सप्तरी– सप्तरीको बोदे बरसाइन नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन्। मेयर र उपमेयर दुवै पदमा जसपाका उम्मेदवार विजयी भएका हुन्।
नगरपालिकाको मेयरमा जसपाका आतेश कुमार सिन्ह ५ हजार ६९३ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपेन्द्र कुमार यादवले ५ हजार २८० मत प्राप्त गरे।
प्रमुख पदमा नेकपा एमालेमा अनोज कुमार यादवले ३ हजार २७ र लोकतान्त्रिक समाजवादी पार्टीका अमरेन्द्र प्रसाद यादवले २ हजार ३५ मत प्राप्त गरे।
यस्तै, उपमेयरमा जसपाकै रेणु कुमारी साह ५ हजार १५४ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुनिता कुमारी साहले ४ हजार ९३६ मत ल्याए।
उपमेयरमा नेकपा एमालेकी कविता कुमारी साहले २ हजार ५१७ र माओवादी केन्द्रकी शिला कुमारी यादवले १ हजार ९३५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।