काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेको काठमाडौं महानगरपालिका वडा नम्बर ३०मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्कीसहित वडासदस्यमा कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन्।
वडाअध्यक्षमा दोहोरिएका कार्कीले २ हजार ६१ मत ल्याए। प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारको तुलनामा कांग्रेसका कार्की दोब्बर बढी मत ल्याए।
उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९ सय ४८ मत प्राप्त गरेका छन्।
उक्त वडामा ४ हजार ९०१ मत खसेको थियो। काठमाडौं महानगरपालिकाका १,२, ३, ४, ५ र २८ नम्बर वडाको परिणाम सार्वजनिक भइसककेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।