काठमाडौं- भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३ हजारभन्दा बढी मतको अग्रता लिएकी छन्।
पछिल्लो सार्वजनिक मतपरिणा अनुसार दाहालले २० हजार ९४२ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गरेका छन्।
दाहाल र सुवेदीबीच ३ हजार ७६० मतको अन्तर छ। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८८२ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ८५२ मत प्राप्त गरेका छन्। एमाले राप्रपाको गठबन्धनमा राप्रपाका तर्फबाट उपमेयरकी उम्मेदवार हिमला गुरूङले १३ हजार ६४६ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।