काठमाडौं- सुदूरपश्चिमको एकमात्र उपमहानगर रहेको धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउदै लगेका छन्।
पछिल्लो मत परिणाम अनुसार हमालले १९ हजार १४७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ मत प्राप्त गरेका छन्।
वडभन्दा हमालले ९ हजार ५९० मत बढी ल्याएका छन्। एमालेका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन्।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीको अग्रता कायमै रहेको छ। उनले ८ हजार ८१५ मत प्राप्त गरेकी छन्। नेकपा एमालेकी कन्दकलाकुमारी रानाले ८ हजार १४१ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।