोस्यो, बोल्दा जेल हाल्यो। देश बेच्नेहरुलाई भोट दिँदा मातृभूमिको पाप लाग्दैन?’

जनताको हर्क, हर्कका जनता!
राजनीतिक  दल र कर्मचारीले स्वतन्त्र उम्मेदवार भएर मेयर जितेकाहरूलाई सहयोग नगर्ने विषय बारम्बार उठिरहन्छ। कर्मचारी पनि दलको दलदलमा फसेको कारण स्वतन्त्र भएर निर्वाचित भएकाले कामै गर्न नसक्ने तर्क धेरैको छ। तर, हर्क भने यस्तो भएमा के गर्ने भन्नेमा स्पष्ट छन्। उनी आफू जनताबाट छानिएर आएकाले काम गर्न नपाए जनता नै बोलाउने बताउँछन्।

उनले केही समयअघि ‘ग्यालेक्सी फोर के’ टेलिभिजनसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘काम गर्न नदिने भन्ने हुँदैन। मलाई काम गर्न किन नदिने? म जनताको हकहितका लागि काम गर्छु भनेर १० वर्षसम्म्म जनताको हकहितमा काम गरेर खानेपानीमा काम गरेर आएको मान्छे हो। मलाई काम गर्न दिन्न भन्ने को हो? म काम गर्न पाँइन भने जनतालाई बोलाउँछु।’

साम्पाङका सहयोगी शर्मा धरानबासीले यसपटक क्रान्तीकारी निर्णय गरेको  बताउँछन्। उनी भन्छन्, ‘हाम्रो जित एतिहासिक हो। राजनीतिक दललाई पछि पार्दै भएको यो जितको आधार धरानबासीको क्रान्तिकारी निर्णय नै हो।

शर्मा हर्कको जीतसँगै धरानमा वर्षौँदेखि रहेको खानेपानीको समस्या समाधान गरिने बताउँछन्। पहिलो प्राथमिकतामा खानेपानीको समस्यालाई राखिएको उनले बताए। उनी भन्छन्, ‘हर्क सरले जितेसँगै पहिलो काम यहाँ खानेपानीको समस्या समाधानको हुनेछ। कोशी नजिकै छ। त्यहाँबाट पानी ल्याउने हो। राजनीतिक दलले जंगलमा बोरिङ गाडेर ऋण लिएको पैसा सके। अब हामी काम गरेर देखाउनु छ।’

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्