नटिङघम– भारत र इंग्ल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार भएको खेलमा भारतले इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेको हो।
इंग्ल्यान्डले दिएको २ सय ६९ को लक्ष्य भारतले ४०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो।
भारतका लागि रोहित शर्माले नटआउट १ सय ३७ रन जोडे। उनले ११४ बलमा १५ चौका र ४ छक्का प्रहार गरे। शिखर धवन ४० रनमा आउट हुँदा कप्तान विराट कोहलीले ७५ रनको योगदान गरेका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड १ बल बाँकी छदा २ सय ६८ रनमा अलआउट भयो। इंग्ल्यान्डको रन रोक्ने क्रममा कुलदिप यादवले ६ विकेट लिए। सुरुवाती ६ मध्ये ५ इंग्लिस ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए। १० ओभरमा २५ रन खर्चिएका कुलदिप खेलको म्यान अफ दि म्याच बने।
उमेश यादवले २ विकेट लिए भने युजभेन्द्र चाहाले १ विकेट त पारे। ब्याटिङमा इंग्ल्यान्डका लागि बेन स्टोक्सले ५० र जोस बटलरले ५३ रनको योगदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।